अन्तर्राष्ट्रिय

जापानी अर्थतन्त्र सङ्कुचन,बढ्दो महँगीले उपभोक्ता त्रसित

जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको  सहमति प्रक्षेपणभन्दा खराब हो ।  लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो ।  समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको… पुरा पढौ

जापानमा प्रतिभाको कमी हुँदाहुँदै पनि सोनीले महिला इन्जिनियरहरूलाई उल्लेख्य नयाँ भर्ना गर्ने योजना सार्वजनिक

जापानको चर्चित कम्पनी सोनीले आफ्नो कम्पनीमा महिला इन्जिनियरहरूको संख्या आक्रामक रुपमा बढाउँदै लैजाने भएको छ।सोनी कम्पनीले स्मार्टफोन र मिररलेस क्यामेरा उत्पादन गर्ने महिलाका लागि मैत्रीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्ने प्रयासलाई तीव्र बनाएको बेला यो कदम चालिएको स्रोतले बताएको छ।आगामी आर्थिक वर्षको लागि आफ्नो नयाँ कामदारहरूको नियुक्ती रेकर्ड-उच्च प्रतिशत हासिल गर्ने लक्ष्य राखेको कम्पनीले जापानमा स्थापित स्टेरियोटाइपलाई चुनौती दिँदै प्रमुख टेक्नोलोजी फर्ममा इन्जिनियर र अनुसन्धानकर्ताहरूका लागि नयाँ कामदार नियुक्ती हुनेहरूमा महिलाको अनुपात हालसम्मकै उच्च ३० प्रतिशत पुर्याउने अपेक्षा राखेको छ… पुरा पढौ

जापानमा पहिलो पटक ‘वेब स्किमिङ’ क्रेडिट कार्डको जानकारी चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सम्भवतः जापानमा पहिलो पटक क्योतो प्रिफेक्चरल प्रहरीले भर्खरै २० वर्षका एक व्यक्तिलाई "वेब स्किमिङ" अर्थात्आ फ्ना ग्राहकहरूबाट क्रेडिट कार्ड जानकारी चोर्न सपिङ वेबसाइटहरूमा मालिसियस कोड स्थापना गरेको आशंकामा पक्राउ गरेको छ ।अनाधिकृत आदेशहरू भएको इलेक्ट्रोनिक रेकर्ड प्रयोग गरी किस्ता बिक्री ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।अनुसन्धानमा सहभागी प्रहरी अधिकारीका अनुसार व्यक्तिले कन्सर्ट टिकटहरू बेच्ने साइटमा ह्याक गरी २०२२ मा व्यापारिक सामानहरू राखेका थिए र धेरै ग्राहकहरूको क्रेडिट कार्डको जानकारी निकाल्ने प्रोग्राम स्थापना गरेका थिए। प्रिफेक्चरल प्रहरीले… पुरा पढौ

टोकियोमा इजरायली दूतावासको बारमा कार ठोक्कियो, प्रहरी अधिकारी घाइते

बिहीबार टोकियोमा इजरायली दूतावास नजिकै ब्यारिकेडहरूमा कार ठोक्किएर गराइएको दुर्घटनामा इजरायल-हमास द्वन्द्वका कारण ग्यास सुरक्षाको लागि सुरक्षामा खटिएका एक प्रहरी अधिकारी घाइते भएका छन्।गाजा पट्टीमा इजरायलको आक्रमणको विरोधमा विभिन्न व्यक्ति र समूहहरूले दुतावासको अगाडि प्रदर्शन गरिरहेका बेला दूतावासको उत्तरपश्चिममा करिब ६० मिटरको दूरीमा कडा सुरक्षाको बीचमा यो घटना भएको हो।इजराइली दूतावासलाई निशाना बनाएको हुनसक्ने आशंकामा ५० वर्षको उमेर रहेका चालकलाई प्रहरीले नियमित कार्य गर्न अवरोध गरेको आरोपमा घटनास्थलमा नै दक्षिणपन्थी समूहको सदस्यलाई पक्राउ गरेको जापान प्रहरीले जनाएको छ।घटनामा जापानी प्रहरी… पुरा पढौ

चिनमा जासुसी गरेको आरोपमा जापानी नागरिकलाई १२ वर्षको जेल सजाय

चिनको उच्च अदालतले यस महिनाको सुरुमा जासुसी आरोपको सामना गरिरहेका एक जापानी नागरिकको अपिल खारेज गरेपछि १२ वर्षको जेल सजायलाई अन्तिम रूप दिइएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता सान फ्रान्सिस्कोमा हुने एसिया-प्रशान्त क्षेत्रका नेताहरूको भेलामा सहभागी हुनु अघि जासुसी गतिविधिमा संलग्न भएको आरोपमा हिरासतमा रहेका जापानी नागरिकलाई चिनले यस्तो फैसला सुनाएको हो।जापानी औषधि निर्माता एस्टेलास फार्मा इंकका एक कर्मचारीलाई अक्टोबरमा जासुसी कार्यमा संलग्न रहेको आरोपमा जुलाई २०१९ मा पक्राउ गरि हिरासतमा परेपछि उनलाई… पुरा पढौ

जापानमा एक अभिनेत्रीले आत्महत्या गर्नुको कारण-अत्यधिक काम र धम्की

जापानको चर्चित अल फिमेल संगीत थिएटर कम्पनी ताकाराजुका रेभ्युकी नायिकाले अत्यधिक काम र धम्कीका कारण आत्महत्या गरेको खुलेको छ ।२५ वर्षीया मृतक अभिनेत्रीको परिवारको प्रतिनिधित्व गर्ने वकिल हिरोशी कावाहितोले टोकियोमा गरेको पत्रकार सम्मेलनमा अभिनेत्रीको आत्महत्याको कारण थिएटर कम्पनीका वरिष्ठ सदस्यहरूद्वारा अत्यधिक कामको चाप र धम्कीले उनको मानसिक र शारीरिक स्वास्थ्यमा सम्झौता गर्न नसकेको कारण आत्महत्या गरेको बताएका हुन ।वकिल कावाहितोले कम्पनीबाट माफी र क्षतिपूर्तिको माग गर्दै "एक आशाजनक युवतीको ज्यान गुमाउनु परेको गम्भीरता" लाई प्रकाश पारेको बताए। कावाहितोका अनुसार मृतक… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए। आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ। पुरा पढौ

काभा भलिबल : नेपालको विजयी सुरुवात

काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा नेपाली राष्ट्रिय भलिबल टोलीले विजयी सुरुवात गरेको छ । श्रीलंकामा सोमबार सुरु भएको च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको छ । पहिलो सेटमा २५–२० ले जितेको नेपालले दोस्रो सेट २०–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागनका साथ नेपालले २५–२३ ले र चौथो सेटमा २५–२१ ले जित निकालेको हो । ६ टोलीको सहभागितामा राउन्ड रोविन लिगका आधारमा हुने च्यालेन्ज कपको अंक तालिकामा शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका… पुरा पढौ

अमेरिकाको तल्लो सदनबाट सभामुख निष्कासित

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित हुनु भएका छन । रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गराएका थिए । गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ । आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए । बहुमतका आधारमा सभामुखबाट म्याकार्थी सभामुखबाट हटाइनु भएको हो । यो कदमले रिपब्लिकन पार्टीभित्रको आन्तरिक तनाव सतहमा देखाएको छ । फ्लोरिडाका सांसद म्याट… पुरा पढौ