
टोकियोको सिन्जुकु वार्डमा रहेको जेआर शिन-ओकुबो स्टेशन नजिकैको आवास गृहमा बस्ने ७६ वर्षीय पुरुषलाई बिहानै छुरा प्रहार गरी हत्या गर्ने ५७ वर्षीय संदिग्ध व्यक्तिलाई साँझ महानगरीय प्रहरी विभागले हत्याको आशंकामा पक्राउ गरेको छ।
बुधबार बिहान ३ बजेपछि सिन्जुकु–कुको हयाकुनिन्चोस्थित सो आवास गृहमा बायाँ छातीमा चक्कु प्रहार गरिएको अवस्थामा भेटिएपछि ती वृद्धालाई अस्पताल लगिएको थियो तर करिब एक घण्टापछि उनको मृत्यु भएको बताईएको छ ।
महानगरीय प्रहरी विभागका अनुसार मृत्यु हुनेमा सो सुविधासम्पन्न आवासमा बस्ने कोरियाली नागरिक ७६ वर्षीय रेन युआनजिन रहेको बताइएको छ । उक्त व्यक्तिको छातीको देब्रे भागमा भान्साको चक्कुले प्रहार गरेको चोट लागेको देखिन्छ ।तेस्रो तल्लामा रहेको साझा क्षेत्रमा रहेको सुरक्षा क्यामेरा घटनास्थलमा रगतको दागसंगै भान्साको चक्कु भेटिएको थियो ।
बिहान करिब ३ बजे एक जना पुरुष पाहुनाले लजिङ हाउसमा कसैले छुरा प्रहार गरेको खबर दिन प्रहरीलाई फोन गरेपछि महानगरीय प्रहरी विभाग (एमपीडी)को सिन्जुकु प्रहरी चौकीका अधिकारीहरू घटनास्थलमा पुगेर ती वृद्धलाई फेला पारेका थिए।
अस्पतालको प्रवेशद्वारमै छातीबाट रगत बगेपछि अस्पताल लैजाँदै गर्दा उक्त व्यक्तिको मृत्यु भएको पुष्टि भएको थियो ।
घटनास्थलको अवस्थाका आधारमा प्रहरीले हत्या मुद्दाका रुपमा अनुसन्धान थालेसंगै पक्राउ परेका व्यक्ति अकिरा इसिनो ५७ वर्षीय संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको हो । उनको कुनै निश्चित ठेगाना नभएको बेरोजगार व्यक्ति रहेको बताईएको छ ।
महानगरीय प्रहरी महाशाखाले घटनाको विस्तृत विवरणमा अनुसन्धान गरिरहेको र संदिग्ध व्यक्तिले भने, “म लामो समयदेखि उनको हत्या गर्ने सोचमा थिएँ। मैले तयार पारेको भान्साको चक्कुले प्रहार गरी हत्या गरेकोमा कुनै शंका छैन।”



