
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि बागलुङ जिल्लाबाट प्रतिनिधी सभामा १६ र प्रदेश सभामा २३ जना उम्मेदवारले आइतवार उम्मेदवारी दर्ता गराएका छन ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि निर्वाचन क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सहित ७ जनाको उमेदवारी दर्ता भएको छ भने दुई वटा प्रदेश सभा सदस्यको लागि ९ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र न. १ (क)को लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ भने (ख)को लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेका डा. सूर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट खिमानन्द कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी प्रसाद सापकोटा, नेपाली काँग्रेस (बिपि)बाट शिवलाल सापकोटा, स्वतन्त्रबाट कृष्ण शंकर श्रेष्ठ, चन्द्र बहादुर क्षेत्री उमेदवारी दर्ता भएको छ ।

निर्वाचन क्षेत्र न. १ (ख)मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिपेन्द्र थापा, नेकपा एमालेका हिरा बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीबाट भक्त बहादुर बिक र स्वतन्त्रबाट दिपेन्द्र हमालको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र न. १ (क)मा ५ जनाको र निर्वाचन क्षेत्र न. १ (ख)मा ४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

बागलुङको क्षेत्र नंं २ मा सँघिय निर्वाचनका निम्ती स्वतन्त्र सहित ९ जनाको उमेदवारी दर्ता भएको छ ।त्यसैगरी प्रदेश सभा तर्फ (क) तर्फ ४ जना र (ख) तर्फ १० गरी २३ जनाले उमेद्वारी दर्ता गराएका हुन ।
संघिय निर्वाचन तर्फ साझा गठवन्धनको तर्फदेखि निर्वाचनमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री एवं नेकपा माओबादी केन्द्रका केन्द्रिय सचिव देवेन्द्र पौडेलले आफनो उमेद्वारी निर्वाचन कार्यालयमा पुगेर दर्ता गराएका हुन । नेकपा एमालेको तर्फदेखि प्रदेश कमिटी सदस्य मन्जु सर्मा चालिसे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिला खत्री, नेशनल अर्गनाइजेशन पार्टीबाट गोर्वधन घर्ती मगर, चित्र प्रसाद गुरुङ नेकपा जनमुक्ति पार्टी,स्वतन्त्र तर्फ तुल्सिराम अर्याल, गणेश कुमार थापा र डिल बहादुर कार्कीले उमेद्वारी दर्ता गराएका हुन ।

त्यस्तैगरी बागलुङ क्षेत्र नं. २ प्रदेशसभा (ख) तर्फ ९ जनाको उमेद्वारी दर्ता भएको छ । साझा गठवन्धनको तर्फबाट नेपाली कांग्रेस केन्द्रिय महादिवेशन प्रतिनिधी दोर्ण कुमार कुवंरले उमेद्वारी दर्ता गराउनु भएको हो । त्यसैगरी नेकपा एमालेको तर्फदेखि जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले मनोनय दर्ता गराएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्ता कुमारी चन्द, जनता समाजवादी पार्टीबाट गंगा बहादुर घर्ती, नेशनल अर्गनाइजेशन पार्टीबाट तारा बहादुर घर्ती, उमेद्वारी दर्ता गराउनु भएको छ । स्वतन्त्र तर्फ दिपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेक प्रसाद कामीले आफनो उमेद्वारी दर्ता गराउनु भएको हो ।
प्रदेश सभा (क) तर्फ ४ जनाको उमेद्वारी दर्ता भएकोमा साझा गठवन्धनको तर्फदेखि नेपाली काँग्रेस जिल्ला सभापती जित बहादुर शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संकर खरेल र स्वतन्त्रबाट प्रकाश घर्ती, भिमलाल पोख्रेलले आफनो उमेद्वारी दर्ता गराएका छन ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फदेखि क्षेत्र नं. २ बागलुङबाट प्रदेश सभा र प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका ३ जनाको मनोनयन दर्ता खारेज भएको छ । प्रतिनिधी सभामा मनोनयन दर्ता गराएका अञ्चल शाही, प्रदेश सभा (क) तर्फ संकर खरेल र प्रदेश सभा (ख) तर्फ मनोनयन दर्ता गराएका शान्ता कुमारी चन्दको मनोनय दर्ता खारेज भएको हो ।
गत स्थानिय तहमा उमेद्वारी दिएका तर निर्वाचन आयोगमा जरिवाना नतिरेका कारण उनिहरुको उमेद्वारी दर्ता खारेज भएको हो । कम्प्युटर सिस्टममा इन्ट्रि गर्दा जरिवाना नतिरेको देखिएपछी मनोनयन दर्ता खारेज भएको निर्वाचन सहायक अधिकृत ऋषिराम रिजालले बताए ।



