अन्तर्राष्ट्रिय

हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा पाँच जापानी कोस्ट गार्डको मृत्यु भएको पुष्टि

टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको यात्रुवाहक विमानसँग ठोक्किँदा भएको दुर्घटनामा जापान कोस्ट गार्डको विमानमा सवार छ जना मध्ये पाँच जनाको मृत्यु भएको छ भने जापान एयरलाइन्सको फ्लाइट ५१६ का चालक दल र यात्रु मध्ये १४ जना घाइते भएको पुष्टि भएको छ । हानेदा विमानस्थलमा जापान एयरलाइन्स र एनएचकेले जडान गरेको क्यामेराको फुटेज अनुसार २ गते साँझ करिब ५ः४७ बजे नयाँ चितोसे विमानस्थलबाट उडेको जापान एयरलाइन्सको फ्लाइट ५१६ हानेदा विमानस्थलको रनवे सीमा अवतरण गर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । उडान नम्बर… पुरा पढौ

नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

नयाँ वर्षको पहिलो दिनमै मध्य जापानमा शक्तिशाली भूकम्प गएको छ।जापानको इशिकावा प्रिफेक्चरको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको जापानी सञ्चार माध्यमले जनाएका छ । स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको थियो।  सबैभन्दा शक्तिशाली भूकम्प अनामिजु सहरनजिकै गएको बताइएको छ। भूकम्पपछि त्यहाँ सुनामी आउने चेतावनी जारी गरिएको छ। समुद्री तटमा रहेका मानिसहरूलाई… पुरा पढौ

टोकियोको शिबुया वार्डले यस वर्ष पनि नयाँ वर्षको काउन्टडाउन कार्यक्रम स्थगीत

व्यापक भिडभाडका कारण हुन सक्ने समस्याको कारण देखाउदै टोकियोको शिबुया वार्डले चौथो वर्षको लागि आफ्नो प्रमुख रेल स्टेशन वरपर नयाँ वर्षको पूर्वसन्ध्यामा काउन्टडाउन कार्यक्रम नगर्ने निर्णय गरेको छ।शिबुया वार्डले २०१९ सम्म यस्ता कार्यक्रम आयोजना गरेको थियो तर वार्डले २०२० मा कोरोनाभाइरस महामारीका कारण स्थगित गरेको थियो।सरकारले COVID-19 लाई मौसमी इन्फ्लुएन्जा जस्तै श्रेणीमा डाउनग्रेड गरेपछि आइतवार जापानको पहिलो वर्षको अन्त्य बिदा हो।बाहिरी कार्यक्रमहरूले ठूलो भीडलाई आकर्षित गर्न सक्छ र सार्वजनिक मद्यपान र भीड क्रस जस्ता समस्याहरूको जोखिम बढाउन सक्ने समस्याप्रति वर्ष… पुरा पढौ

जापानमा असुरक्षित बन्दै वृद्धवृद्धाहरू

संसारमै निकै कम अपराध हुने देशमा पर्छ, जापान । तर, पछिल्लो समयमा जापानमा अपराधका घटनामा तीव्रता आएको छ । यति मात्रै होइन, जापान वृद्धवृद्धाका लागि निकै खतरनाक बन्दै गएको तथ्य बाहिर आएको छ । निरन्तर घट्दो जनसंख्याको दबाबमा रहेको जापानमा वृद्ध जनसंख्या अर्को बोझ बनेको छ । यतिसम्म कि जापानमा आफ्नै छोराछोरी पनि वृद्धावस्थामा पुगेका आमाबाबुका लागि खर्च गर्न चाहँदैनन् । यसै कारण पछिल्लो एक दशकदेखि हरेक आठौँ दिन एक वृद्धको हत्या हुने गरेको तथ्य बाहिर आएको छ । जापानको… पुरा पढौ

आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ । महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ। सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै… पुरा पढौ

दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हानेको टापु पुनः सञ्चालनमा ल्याउँदै अमेरिका

दोस्रो विश्वयुद्धमा जापानमा परमाणु बम हान्न प्रयोग गरिएको प्रशान्त टापुको एक एयरफिल्डलाई अमेरिकी वायुसेनाले फेरि सञ्चालनमा ल्याउने भएको छ । चीनसँगको टकराबका बेला प्रयोग गर्न सकिने सैन्य अखडा प्रर्याप्त बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो । अमेरिकी सेनाको प्यासिफिक एयर फोर्सका कमान्डर जनरल केनेथ विल्सबाकले निक्की एसिसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । टिनियन टापुमा रहेको उत्तरी एयरफिल्डलाई सन् १९४६ मा अमेरिकी सेनाले त्यागेपछि त्यो क्षेत्र हाल जंगल बनेको छ । जंगल फँडानी गर्ने काम पूरा भएपछि एयरफिल्डमा विस्तृत सुविधा थपिने… पुरा पढौ

