राष्ट्रिय समाचार

जर्मनी र डेनमार्क जोड्न समुद्रमुनि सुरुङमार्ग

अबको केही वर्षमा बाल्टिक सागरको ४० मिटर मुनिको विश्वकै लामो सुरुङले डेनमार्क र जर्मनीलाई जोड्नेछ र यी दुुई देशबीचको यात्रा समयलाई कटौती गर्नेछ ।फेहमार्न बेल्ट सुरुङको निर्माण कार्य एक दशकभन्दा लामो तयारीपछि सन् २०२० देखी सुरु भएको हो । डेनमार्कतर्फ एउटा अस्थायी बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ । यो बन्दरगाहमा एउटा कारखाना पनि निर्माण गरिँदै छ, जसले चाँडै जलगत सुरुङमा राख्न ८९ वटा ठूला पक्की सुरुङ खण्डहरू निर्माण गर्नेछ र त्यसैलाई जोडेर सुरुङ बनाइनेछ ।  ‘पहिलो लटको उत्पादन यसै वर्षको अन्त्यसम्ममा नभए नयाँवर्षको सुरुताका तयार… पुरा पढौ

प्रतिनिधिसभाका १६५ सिटका २ हजार १२८ प्रतिस्पर्धीहरूको सम्पूर्ण नामावली

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि प्रतिनिधिसधाका १६५ सिटमा आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगले दिएको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभाको कुल उम्मेदवार–२ दुई हजार १२८ रहेको छ। आयोगको डाटामा केही नामहरु अझै इन्ट्री हुन बाकी रहेकाले यो संख्या केही बढ्न् सक्ने आयोगले जनाएको छ। हेर्नुस् प्रतिनिधिसभाका १६५ सिटका प्रतिस्पर्धी निर्वाचन क्षेत्र सत्ता गठबन्धन उम्मेदवार एमाले गठबन्धनअन्यताप्लेजुङ खेलप्रसाद बूढाथोकी(माओवादी)योगेश भट्टराईराम कार्की, राप्रपाचन्द्रा मादेन, जसपापाँचथर  भीष्मराज आङदेम्बे(कांग्रेस)बसन्त नेम्बाङकमल बहादुर चेम्जोङ, राप्रपाप्रेमराज लावती, जसपाइलाम १झलनाथ खनाल (ए.समाजवादी)महेश बस्नेतटीएन शर्मा,, राप्रपाविक्रम पाण्डे, स्वतन्त्रइलाम… पुरा पढौ

मुगुमा पहिराेमा पुरिएका आठमध्ये ५ जनाकाे शव फेला

मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । वडाध्यक्ष कुन्जुमा कुमाईंका अनुसार बेपत्ता हुनेमा ८२ वर्षीया माेरिकला बोहोरा, ६० वर्षीया हाजिरी भग्री, ३० वर्षीया होइजाली भग्री, १५ वर्षीया सुस्मिता भग्री, ३६ वर्षीय वीरबहादुर भग्री, २४ वर्षीय सत्ता सावत, २३ वर्षीय कृष्ण सावत र १५ वर्षीय चक्र बोहोरा रहेका छन् । उनीहरूमध्ये ५ जनाकाे शव भेटिको छ । उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले… पुरा पढौ

आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको क्रिकेटर सन्दीप लामिछानेको दाबी

बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले न्यायाधीशसमक्ष सन्दीपले आफूसँग जाहेरवालीले १९ वर्षको बताएकी जानकारी गराए । सन्दीपविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी… पुरा पढौ

जापान कन्सर्टमा भिटेनले टाउकोमा बोतल फुटाउदै मञ्चमै ढले

र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् । आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गायकीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए । कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले । उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे-हम्मे पर्न थाल्यो । गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए । अनलाइन खबरमा प्रकाशित समाचारका अनुसार उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही… पुरा पढौ

कालीकोटमा पहिरोले मच्चायो बितन्डा प्रहरी जवान, मलामी गएकासहित २२ जना बेपत्ता

कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामीबाट घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपता भएका हुन् ।  नगरपालिकाका एक हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाससंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उदृत गदै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा… पुरा पढौ

बागलुङ जिल्लाबाट प्रतिनिधी सभामा १६ र प्रदेश सभामा २३ जनाको उम्मेदवारी

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बागलुङ जिल्लाबाट प्रतिनिधी सभामा १६ र प्रदेश सभामा २३ जना उम्मेदवारले आइतवार उम्मेदवारी दर्ता गराएका छन । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहित ७ जनाको उमेदवारी दर्ता भएको छ भने दुई वटा प्रदेश सभा सदस्यको लागि ९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र न. १ (क)को लागि ५… पुरा पढौ

प्रतिनिधिसभातर्फ २१२८ र प्रदेशसभा तर्फ २८४५ उम्मेदवारी दर्ता 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरीबाट दुई हजार १२८ जनाले उम्मेदवारी दिनुभएको छ । १६५ पदका लागि एक हजार ९३७ जना पुरुष र १९१ जना महिलाले विभिन्न दल तथा स्वतन्त्रबाट सो संख्यामा उम्मेदवारी दर्ता गराउनुभएको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार आज आइतबार विहान १० बजेबाट साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले एकिन… पुरा पढौ

उम्मेदवारहरूद्वारा मनोनयन दर्ता सम्पन्न, मुख्य नेता कसले कहाँबाट गरे दर्ता

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन दर्ता गराउनुभएको हो । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित भई झापाको क्षेत्र–५ बाट मनोनयन… पुरा पढौ

एकमहिने छोरीलाई छोडेर जापानको आकाशमा अस्ताइन स्याङ्जाकी ४२ वर्षे सबिना

नेपालीहरूको महान पर्वमा सबै रमाईरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीता कुमारी गुरुङ (सविना गुरुङ)को परिवारमा पनि हुनुपर्ने थियो ।तर दुर्भाग्य ८ वर्षपछि आफ़नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुशीको १ महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्मा केन इसेसाकी नगरमा श्रीमानसंगै ५ वर्षदेखि बस्दै आएकी सबिनाको एक महिना अघि सुत्केरी भएपश्चात् एक्कासी रक्तस्राव भएको र त्यसको शल्यक्रियामार्फत उपचार गराउदा शनिवार राती ज्यान गएको छ ।… पुरा पढौ