जापान सरकारले एक लाख येन मूल्य बराबरको आर्थिक सहयोग प्रदान गर्ने

-


     जनहित न्युज    
     असाेज ३० गते २०७९


जापान सरकारले गर्भावस्था अवस्थादेखि नै प्रति नवजात शिशुलाई एक लाख येन मूल्य बराबरको आर्थिक सहयोग प्याकेज अन्तर्गतको कुपन प्रदान गर्ने प्रस्ताव ल्याउने भएको छ ।
सम्बन्धित बजेटलाई यस आर्थिक वर्षको दोस्रो पूरक बजेटमा समावेश गर्ने अपेक्षा गरिएको र कार्यक्रम यस महिनाको अन्त्यमा संकलित हुने आर्थिक उपायहरूको विस्तृत प्याकेजको मुख्य भाग हुने सम्भावना रहेको बताइएको छ ।
परिवारको वार्षिक आम्दानीको कुनै सिमा नराखी प्रति नवजात शिशुलाई एक लाख येन बराबरको कुपन प्रदान गरिनको लागि सत्तारुढ दलहरूले आफ्नो कार्यक्रमको विवरणलाई अन्तिम रूप दिइरहेको बताइएको छ ।

आफ्नो स्थानीय सरकारहरूमा गर्भावस्था सूचनाहरू पेश गरेका र मातृ र बाल स्वास्थ्य पुस्तिका जारी गरिएका महिलाहरू यस कार्यक्रमको लागि योग्य हुने अपेक्षा गरिएको छ ।
सरकारले प्रदान गर्न लागिएका कुपनहरू प्रसवपूर्व र प्रसवोत्तर हेरचाह, लुगाहरू, स्ट्रोलर, डायपर र दूध, अन्य आवश्यकताका सामग्री खरिदका साथै शिशुको अस्थायी हेरचाह जस्ता सेवाहरूमा प्रयोग गरिन आग्रह गरिने बताईएको छ ।
कार्यक्रमले बच्चाको जन्म र बाल हेरचाह सम्बन्धी सामान र सेवाहरू खरिद गर्नको लागि समर्थनमा प्रयोग भएको सुनिश्चित गर्न कुपनहरू प्रयोग गर्नेछ।
सरकारले बच्चा ३ वर्षको नहुँदासम्म कुपनलाई वैध बनाउने र बच्चाले डे केयर सेन्टर वा त्यस्ता अन्य सुविधाहरूमा नजानेहरूका लागि मात्र उपयोग गर्न सकिने शर्त राख्ने अनुमान गरिएको छ।
‘सरकारले गर्भावस्थादेखि बच्चाको तेस्रो वर्षको जन्मदिनसम्म सहयोग गरी साना बच्चा हुर्काउने महिलाहरूलाई निर्बाध सहयोग उपलब्ध गराउने लक्ष्य राखेका छौ’ उच्च सरकारी स्रोतले बताएको जापानी संचारमाध्यमले जनाएका छन ।
आर्थिक सहयोग विस्तार गर्नुका साथै, सरकारले जनस्वास्थ्य नर्सहरू र सुँडेनीहरूले आमाहरूलाई एक-अर्कासँग परामर्श प्रदान गर्ने सहायता कार्यक्रम स्थापना गर्ने योजना पनि बनाएको छ।
प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सत्तारूढ दल कोमेइतोका नेता नात्सुओ यामागुचीसँग बाल पालनपोषणका लागि आर्थिक सहयोगका बारेमा छलफल गरेका थिए । उनीहरूले आर्थिक वर्ष २०२३ को बजेटमा एकमुष्ट प्रसव र बाल पालनपोषण ह्यान्डआउटमा उल्लेख्य वृद्धि गर्न सहमत समेत भएका छन।
बच्चा जन्मिने परिवारहरूले हाल प्रति नवजात शिशु ४ लाख २० हजार येनको एकमुष्ट ह्यान्डआउट सहयोग रकम प्राप्त प्राप्त गर्न सक्छन्। यद्यपि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार, सिजेरियन गरिनुपर्ने भएमा सुत्केरीहरू बाहेक सामान्य जन्मका लागि अस्पतालको औसत लागत आर्थिक २०२१ मा लगभग ४ लाख ७० हजार येन रहदै आएको छ।
मन्त्रालयका अनुसार प्रति गर्भावस्थाको सार्वजनिक अन्य खर्च औसतमा १ लाख हुने गरेको छ तर नगरपालिकाहरू अनुसार रकम फरक समेत हुने गर्छ। स्थानीय सरकारले १४ वटा प्रसवपूर्व जाँचको लागतलाई समावेश गर्ने गर्दछ, जसले गर्भवती महिलाहरूलाई प्रति भ्रमण ¥ ५,००० देखि येन १०,००० सम्म फिर्ता समेत गर्नेछ।
अन्य बाहिरको स्वास्थ्य लागत चिकित्सा संस्थाको आधारमा बढ्न सक्ने र यसले पारिवारिक वित्तमा भारी बोझ थप्ने गरेको छ। गर्भावस्थाको चरणबाट समर्थनको विस्तारलाई तत्काल मुद्दाको रूपमा प्राथमिकता दिइएको छ।
जापानमा सन् २०२१ मा जन्मदरको संख्या लगभग ८१०,००० मा रेकर्ड गरिएको छ । यो घट्दो जन्मदरलाई विवाह र बच्चा जन्माउन ढिलाइ गर्नमा कोरोना महामारीको बीचमा देखा परेको प्रवृत्तिलाई समेत कारकको रूपमा उद्धृत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?