
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको सोमबारको भेटपछि प्रधानमन्त्री फुमियो किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई भेटेर आफ्नो “अन्तिम कूटनीति” लाई सक्रिय रूपमा जारी राखेका छन ।
दिवंगत नेता सिन्जो आबेको अन्तिम संस्कारका क्रममा जापान भ्रमणमा रहेका प्रधानमन्त्री मोदीको जापानी समकक्षीसँग भेटवार्ता भएको हो । दुई नेताबीच साझा चासो, दुई पक्षीय हित र सरोकारका विषयमा छलफल भएको थियो ।
जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र भारत बीच सहयोगको दरिलो एक रूपरेखाको रूपमा व्याख्या गरिएको क्वाडको परिकल्पनाकार र प्रस्तावक स्वर्गीय पूर्व प्रधानमन्त्री शिन्जो आबे रहेकोले उक्त कार्यलाई जापानले प्रभावकारी बनाउनका लागि किशिदाले “अन्तिम कूटनीति” लाई सक्रिय रूपमा जारी राखेका हुन ।

टोकियोको मोटोकासाको स्टेट गेष्टहाउसमा आयोजित जापान-भारत शिखर बैठकमा किशिदाले मोदीलाई भारतीय नेता र आबेले “भारत-जापान सम्बन्धको लागि नयाँ क्षितिज खोलेको” बताए।
“हामी हाम्रो कूटनीतिक उपलब्धिहरू निर्माण गर्ने आशा गर्छौं र स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको प्राप्तिमा सँगै मिलेर काम गर्नेछौं,” उनले भने।
मोदीले जवाफमा आबे इन्डो-प्यासिफिकमा सहयोगको वकालत गर्ने पहिलो व्यक्ति थिए, जसले क्वाडको निर्माणमा नेतृत्व समेत गर्यो।
मोदी र किसिदाबीच भेटवार्ताका क्रममा मोदी भावुक हुदै आबेसँगका आफ्ना सम्झनाहरू सुनाउदा रोएको सो भेटका क्रममा उपस्थित रहेकाले बताए।

अष्ट्रेलिया-जापान शिखर सम्मेलनको क्रममा, अल्बानीजले आबेको उपलब्धिको प्रशंसा गर्दै भने उनको नेतृत्व बिना क्वाड सुरु हुन सक्दैनथ्यो । अल्बानीज बाहेक किशिदाले आबेको राजकीय अन्त्येष्टिमा भाग लिन जापान आएका तीन अष्ट्रेलियाका पूर्व प्रधानमन्त्रीहरूसँग पनि भेट वार्ता गरे।
आबेले चीनको उदयलाई रोक्नको लागि भारतसँगको सम्बन्धलाई बलियो बनाएको र यसले जापान, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र भारत बीचको सम्बन्धलाई घनिष्ट तुल्याइ प्रजातन्त्र र कानूनको शासन जस्ता साझा मूल्यमा आधारित भै कार्य गर्ने बताईएको छ । यसलाई स्वतन्त्र र खुला इन्डो-प्यासिफिक प्रवर्द्धन गर्ने केन्द्रीय ढाँचामा बढ़ाइएको छ ।
किशिदाले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेललाई भेटे र जापान र ईयूले एकजुट भएर रुसमाथि प्रतिबन्ध लगाउन जारी राख्ने कुरा पुष्टि गरे।”त्यहाँ केही नेताहरू छन् जुन हामीले यस्तो अवसरमा मात्र भेट्न सक्छौं,” विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने।