कानुन नै संशोधन गरेर जापानले अमेरिकालाई मिसाइल बेच्ने

एजेन्सी : जापानले अमेरिकालाई मिसाइल बेच्ने भएको छ। आफ्नो शान्तिवादी नीतिबाट पछि हट्दै जापानको सरकारले स्वदेशमा उत्पादन भएको प्याट्रियट डिफेन्स मिसाइल अमेरिका निर्यात गर्ने घोषणा गरेको हो। जापानको यो कदमके ह्वाइट हाउसले स्वागत गरेको छ। जापानले यी मिसाइलहरू निर्यात गरेसँगै अमेरिकाले आफ्नो भण्डारबाट युक्रेनमा थप हतियार पठाउन सक्ने बताइएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धमा पश्चिमी देशहरूले हतियार अभाव झेलिरहेका छन्। जापानले अहिलेसम्म लाइसेन्सप्राप्त उपकरणको बनाउने तरिका र सामग्री मात्र उत्पादन लाइन्सेन्स भएको देशलाई बेच्ने गरेको थियो। तर, परिवर्तित नयाँ… पुरा पढौ

कार्यकक्षमै सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा जापानका तीन पूर्व सैनिक दोषी ठहर

जापानको एक अदालतले महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन पूर्व सैनिकलाई दोषी ठहर गरेको छ। जापानको एक अदालतले मङ्गलबार तीन पूर्व ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स सदस्यहरूलाई २०२१ मा एक महिला विरुद्ध गरेको यौन अभद्र कार्यको लागि दोषी ठहर गरेको छ जसले अपराधको रिपोर्ट गरि अगाडि आउन दुर्लभ कदमका रुपमा हेरिएको छ । फुकुसिमा जिल्ला अदालतले जापानको सशस्त्र बलमा उत्पीडनको संस्कृतिलाई जनताको ध्यानाकर्षण गराउने उच्च प्रोफाइल मुद्दामा 24 वर्षीया रिना गोनोईलाई आक्रमण गरेको अभियोगमा चार वर्षका लागि निलम्बित पुरुषहरूलाई दुई वर्षको… पुरा पढौ

जापानको सबैभन्दा वृद्ध व्यक्ति ११६ वर्षीया फुसा तात्सुमीको निधन

जापानको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता प्राप्त रहेकी ११६ वर्षीया फुसा तात्सुमीको मंगलबार वृद्धावस्थाका कारण निधन भएको ओसाका प्रिफेक्चरको काशिवारा शहरका अधिकारीले बताएका छन्।२५ अप्रिल १९०७ मा जन्मेकी तात्सुमीले हाल काशिवाराको नर्सिङ होममा आफ्नो अधिकांश दिन ओछ्यानमा बिताउँदै आएको र केहि दिनदेखि उनको स्वास्थ्यमा उतारचढाव आएको उनको हेरचाह गर्दै आएका कर्मचारीले बताएका छन्।गत वर्ष अप्रिलमा फुकुओकामा ११९ वर्षीया महिलाको मृत्यु भएपछि उनी जापानमा सबैभन्दा बढी बाँच्ने व्यक्ति बनेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।यस वर्षको जनवरीसम्ममा विश्वको सबैभन्दा वृद्ध… पुरा पढौ

झापड खुवाउने जापानी रेष्टुरेण्ट

जापानमा घरेलु शैलीको एउटा इजाकाया रेष्टुरेण्टबार निकै आलोचित भयो । यो रेष्टुरेण्टले आएका अतिथिहरुलाई खान दिनुअघि गालामा झापड हान्ने विवादास्पद सेवा दिन्थ्यो । नागोयामा रहेको शाचिहोको–या इजाकायाले रेष्टुरेण्टमा आउने ग्राहकहरुलाई महिला कर्मचारीको हातबाट झापडको साथमा स्न्याक्स दिन्छ । यो अनौठो सेवाले रेष्टुराँमा आगन्तुकको संख्या बढेको थियो । सुरुमा अनुहारमा झापड हान्ने यो सेवा इजाकायाकी एक कर्मचारीले मात्रै दिन्थिन् । माग बढ्दै गएपछि व्यवस्थापनले झापड हान्ने कामकै लागि धेरै जना युवतिहरुलाई भर्ना गर्नु पर्यो । माग धान्न नसकेपछि प्रत्येक झापडका लागि १००… पुरा पढौ