राष्ट्रिय समाचार

बागलुङको तमान गाउँमा जीवितै छन् कटुवाल र मुखिया प्रथा

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो । बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको… पुरा पढौ

अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला, यस वर्ष पासपोर्ट नचाहिने

अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला भएको छ । अमेरिकाले बुधबार रातिबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरेको हो । नेपाल स्थित अमेरिकन दुतावासले असोज २९ गते बुधबार राती ९:४५ बजेबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । कार्तिक २२ गते सम्मका लागि खुल्ला गरिएको अवेदन निशुल्क रहेको जानकारी पनि दुतावासले दिएको छ । अनलाईन मार्फत आफैंले भिसा आवेदन फर्म भर्न सकिने जानकारी सहित दुतावासले अनलाइन फर्म रजिस्ट्रेसन लिंक सार्वजनिक गरेको छ । जसमा उल्लेख… पुरा पढौ

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ, “ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु ।”सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।  कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । सन्दीप आउने खबरपछि उनलाई पक्राउ गर्न  विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित भएका थिए । पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका  थिए । … पुरा पढौ

घरदेशमा जस्तै घर घरमा टिका र जमरासहित जापानमा पनि मनाइयो उत्साहका साथ दशैं

हर्लक्क बढेका जमरा काटेर थालीमा मिलाउदै टिकाटालोको चादोपाजो मिलाउनमा व्यस्त सात वर्षदेखि परदेशमा बस्दै आएका गुल्मीकी रेखा र पार्वती आचार्यमा छुट्टै उत्साह थियो । जापानमै रहेका तीन भाइ र नातिनीलाई १२ वर्षपछि सँगै राखेर टिका लगाइदिदा हेमराजका आँखामा हर्षका आशुँ छचल्किए । शीरभरि दशैंका जमरा र निधारभरि टिकामा सजिएर छोरा बुहारी र नातिनीहरुलाई टिका लगाइदिदा साच्चिकै घरमा भएजस्तो लागेको मंगलबार मात्र दशैं मनाउन जापान आएकी मुन्नी आचार्यलाई लाग्यो । उनको यो रमझम नेपालमा भने होइन, यो त समुद्रपारीको देश जापानमा… पुरा पढौ

कामको बोझका कारण प्रेम सम्बन्धमा रहने युवतीको संख्यामा कमी

टोकियो– यौवन अवस्थामा पुगेका ६० प्रतिशत जापानी युवतीहरु कामको बोझका कारण माया र प्रेमको सम्बन्धमा रम्न इच्छुक नभएको एक सर्वेक्षणले देखाएको छ ।एक अनलाइनले गरेको सर्वेक्षणका अनुसार जापानमा पुरुष जत्तिकै महिलाहरु पनि काममा व्यस्त रहेकोले पुरुषसँग रोमाण्टिक भई प्रेम गर्नुको सट्टा घरमा नै आरमदायी सोफामा बसेर टेलिभिजनमा सिरियल हेर्न खुशी हुने गरेको देखाएको छ ।सर्वेक्षणले काममा थकित चार जना युवतीमा एक जना मात्र प्रेमको सम्बन्धमा रहेको देखाएको छ । साथै केटीहरु केटासँग डेटिङ जान छाड्नेको संख्या बढ्दै गएको पनि देखाएको… पुरा पढौ

जापानमा कामदारहरु लामो समय बस्नमा रुचि कम

टोकियो–विदेशी कामदारहरुले भाषाको समस्या र बच्चाहरुको शिक्षाको विषयले गर्दा जापानमा लामो समयसम्म बस्ने रुचि कम देखाएको एक अध्ययनले देखाएको छ ।लामो समयसम्म विदेशी कामदारका विषयमा अध्ययन गरेका अकासीले जापानी कम्पनीहरुले कामदारहरुको उपलब्धी र क्षमताको मुख्य मापन संचार निपूर्णतामा जोड दिएकाले यो विदेशी विद्यार्थी र कामदारहरुका लागि मुख्य चिन्ताको विषय भएको बताएका छन् ।‘जापानको घट्दो जन्मदर र वृद्धहरुको संख्यामा वृद्धिको बिचबाट अर्थव्यवस्थामा भएको विकासलाई कायम राख्नका लागि श्रमशक्तिको सुनिश्चितता गर्नु प्रमुख समस्या हो’ आकासीले आफ्नो अध्ययन पश्चात् भनेका छन् – रोजगारीको… पुरा पढौ

जापान नेपाली एकता समाज कान्साईको अध्यक्षमा गोपालकृष्ण सापकोटा चयन

जापान नेपाली एकता समाज कान्साईको प्रथम क्षेत्रीय भेलाले गोपाल कृष्ण सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रूपमा निर्वाचित गरेको छ ।श्रमजिवी वर्गको हक, अधिकार न्यायका पक्षमा आफ्नो भूमिका निर्वाह गर्दै जनहितका पक्षमा सारथी बनेर राष्ट्रिय,सामजिक तथा राजनैतिक चेतना सहित जापानमा क्रियाशील रहेको राष्ट्रिय जनमोर्चासँग सम्वद्द समाजको कान्साइ क्षेत्रीय समितिको सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा भुवन सापकोटा सचिवमा टिका केसी सह सचिवमा मेघराज सापकोटा, कोषाध्यक्ष राजन सापकोटासह कोषाध्यक्ष प्रकाश सापकोटालाई चयन गरेको छ । सो समितिको सदस्यहरूमा भविलाल सापकोटा, याम केसी, बिष्णु… पुरा पढौ

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप भलिबल प्रतियोगिता-२०२२ को आयव्यय सार्वजनिक, २५ लाख बढि खुद नाफा गर्न सफल

घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा कुल ४० लाख २९ हजार ६६६ येन आम्दानी १५ लाख ३ हजार ५७८ कुल खर्च र कार्यक्रमबाट २५ लाख २६ हजार ८८ खुद बचत भएको संस्थाका कोषाध्यक्ष विष्णु थापाले सोमबार सम्पन्न बैठकमा जानकारी गराए । खेलकूद कला र संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मान्यताका साथ… पुरा पढौ

नेपाली लोकभाकाः सधैं लोकप्रिय सधैं उपेक्षित

हिमाल खबरपत्रिकाको २०६१ मंसीर १-१५ को अङ्कमा ‘भाकाको जीत’ शीर्षकको आवरण रिपोर्ट प्रकाशन भएको थियो। रिपोर्टमा त्यति वेला चर्चित पप अल्बम २० हजार र लोकदोहोरी अल्बमहरू ५० हजारभन्दा बढी बिक्री भएको उल्लेख थियो। नेपाली श्रोतामाझ स्थापित हिन्दी फिल्मी गीतहरूको वर्चस्व तोड्दै स्वदेशी लोकभाकाले पकड बलियो बनाएको अवस्थालाई रिपोर्टमा ‘सांस्कृतिक महत्त्वको ठूलो उपलब्धि’ भनिएको छ। मार्टिन चौतारीद्वारा प्रकाशित रेडियो नेपालको सामाजिक इतिहास पुस्तक (२०६१) मा शेखर पराजुलीको ‘रेडियो नेपाल र श्रोता सर्वेक्षण’ लेखको चर्चा पनि यहाँ जोडौं। लेख अनुसार, सन् १९७१,… पुरा पढौ

जापानमा महिलाको औसत तलब बढाएर ३० लाख येन पुर्याइयो

जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।सन् २०२१ मा पुरुषको औसत तलब ५४… पुरा पढौ