जापान नेपाली एकता समाज कान्साईको अध्यक्षमा गोपालकृष्ण सापकोटा चयन

-


     जनहित न्युज    
     असाेज १९ गते २०७९


जापान नेपाली एकता समाज कान्साईको प्रथम क्षेत्रीय भेलाले गोपाल कृष्ण सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रूपमा निर्वाचित गरेको छ ।
श्रमजिवी वर्गको हक, अधिकार न्यायका पक्षमा आफ्नो भूमिका निर्वाह गर्दै जनहितका पक्षमा सारथी बनेर राष्ट्रिय,सामजिक तथा राजनैतिक चेतना सहित जापानमा क्रियाशील रहेको राष्ट्रिय जनमोर्चासँग सम्वद्द समाजको कान्साइ क्षेत्रीय समितिको सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा भुवन सापकोटा सचिवमा टिका केसी सह सचिवमा मेघराज सापकोटा, कोषाध्यक्ष राजन सापकोटा
सह कोषाध्यक्ष प्रकाश सापकोटालाई चयन गरेको छ ।

सो समितिको सदस्यहरूमा भविलाल सापकोटा, याम केसी, बिष्णु सापकोटा, कर्ण केसी र समिर परियारलाई चयन गरिएको केन्द्रिय समितिका उपाध्यक्ष गोपाल डन्ड केसीले जानकारी दिए ।
समितिको सल्लाहकारमा यमलाल सापकोटा,जयलाल सापकोटा, कमल कार्की, थोमलाल सापकोटा, हेमलाल गौतम, नन्दु शर्मालाई चयन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष सालिकराम सापकोटा, उपाध्यक्ष गोपाल सापकोटा, डन्ड केसी निबर्तमान अध्यक्षय यमलाल सापकोटा ,बाशु शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निबर्तमान अध्यक्ष यम लाल सापकोटा,केन्द्रिय महासचिब तेजिन्द्र सापकोटा,बाशु शर्मा, नारायण कंडेल गोम बुढाथोकी नन्दु शर्मा, कमल कार्की लगाएतको उपस्थिति रहेको थियो ।
भेला आयोजक समितिका संयोजक टिका केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गोपाल कृष्ण सापकोटा र स्वागत मन्तव्य भुबन सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?