भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

-


     जनहित न्युज    
     कार्तिक १३ गते २०८०


एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए।

आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?