
नेपाली जनप्रगतिशील मञ्च जापानको क्षेत्रीय समिति सेन्दाई द्वारा NRNAFC र NPPFFC लाई खेलकूद सामग्री जर्सी हस्तान्तरण गरेको छ ।
शुक्रवार सेन्दाइमा आयोजित एक कार्यक्रम बीच नेपाली जनप्रगतिशील मंच सेन्दाईका अध्यक्ष तेज दाहालले NRNAFC र NPPFFC का कप्तान दिनेश शर्मालाई खेलकुदका लागि प्रयोग हुने जर्सीहरू हस्तान्तरण गरेका हुन ।
मञ्च जापानको केन्द्रीय अध्यक्ष भवानी पन्त, सल्लाहकार समिति संयोजक तथा निवर्तमान अध्यक्ष हवलचन्द्र लामा र सेन्दाई क्षेत्रीय समिति इन्चार्ज बिनुका खड्काको सल्लाहमा उक्त सामग्री हस्तान्तरण गरिएको क्षेत्रीय अध्यक्ष दाहालले जानकारी दिए।

बिदाई तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीय अध्यक्ष दाहालले मंचले जापानमा खेलकुदको विकासमा नेपाली खेलाडीका लागि सक्दो सहयोग गर्ने बताऊदै सामाजिक कार्यमा आफु र आफ्नो संगठन सधै साथमा रहेको बताए ।खेल सामग्री व्यवस्थापनमा सहयोग गर्ने सबैलाई सो अवसरमा धन्यवाद समेत व्यक्त गरे ।
उक्त खेलकुद सामग्री ग्रहण गर्दै टिमका कप्तान शर्माले परदेशमा रहेर पनि खेलकुदमा आफ़नो लगावलाई कायमै राख्नका लागि मंचले प्रदान गरेका सामग्रीले हौंसला मिलेको बताएका थिए । सामग्री ग्रहण गर्दै सो टिमका खेलाडीहरुले खुसी व्यक्त गर्दै नेपाली जनप्रगतिशील मंच सेन्दाईलाई खेलकुदको क्षेत्रमा सहयोग गरेकोमा आभार व्यक्त गर्नुका सार्थक निरन्तर सहकार्य गर्ने प्रतिबद्दता जनाएका थिए ।
सोही कार्यक्रममा MONA GOLD CUP मा सहभागी हुने जाने १४ जना खेलाडी सहितको टिमलाई बिदाई समेत गरिको थियो ।
सो सामग्री हस्तान्तरण कार्यक्रममा सचिव छिरिङ तामाङ, सहसचिब साबित्रा नेपाली र कोषाध्यक्ष युधिर भुजेल लगायतको उपस्थिति रहेको थियो।



