अन्तर्राष्ट्रिय

आङ सान सुची र राष्ट्रपति मियन्टलाई क्षमादान, सजाय मात्रै घट्ने, रिहा नहुने

सन् २०२१ को फेब्रुअरीमा सैनिक विद्रोहपछि पक्राउ परेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई लगाइएका आरोपमध्ये केहीमा क्षमादान दिइएको छ। जेलबाट निकालेर घरमै नजरबन्द गरिएको केही दिनपछि त्यहाँको सैनिक सरकारले सुची र राष्ट्रपति विन मियन्टको केही सजायमा क्षमादान दिएको हो।  ७८ वर्षीया सुचीलाई गत सोमबार जेलबाट नेपिडावस्थित सरकारी भवनमा सारिएको थियो। नोबेल शान्ति पुरस्कार विजेता सुची यस वर्षको जुनसम्म घरमै नजरबन्दमा थिइन्, त्यसपछि उनलाई एकान्त कारागारमा सारिएको थियो।  म्यान्मारको सेनाले फेब्रुअरी २०२१ को कूपछि दुवैजनालाई लेजमा हालेको थियो। सुचीलाई १९ अपराधका… पुरा पढौ

जापानमा अफिसमै ओच्छयान !

जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ ।  हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम गर्नेलाई  ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ । जापानी कम्पनी इटोकीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ । त्यसपछि यसका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आराम गर्न सक्छन्। इन्स्टाग्राममा धन आइडीले शेयर… पुरा पढौ

सर्वाधिक बलियो पासपोर्ट सिंगापुरको, जापान तेस्रो झर्‍यो, नेपाल सोमालियाभन्दा एक स्थान माथि

सिंगापुरको पासपोर्ट विश्वको सर्वाधिक बलियो पासपोर्ट बनेको छ। अर्थात सिंगापुरका नागरिक भिजाबिना नै (अन एराइभल भिजा) १९२ देशमा यात्रा गर्न सक्नेछन्। पासपोर्ट वरीयता सार्वजानिक गर्ने अर्गनाइजेसशन ‘हेन्ली पासपोर्ट इन्डेक्स’ले जारी गरेको वरीयतामा नेपाल ९८ औँ स्थानमा रहेको छ। नेपाली पासपोर्ट अनएराइभल भिसाका आधारमा १०३ मुलुकमध्ये ९८ औँ स्थानमा रहेको हो। नेपालभन्दा पछि अधिकांश द्वन्द्वग्रस्त मुलुकहरु मात्र रहेका छन्। नेपालका नागरिक भिजाबिना नै ३८ राष्ट्रमा जान पाउने गरेको छ। यो सूचीमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ। अफगानिस्तान १०३ औँ नम्बरमा… पुरा पढौ

दक्षिण कोरियामा बाढीले डुबेको सुरुङ मार्गभित्र १३ जनाको शव

मध्य दक्षिण कोरियाको चियोङ्जु सहरमा बाढीले गर्दा डुबानमा परेको सुरुङ मार्गमा फसेका यात्रुसम्म पुग्न खटिएका उद्धारकर्मीहरूले १३ जना मानिसको शव फेला पारेका छन्। शनिवार राति नदीमा आएको बाढी सुरुङमा पसेपछि निजी सवारी साधन र बसमा यात्रा गरिरहेका यात्रुहरू त्यहीँ फसेका थिए। सुरुङ ६८५ मिटर लामो छ। त्यसमा कति जना फसेका थिए भन्नेबारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन्। गत सातादेखि परिरहेको मुसलधारे वर्षाका कारण कम्तीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्। अत्यधिक वर्षाका कारण बाढी, पहिरोको मारमा परेको दक्षिण कोरियामा विद्युत् कटौती… पुरा पढौ

जापानले फुकुसिमाको रेडियोधर्मी पानी समुन्द्रमा छोड्ने अनुमति पाएसंगै हामी कत्तिको चिन्तित हुनुपर्छ?

