शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न

-


     जनहित न्युज    
     असाेज १८ गते २०७९


विजया दशमी तथा शुभ दिपावली एवं छट पर्वको २०७९ को शुभकामना आदान- प्रदान सहित कर्णाली प्रदेश समाज नागोयाको दोश्रो अधिवेशन सम्पन्न भएको छ।

समाजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनले नवराज थापाको अध्यक्षता सर्वसहमत नयाँ कार्य समिति चयन गरेको छ।

समाजको उपाध्यक्षमा सुक्रबिक्रम शाही र बिमला हमाल ,सचिव निर्दोश आचार्य,कोषाध्यक्ष रोजिना कुवॅर चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा पुष्पा बुढाथोकी,भक्त के.सी,भिम दाहाल ,रमेस वली,सर्मीला वराल अस्मीता रेग्मी,बिनोद शाही,माया ढकाल,विक्रम शाही ,मिन प्रशात न्यैपाने रहेका छन् ।

समाजको संरक्षकमा पूर्व अध्यक्ष नारायण न्यौपाने र सल्लाहकारमा हेमराज बुढाथोकी रहेका छन्। कार्यक्रम नागोयाको साकाय स्थित रोयल किचनको सभा हलमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?