राष्ट्रिय समाचार

४० वर्षपछि फेरी समाजवादी क्रा्न्तिको नयाँ फड्को मार्न आफू गोरखा आएको हूँ- प्रचण्ड

गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ क्रान्ति सम्पन्न गर्ने क्रममा पछिल्लाे समय जसरी माओत्सेतुङ चिनकाङसाङ पुगे त्यसै गरी म युद्धकाे थालनी गरेकाे स्थानमा नयाँ उर्जा लिन क्रान्ति भूमी गाेरखामा आएकाे बताएका छन् ।  आज गाेरखा जिल्ला स्थित माओवादी पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा उनले भावुक हुँदै भने म चिङकाङसाङ फर्केकाे छु । अग्रगामी याेजना निर्माणका लागि यही गाेरखा जिल्लामा हेडक्वाटर राखेर आफूले काम गरेकाे बताउँदै उनले २२ वर्षकाे उमेरमा गाेरखा आएर शिक्षण गर्दा देखि नै क्रान्तिकाे याेजना… पुरा पढौ

महोत्सवले गलकोटको खेलकुद, कला, संस्कृतिको संरक्षणमा टेवा पुर्याउँछ: उपमेयर निउरे

गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले गलकोट महोत्सवले यस क्षेत्रको कला संस्कृति र खेलकुदको विकास र संरक्षणमा टेवा पुग्ने बताएका छन । गलकोट आफैमा प्राकृतिक, सांस्कृतिक खेलकुद एवं पर्यटकीय हिसाबले महत्वपुर्ण गन्तव्य रहेकोले यसलाई प्रचार प्रसार गर्न महोत्सवले थप भुमिका खेल्ने उपमेयर निउरेको भनाई छ । ड्रिम टिम गलकोटले आयोजना गरेको दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै उपमेयर निउरेले यस्तो बताए । उनले महोत्सवले सामाजिक एकता, सदभाव कायम राख्दै युवाहरुलाई विकास र समृद्विमा जोडन प्रेरित गर्ने उल्लेख गरे… पुरा पढौ

ताप्लेजुङमा एमालेका योगेश भट्टराई र माओवादीका खेलप्रसाद बुढाक्षेत्रीका बिच कडा प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार छन्- माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) । नेकपा एमालेले यो क्षेत्रबाट पार्टी सचिव योगेश भट्टराईलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित भएको थिएन भने माओवादी केन्द्र पनि एमालेसँगको गठबन्धनमा थियो । अहिले भने एमाले फुटेर बनेको एकीकृत समाजवादी र माओवादी दुवै पाँच दलीय गठबन्धनमा छन् । सोही कारण नेपाली… पुरा पढौ

माउन्ट फुजी जाने पर्यटक बस पल्टिँदा ४ जना गम्भिर घाइते

बिहीबार सिजुओका प्रिफेक्चरको ओयामामा ३६ जना सवार पर्यटक बस पल्टिँदा एक व्यक्ति कार्डियोपल्मोनरी अरेस्टमा रहेको र तीन जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।शिजुओका प्रिफेक्चरल पुलिस र अन्य अधिकारीहरूका अनुसार बस पल्टनुअघि सडकबाट तल खसेको हुन सक्ने बताईएको छ।सवार अन्य ३२ जनामध्ये कसैलाई पनि गम्भीर चोटपटक नभएको बताइएको छ।यो दुर्घटना माउन्ट फुजी जाने सडकमा भएको हो । पुरा पढौ

शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको शिक्षामन्त्री पौडेलको दाबी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए । 'सात वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानुन र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो', उनले भने, 'वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ… पुरा पढौ

टोकियोको सिन्जुकुको शिन-ओकुबो स्टेशन नजिकै ७६ वर्षीय वृद्धालाई चक्कु प्रहार गरि हत्या