जापानले मंगलबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)बाट रेडियोधर्मी पदार्थ मिसिएको (रेडियोएक्टिभ) पानी समुद्रमा छोड्ने अनुमति पाएको छ । जापानको ओकुमा सहरमा अहिले कामविहीन भइसकेको ‘फुकुसिमा दाइची आणविक ऊर्जा प्लान्ट’ सन् २०११ को मार्च ११ मा आएको भूकम्प र सुनामीका कारण दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा प्लान्टबाट ठूलो मात्रामा रेडियोएक्टिभ पदार्थ बाहिरिएको थियो र यसले मानिसका लागि संकट सिर्जना गरेको थियो । सुनामी ठोक्किएपछि चिस्यान प्रणाली बिग्रिएको थियो र फलस्वरुप आणविक प्लान्टका रिएक्टरहरू पग्लिएका थिए । यसले आणविक (न्युक्लियर) दुर्घटना… पुरा पढौ

टोकियोको सिम्बासीमा विस्फोट हुँदा ४ जना घाइते

जापानको राजधानी टोकियोको शिम्बाशी नजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चार जना घाइते भएका छन् । स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर शिम्बाशी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठ तले भवनमा विस्फोटपछि आगलागी भएको थियो । टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चार जना सामान्य घाइते भएका छन् । जसमध्ये दुई जना पैदल यात्री र दुई जना रेष्टुरेन्टका कर्मचारी रहेका छन् । विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो… पुरा पढौ

पश्चिमी जापानमा भारी वर्षाका कारण वितण्डा मच्यायो, कम्तीमा १ जनाको मृत्यु, २ जना बेपत्ता (भिडियोसहित)

पश्चिमी जापानमा भारी वर्षाका कारण पहिरो र बाढीले बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ भने दुई जना बासिन्दा बेपत्ता भएका छन् ।शनिबार बिहान यामागुची सहरको खाल्डोमा डुबेको कारबाट एक वृद्ध पुरुषलाई बाहिर निकालिएको र पछि मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन ।यामागुची प्रान्तको माइनमा भारी वर्षाका कारण सातवटा गाडी डुबेको र एक चालक बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ । छ जना चालकको भने सकुशल उद्धार गरिएको छ भने नभेटिएका एक चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको… पुरा पढौ

क्योतोको घडी पसलमा लुटपाट गरेको आरोपमा ‘Luffy’ का प्रमुख पक्राउ, स्काम इमेलमार्फत करिब ६ अर्ब येन कमाएको प्रहरीको भनाइ

२०२२ मा क्योतो घडी पसलमा लुटपाट गरेको आरोपमा फिलिपिन्समा रहेको जापानी स्कम ग्रुपका एक नेतालाई पक्राउ गरिएको टोकियो प्रहरीले जनाएको छ ।३९ वर्षीय कियोतो इमामुरालाई फेब्रुअरीमा फिलिपिन्सबाट देश निकाला गरिसकेपछि पैसा र अन्य बहुमूल्य चीजहरू चोरी गर्न विशेष ठगी स्काम चलाएको चारवटा आरोपमा अभियोग लगाउदै पक्राउ गरिएको हो । ठगी समूहका नेताहरूमध्येको यो पहिलो लुटपाट भएको महानगरीय प्रहरी विभागले जनाएको छ।स्काम गर्नेहरूले जापानमा वास्तविक अपराधहरू गर्न जिम्मेवार व्यक्तिहरूलाई "Luffy" नाम प्रयोग गरेर इमेल पठाएको विश्वास गरिएको गरिएको छ । Luffy… पुरा पढौ

साउदी अरबमा गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु भएका नेपाली सुरक्षा गार्डको नाम ठेगाना खुलाइएको छैन । साउदी प्रेस एजेन्सी… पुरा पढौ

विश्वव्यापी लोकतान्त्रिक र निरंकुश अर्थतन्त्रको युद्धको मारले गम्भीर आर्थिक विघटन निम्त्याइ रहेको जापानको चेतावनी

जापान सरकारले मंगलबार एक श्वेतपत्र जारी गर्दै विश्वव्यापी अर्थतन्त्रले प्रजातान्त्रिक र निरंकुश राज्यहरू संयुक्त राज्य अमेरिका-चीनको टेक्नोलोजी युद्धका पछाडि "विभाजनको संकट" सामना गरिरहेकोले गम्भीर आर्थिक विघटन निम्त्याइ दुबै पक्षलाई धक्का दिने चेतावनी दिएको छ।सरकारले नियममा आधारित व्यापार व्यवस्थाको पुनर्निर्माण, लचिलो आपूर्ति शृङ्खलाहरू विकास गर्ने र विश्वव्यापी अर्थतन्त्रमा विश्वास पुनर्स्थापित गर्न सामूहिक रूपमा ग्लोबल साउथ भनिने विकासशील र उदीयमान देशहरूसँगको सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिएको छ ।विश्व अहिले संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा,चीन र रुसको नेतृत्वमा पूर्व र तटस्थ राष्ट्रहरूका रूपमा… पुरा पढौ