राष्ट्रिय समाचार

दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो-नेता घनश्याम भुसाल

'विचारको कुरा गरेबापत म जहिल्यै अपमानित भएँ, अब कैदबाट मुक्त भएको छु' जिन्दगीमा कुनै व्यक्तिगत लोभ नराखी मैले ४५ वर्षसम्म लडेँ । पार्टीबाट निस्कनु पर्दा मलाई दु:ख, घाउ छ । दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो यतिको लोकतान्त्रिक र वामपन्थी पार्टीलाई नेतृत्वले कब्जा गरिदियो बुटबल — चुनावको सम्मुख नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल नेकपा एमाले परित्याग गरेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको आलोचना गर्दै आएका भुसालले… पुरा पढौ

१६५ सिटमा कुन दलबाट को उम्मेदवार? सूचीमा हेर्नुहोस्

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्। अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ। यसवापत जसपाले ३५ सिटमा एमालेलाई सघाउनुपर्ने भएको छ। प्रदेशतर्फ… पुरा पढौ

अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने

नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो। तर पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ।  अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरू भएको थियो। हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको मौसमविद् पौडेलले बताए। उनले भने, 'मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ। यो वर्ष… पुरा पढौ

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।  केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको भनाई छ । एमालेले रावलको ठाउँमा झपट बोहरालाई टिकट दिएको छ। पुरा पढौ

युवा पिंढीलाई अवसर दिने भन्दै चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।एक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले मंसिर ४ को निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । २०६४, २०७० मा पहिलाे र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । यो पटक पनि उनी आकांक्षी थिए । पुरा पढौ

दुई छोरासहित बाबु एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

गोरखामा एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा एकै परिवारका ३ जनाको शव फेला परेको छ । भिमसेनथापा गाउँपालिका ६ अश्राङको मोहरिया टोलका ३४ वर्षका हेमबहादुर राना र उनका दुई छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घर नजिकैको काप्रोको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा हेमबहादुर र उनका दुई छोराहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनालले बताए । रुखको हाँगोको एकातिर ७ वर्षका जुम्ल्याहा छोरा र अर्कोतिर हेमबहादुर झुन्डिएको उहाँको भनाई छ । बाबुले छोराहरूलाई… पुरा पढौ

अझै तीन दिन वर्षा : मङ्गलबारदेखि मौसममा सुधार

मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ ।  उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उहाँले भन्नुभयो, “अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा… पुरा पढौ

प्रचण्ड किन गए गोरखा–२ 

काठमाडौं। मंसीर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिस्पर्धा गर्ने भएका छन्। २०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित उनी यसपटक गोरखा–२ बाट चुनाव लड्ने भएका हुन्। गठबन्धनका दलहरू बिच प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेसँगै प्रचण्ड गोरखाबाट प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि प्रचण्डले मंसीर ४ को निर्वाचनमा पनि चितवनबाटै चुनाव लड्ने बताएका थिए। पार्टीका शीर्ष नेताहरूले गोरखाबाट चुनाव लड्दा त्याग बलिदानीको सम्मान हुने सुझाव दिएपछि र स्थानीय नेताहरूले गोरखा आउन… पुरा पढौ

प्रत्यक्षतर्फ उम्मेदवारी दिन यी १८ प्रतिबद्धता गर्नुपर्ने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा… पुरा पढौ

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा एकनाथ ढकालदेखि प्रभु ग्रुपका देवी भट्टसम्म (नामावली सहित )

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । एमाले स्रोतबाट प्राप्त सूचीमा १०९ जना उमेदवरको नामावली रहेको छ ।  सूची ! १) मेनकाकुमारी पोखरेल २) सरिता भुसाल ३) शोभा ज्ञवाली ४) विजुला रायमाझी ५) निर्मला कोइराला ६) सम्झना थपलिया ७) दीपा शर्मा ८) सुनिता बराल ९) भागरथी कुमारी चन्द १०) लिला कुमारी भण्डारी ११) नर्वदादेवी सिवाकोटी पाठक १२) मेनका पछाई १३) शान्तिदेवी खनाल १४) उमादेवी कोइराला १५) क्रान्ति बुर्लाकोटी १६) बालिकाकुमारी गिरी १७) ओमदेवी मल्ल… पुरा पढौ