राष्ट्रिय समाचार

उत्तर कोरियाले पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार, नागरिकहरूलाई सचेत रहन चेतावनी जारी

उत्तर कोरियाले मंगलबार पाँच वर्षमा पहिलो पटक जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेकोले त्यस क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन आग्रह गर्दै उत्तरी जापानमा संचालित रेल सेवालाई अस्थायी रूपमा स्थगीत गरेको छ ।क्षेप्यास्त्र प्रशान्त महासागरमा खस्नु अघि आफ्नो क्षेत्रबाट उडेर गएको देखिएपछि जापान सरकारले उत्तरी मुख्य टापु होक्काइडो र देशको उत्तरपूर्वी प्रान्त आओमोरीका बासिन्दाहरूलाई भवनभित्रै बस्न आग्रह गर्दै सचेत रहन चेतावनी दिएको छ।तर यसले क्षेप्यास्त्र नष्ट गर्न कुनै प्रतिरक्षा उपायहरू प्रयोग नगरेको बताएको छ। टिभी असाहीले एउटा सरकारी स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले… पुरा पढौ

शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न

विजया दशमी तथा शुभ दिपावली एवं छट पर्वको २०७९ को शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न भएको छ। समाजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनले नवराज थापाको अध्यक्षता सर्वसहमत नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा सुक्रबिक्रम शाही र बिमला हमाल ,सचिव निर्दोश आचार्य,कोषाध्यक्ष रोजिना कुवॅर चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा पुष्पा बुढाथोकी,भक्त के.सी,भिम दाहाल ,रमेस वली,सर्मीला वराल अस्मीता रेग्मी,बिनोद शाही,माया ढकाल,विक्रम शाही ,मिन प्रशात न्यैपाने रहेका छन् । समाजको संरक्षकमा पूर्व अध्यक्ष नारायण… पुरा पढौ

सामाजिक सञ्जाल टिकटकको लाइभले फेरिएको अंश वर्माको जीवन

बुवा अधिवक्ता, काका न्यायाधीश। अंश वर्मा आफू पनि कानुन व्यवसायी नै बन्ने योजनामा दृढ थिए। आफूले चाहेकै संस्थामा कानुन पढ्नका लागि उनले दुई वर्ष कुरेका थिए। पढाइ सुरु गरेको केही समयमै कोरोनाभाइरसको महामारी फैलियो। उनी काठमाडौंबाट महेन्द्रनगरस्थित घर फर्किए। लकडाउनका कारण घरभित्रै थुनिएका उनले भिडिओ साझा गर्ने एप टिकटक चलाउन थाले। त्यसपछि उनको अधिवक्ता बन्ने उद्देश्यको रफ्तार केही धिमा भयो। टिकटककै कारण उनले बीएएलएलबी पढ्नका लागि दुई वर्ष पर्खिएर भर्ना पाएको कलेज त्यागे। नेपाली टिकटक प्रयोगकर्ताहरू माझ अंश अहिले निकै… पुरा पढौ

खेलकुद, कला, संस्कृतिको संरक्षण आवश्यक: उपमेयर निउरे

गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन । खड्ग कालिका युवा कल्व गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई सम्वोधन गर्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।  प्रतिष्ठित, परिव्यापक समाज, चुनौतिपुर्ण विकास र अनुशाषित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो । मेलाको… पुरा पढौ

म्याग्दीमा चार जनाको प्रयासले ४२ जनालाई रोजगारी

म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरू आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।  बेनीबजारको गणेशटोलमा डिजी प्रिन्टका सञ्चालक भीमनाथ शर्माले थालेको डिजी प्रिन्टिङ एण्ड सोलुसनबाट अहिले नौ जनाले रोजगारी पाएका छन् ।  शर्मा आफैँ पनि यही व्यवसायमै आबद्ध हुनुहुन्छ भने उहाँसहित तीनजना कम्प्युटर अपरेटर, दुईजना प्रेस अपरेटर, एकजना बजार व्यवस्थापक, एकजना काउण्टर, एकजना स्कृन प्रिन्ट र एकजना फ्रेम निर्माणमा गरी… पुरा पढौ

बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ

बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो। ती महिलाले आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दरखास्त दिएका थिएकी थिइन्। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेका अनुसार उक्त जाहेरीउपर अनुसन्धान गर्दा त्यस्ताे प्रकृतिको कुनै पनि घटना भएकाे छैन् । उहाँले भन्नुभयाे,’पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई झुठाे… पुरा पढौ

अघिपछि शुन्य गाउँमा दसैँले चहलपहल बढ्दो : छोरानाती आएपछि खुसी फर्किएको छ

रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमासमेत वृद्धवृद्धामात्रै देखिन्छन्। दश वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकुमारी कार्कीको परिवार गाउँमै ठूलो थियो। एघार जनाको परिवार रहेकोमा श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि मैनाकुमारी एक्लै भइन्। उनीमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन्। तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ। अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्। दसैं शुरु… पुरा पढौ

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ भट्टराईले लेखेका छन् । ०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गरेका छन् । भट्टराईले भने, ‘२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी… पुरा पढौ

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए शपथ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौँ माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’ उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै… पुरा पढौ

आज नवरात्रको आठौं दिन, नवदुर्गा मध्येकी आठौं महागौरीको उपासना

आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ। श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।महागौरी शुभं दद्यान्महादेवप्रमोदया।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ। महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ।महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ। महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ। नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ… पुरा पढौ