टोकियोको सिन्जुकु वार्डमा रहेको जेआर शिन-ओकुबो स्टेशन नजिकैको आवास गृहमा बस्ने ७६ वर्षीय पुरुषलाई बिहानै छुरा प्रहार गरी हत्या गर्ने ५७ वर्षीय संदिग्ध व्यक्तिलाई साँझ महानगरीय प्रहरी विभागले हत्याको आशंकामा पक्राउ गरेको छ।बुधबार बिहान ३ बजेपछि सिन्जुकु–कुको हयाकुनिन्चोस्थित सो आवास गृहमा बायाँ छातीमा चक्कु प्रहार गरिएको अवस्थामा भेटिएपछि ती वृद्धालाई अस्पताल लगिएको थियो तर करिब एक घण्टापछि उनको मृत्यु भएको बताईएको छ ।महानगरीय प्रहरी विभागका अनुसार मृत्यु हुनेमा सो सुविधासम्पन्न आवासमा बस्ने कोरियाली नागरिक ७६ वर्षीय रेन युआनजिन रहेको बताइएको… पुरा पढौ

जापानको फुजिनोमिया सहरमा सगरमाथा र त्यस क्षेत्रका जातीयहरूको जीवनशैली झल्कने खालको फोटो प्रदर्शनी 

माउन्ट फुजी र सगरमाथालाई जोड्ने परियोजनाअन्तर्गत जापानको फुजिनोमिया सहरमा सगरमाथा हिमाल र त्यस क्षेत्रका जातीय अल्पसंख्यकहरूको जीवनशैली झल्कने खालको फोटो प्रदर्शनी गरिएको छ । सो प्रदर्शनी फोटोग्राफर तथा परियोजनाका प्रतिनिधि तोशिहिको कावागुचीले संकलन गरेका तस्विरहरू माउन्ट फुजी र सगरमाथाको फेदमा बसोबास गर्ने मानिसहरूबीचको अन्तरसम्बन्ध झल्काउने र सो क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । नेपाली राजदूतावास, टोकियो र फुजिनोमिया सिटीद्वारा संयुक्त रुपमा आयोजित सगरमाथा फोटो प्रदर्शनीमा कावागुचीले ६ महिना नेपाल बसाईको अवधिमा संकलन र खिचेका सगरमाथाको राजमार्ग भनिने… पुरा पढौ

जापानी कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय बनाईदिने

टोकियो । जापानको एक ग्रुप कम्पनीले नेपालको ग्रामीण क्षेत्रमा विद्यालय निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । जापानको निचिनोउकेन कान्तोउ ग्रूप कम्पनीले स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा नेपालको ग्रामीण विकट क्षेत्रमा विद्यालय निर्माण गर्ने उद्देश्यले नेपाली राजदूतावास जापानसँग समन्वय भएको छ । मंगलवार नेपाली दूतावासमा विद्यालय बनाउने बारे छलफल निचिनोउकेन कान्तोउ ग्रूपका अध्यक्ष कोजिमा र राजदूत डा. दुर्गाबहादुर सुवेदी बीच समन्वयत्मक छलफल भएको छ ।यसअघि पनि नेपाल, भियतनाम, मंगोलिया लगाएत विपन्न देशहरुमा उक्त कम्पनीले सामाजिक कार्य गरेको र आफूलाई… पुरा पढौ

९७ वर्षको उमेरमा फेरि उम्मेदवार

विश्वकै पाका राजनीतिज्ञमध्ये एक महाथिर मोहम्मद मलेसियाको आम चुनावमा फेरि उठ्ने भएका छन्। जबकि उनी ९७ वर्ष पुगिसकेका छन्। महाथिर दुई पटक प्रधानमन्त्री भइसकेका छन्। पहिलो पटक प्रधानमन्त्री बनेपछि उनी सो पदमा निरन्तर २२ वर्ष कायम रहे। २०१८ मा ९२ वर्षको उमेरमा उनी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। केही समयअघि मुटुको समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए। तर, अहिले आफू आफ्नो सिटको रक्षा गर्नसक्नेगरी स्वस्थ भएको उनको भनाइ छ। आफ्नो गठबन्धनले चुनाव जिते प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने चाहिँ… पुरा पढौ

कांग्रेसका बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने

नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ।  कांग्रेसले विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ।  विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे/गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज… पुरा पढौ