अन्तर्राष्ट्रिय

चिनमा जासुसी गरेको आरोपमा जापानी नागरिकलाई १२ वर्षको जेल सजाय

चिनको उच्च अदालतले यस महिनाको सुरुमा जासुसी आरोपको सामना गरिरहेका एक जापानी नागरिकको अपिल खारेज गरेपछि १२ वर्षको जेल सजायलाई अन्तिम रूप दिइएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता सान फ्रान्सिस्कोमा हुने एसिया-प्रशान्त क्षेत्रका नेताहरूको भेलामा सहभागी हुनु अघि जासुसी गतिविधिमा संलग्न भएको आरोपमा हिरासतमा रहेका जापानी नागरिकलाई चिनले यस्तो फैसला सुनाएको हो।जापानी औषधि निर्माता एस्टेलास फार्मा इंकका एक कर्मचारीलाई अक्टोबरमा जासुसी कार्यमा संलग्न रहेको आरोपमा जुलाई २०१९ मा पक्राउ गरि हिरासतमा परेपछि उनलाई… पुरा पढौ

जापानमा एक अभिनेत्रीले आत्महत्या गर्नुको कारण-अत्यधिक काम र धम्की

जापानको चर्चित अल फिमेल संगीत थिएटर कम्पनी ताकाराजुका रेभ्युकी नायिकाले अत्यधिक काम र धम्कीका कारण आत्महत्या गरेको खुलेको छ ।२५ वर्षीया मृतक अभिनेत्रीको परिवारको प्रतिनिधित्व गर्ने वकिल हिरोशी कावाहितोले टोकियोमा गरेको पत्रकार सम्मेलनमा अभिनेत्रीको आत्महत्याको कारण थिएटर कम्पनीका वरिष्ठ सदस्यहरूद्वारा अत्यधिक कामको चाप र धम्कीले उनको मानसिक र शारीरिक स्वास्थ्यमा सम्झौता गर्न नसकेको कारण आत्महत्या गरेको बताएका हुन ।वकिल कावाहितोले कम्पनीबाट माफी र क्षतिपूर्तिको माग गर्दै "एक आशाजनक युवतीको ज्यान गुमाउनु परेको गम्भीरता" लाई प्रकाश पारेको बताए। कावाहितोका अनुसार मृतक… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए। आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ। पुरा पढौ

काभा भलिबल : नेपालको विजयी सुरुवात

काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा नेपाली राष्ट्रिय भलिबल टोलीले विजयी सुरुवात गरेको छ । श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ । पहिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले २५–२३ ले र चौथो सेटमा २५–२१ ले जित निकालेको हो । ६ टोलीको सहभागितामा राउन्ड रोविन लिगका आधारमा हुने च्यालेन्ज कपको अंक तालिकामा शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका… पुरा पढौ

अमेरिकाको तल्लो सदनबाट सभामुख निष्कासित

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित हुनु भएका छन । रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गराएका थिए । गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए । बहुमतका आधारमा सभामुखबाट म्याकार्थी सभामुखबाट हटाइनु भएको हो । यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट… पुरा पढौ

नेपालका गायक गौतम र फिनल्याण्डकी गायिका माईयाले गीतमै तारिफ गरेपछि …

सामाजिक संजालका केही प्लयाटफर्ममा हिजो आज एउटा वाक्य चर्चामा छ । जुन नेपाली वाक्य हो ‘मलाई थाहा छ’ । हुन त यो सबैलाई थाहा भएर पनि जानकारी नभएको हुनुपर्छ । सुन्दा, बोल्दा सबैलाई जानकारी भएको यो वाक्य अहिले अन्तराष्ट्रिय स्तरमै चर्चित बन्दै गएको छ । सामान्य बोलीचालीको यो वाक्यलाई गीतको स्वरुप दिएपछि एकाएक चर्चामा आएको हो । नेपाली संगीत क्षेत्रका शालिन सर्जक, सबै बिधालाई उत्तिकै न्यायपूर्ण रुपमा पस्कने गायक थानेश्वर गौतमको गीत हो तिमी कस्ती हौं, ‘मलाई थाहा छ ।… पुरा पढौ

स्पेनको बेनीड्रममा प्रमोद साँझ

मंगलबार मध्यरातमा स्पेनको होटल मारिनामा निकै रम्मझम्म थियो । मारिनाको एउटा हलबाट निस्केको आवाज बाहिरसम्म निकै मज्जाले सुनिन्थो । एक भब्य कोठाभित्र नेपाली सुगम संगितका नक्षत्र, बहुचर्चित गायक प्रमोद खरेलले निकै सुमधुर आवाजमा गीत गाइरहनु भयको मात्रै थियन् हलमा रहेका सबै दर्शकलाई झुमाईरहनुभएको थियो । गायक खरेलको संगितमा रमाउने प्रवासी नेपालीले सबै दुख भुलेर आफ्नै देशको कुनै महोत्सव भन्दा कमी महसुष गरेनन् । प्रमोद खरेल साँझमा खरेलको प्रस्तुतीले दिनभरिको कामको थकान तथा दुख सबै भुलाएको थियो । नेपाली समाज एसोसिएसन… पुरा पढौ

किशीदाको मन्त्रिमण्डल पुनर्गठन: एकैपटक १३ मन्त्री परिवर्तन

जापानका प्रधानमन्त्री फुमियो काशिदाले सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । उनले एकैपटक १३ मन्त्री फेरेका हुन् । बुधबार उनले जनताबाट सरकार र आफ्नो सत्तारुढ डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीप्रति जनताको विश्वास घट्दै गएपछि मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । गत वर्षयता उनले दोस्रोपटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । पुनर्गठनमा १९ मध्ये १३ जना मन्त्री परिवर्तन भएका छन् । जसमध्ये ११ जना पहिलोपटक मन्त्री बनेका हुन् । बुधवार घोषणा गरिएअनुसार अर्थमन्त्री शुनिची सुजुकी, मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनो र… पुरा पढौ

मोरक्को गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौँ । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८… पुरा पढौ