राष्ट्रिय समाचार

एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले पार्टी परित्यागको घोषणा

बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । विज्ञप्ति जारी गरेर एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरू मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप कुमार गुप्ता, जाफिर हुसेन मन्सुर, तार्केश्वर साह सोनार लगायत ९७ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले नेपालको कम्युनिस्ट अभियानमा लाग्दै भूमिगत अवस्थादेखि नेकपा… पुरा पढौ

जापानमा मै थप गुणस्तरीय शिक्षा प्रदानका लागि नेपालीद्धारा संञ्चालित इन्टरनेशनल स्कूलमा शिक्षक नेपालबाट आए

जापानमा नागोयाको खासुगाइमा रहेको नेपाली डायस्पोरा तोकाई बाटिका इन्टरनेशनल स्कुलका लागि नेपालबाट स्थायी शिक्षक आएपछि शिक्षाको स्तर अझैं बढ्ने विद्यालय व्यवस्थापन समीतिले बताएको छ। निकै लामो समय नेपालमा रहेर नेपाली, अङ्ग्रेजी र सामाजिक जस्ता विषय शिक्षण गर्दै लामो अनुभव बटुलेका शिक्षकको तोकाई बाटिका इन्टरनेशनल स्कुलमा आगमनले अझैं गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने स्कूलको विश्वाश छ। शिक्षाप्रेमी शिक्षक प्रयास भट्टराई निरन्तर तवरले बुटवल, भैरहवा र चितवनका विभिन्न प्रसिद्ध स्कुलहरूमा दुई दशक लामो समय शिक्षण पेशामा क्रियाशील योग्य एवम् अनुभवी शिक्षक… पुरा पढौ

निलुवा समाज जापानद्वारा गलकोट चमुवाका ब्रेन ट्युमर पीडित नेपालीलाई आर्थिक सहयोग

निलुवा समाज जापानले बाग्लुङ जिल्ला गलकोट नगरपालिका ४ चमुवा भयरखर्क निवासी ब्रेन ट्युमर पीडित रेजिना नेपालीलाई आर्थिक रकम सहयोग गरेको छ । गलकोट नगरपालिका वडा नम्वर ४ भयरखर्क निवासी राजु नेपालीको छोरी रेजिना नेपाली बिगत ५ महिना देखि ब्रेन ट्युमर रोगबाट पिडित भै उपचार गराइरहेको र उपचार गर्दा धेरै रकम लाग्ने र परिवारको समेत आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा सहयोग होस भन्ने उदेश्यले जापानमा स्थापना गरिएको सामाजिक सस्था निलुवा समाज जापानले नगद रु ५५ हजार रुपैयाँ पीडित कै घरमा… पुरा पढौ

पूर्व प्रधानमन्त्री आबेको हत्यासंगै चर्चामा आएको एकीकरण चर्चको छानबिन गर्न जापानका प्रधानमन्त्रीले लिए यस्तो कठोर कदम

‘युनिफिकेसन चर्च’ को सम्बन्ध र विवादबारे अनुसन्धान गर्न जापानी प्रधानमन्त्री आदेश प्रधानमन्त्री फुमियो किशिदाले सोमबार शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्री केइको नागाओकालाई धार्मिक समूहलाई विघटन गर्न अदालतको आदेशको अनुरोध गर्नु उपयुक्त छ कि छैन भनेर निर्धारण गर्न र युनिफिकेशन चर्चको कानुनी छानबिन गर्न निर्देशन दिएका छन् ।किशिदाले सोमबार बिहान प्रधानमन्त्री कार्यालयमा नागाओकासँगै उपभोक्ता मामिला तथा खाद्य सुरक्षामन्त्री तारो कोनो र न्यायमन्त्री यासुहिरो हानाशीसँग भेट यस्तो निर्देशन गरेका हुन ।यसअघि जाँचका लागि अनिच्छुक देखिएका प्रधानमन्त्री फुमिओले आफ्नो राजनीतिक भविष्यलाई… पुरा पढौ

कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा

सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ  । शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै  विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत  सार्वजनिक बिदा दिने भएको र  राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो  ।  पुरा पढौ

गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न निर्वाचन अायाेगकाे सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य

 निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ । आयोगले आइतबार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल गरेको छ । आइतबार फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना/प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको थियो । त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना… पुरा पढौ

सूचना र प्रविधिको विकाससंगै सङ्कटमा मादल व्यवसाय

बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उनले आफूसँग भएको… पुरा पढौ

प्याराग्लाइडिङ खेल्ने क्रममा दुर्घटनामा परी एक जनाकाे मृत्यु

पोखरा- नवौँ राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका एक खेलाडीको निधन भएको छ । क्रसकन्ट्री प्याराग्लाईडिङ खेल चल्दै गर्दा ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात करिब १०० मिटर माथिबाट सारङकोटस्थित जमिनमा खस्दा आर्मीका कास्की पोखराका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । घाइते भएपछि उनलाई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा उनको मृत्यु भएको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सूचना अधिकृत सुन्दर तिवारीले अस्पतालमा उपचारको क्रममा निसिमको मृत्यु भएको जानकारी दिए… पुरा पढौ

जापान सरकारले एक लाख येन मूल्य बराबरको आर्थिक सहयोग प्रदान गर्ने

जापान सरकारले गर्भावस्था अवस्थादेखि नै प्रति नवजात शिशुलाई एक लाख येन मूल्य बराबरको आर्थिक सहयोग प्याकेज अन्तर्गतको कुपन प्रदान गर्ने प्रस्ताव ल्याउने भएको छ ।सम्बन्धित बजेटलाई यस आर्थिक वर्षको दोस्रो पूरक बजेटमा समावेश गर्ने अपेक्षा गरिएको र कार्यक्रम यस महिनाको अन्त्यमा संकलित हुने आर्थिक उपायहरूको विस्तृत प्याकेजको मुख्य भाग हुने सम्भावना रहेको बताइएको छ ।परिवारको वार्षिक आम्दानीको कुनै सिमा नराखी प्रति नवजात शिशुलाई एक लाख येन बराबरको कुपन प्रदान गरिनको लागि सत्तारुढ दलहरूले आफ्नो कार्यक्रमको विवरणलाई अन्तिम रूप दिइरहेको बताइएको… पुरा पढौ

बालेनले फुटपाथबाट हटाएकी शर्मीलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने 

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’ थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पीडादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो… पुरा पढौ