एनआरएनए समाचार

सामाजिक सेवामा सक्रिय चन्द्राकुमारी केसीले एनआरएनए जापानको महिला सचिव पदमा उम्मेद्वारी घोषणा

एनआरएनए जापानको ११ औ अधिवेशनको मिति नजिकिएसंगै आगामी कार्यकालको लागि उम्मेद्बारी घोषणा गर्ने क्रम बढेको छ ।नैतिकता, इमानन्दारिता सक्षम,समाबेसी र संगठनात्मक एक्यबद्धता एनआरएनए जापानमा महिला सहभागिता भन्ने आफ्नो मान्यता राख्दै महिला सचिबको पदमा वर्तमान कार्यसमिति सदस्य समेत रहेकी चन्द्राकुमारी केसीले उम्मेद्बारी घोषणा गरेकी छन ।जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको न्यूनीकरण गर्नको लागि सक्रिय भूमिका निर्वाह गरि पिडित पक्षलाई सहयोग प्रदान गर्दै आइरहेकी केसीले संस्थागत रूपमा कार्य गर्न रसक्रिय सामाजिक सेवा गर्नका लागि एनआरएनए जापानको २०२३-२०२५… पुरा पढौ

सामाजिक सेवामा सक्रिय रामबहादुर थापाले गरे एनआरएनए जापानको सह- कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताए । एनआरएनएको अभियानसहित विभिन्न संघ संस्थामा आबद्द रहेर सामाजिक सेवाका कार्यमा लामो समयदेखि सक्रिय थापा जापानको नागोयामा… पुरा पढौ

जापानमा शिव मन्दिरसहितको प्रविधि युक्त बहुउदेश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने योजनासहित नविन निउरेले एनआरएनए जापानको अध्यक्षमा गरे उम्मेद्बारी घोषणा

समाजिक सेवामा समर्पित गैर आवासीय नेपाली संघको नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यावसायिक दक्ष युवाको आकर्षण घटेको आरोप लागिरहँदा एनआरएन जापानको अध्यक्षमा यस पटक युवा पुस्ताका नविन निउरेले उम्मेद्बारी घोषणा गरेका छन ।एनआरएनए जापानलाई नेपाली समुदायप्रति उत्तरदायी भई अभिभावकीय भूमिका प्रदान गर्न, संस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउनका लागि आफूले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको आइतबार जापानको टोकियोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निउरेले बताए । ‘गफ होइन काम, त्याग, समर्पण र साथ-सहयोगले… पुरा पढौ

एनआरएनए जापान चिबा क्षेत्रीय समितिको सम्पन्न अधिवेशनबाट समिर खड्का संयोजकत्वमा निर्वाचित

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद्को अधिवेशन नजिकिएसंगै क्षेत्रीय समितिका अधिवेशनबाट नया कार्यसमिति आउने क्रम जारी रहेको छ ।एनआरएनए जापान अन्तरगतका १२ वटा क्षेत्रीय समिति मध्यको शनिबार सम्पन्न चिवा क्षेत्रीय समितिको अधिवेशनले समिर खड्काको संयोजकत्वमा आगामी कार्यकाल २०२३-२५ को लागि नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।सम्पन्न तेस्रो अधिवेशनबाट उप सयोजकमा शंकर सुवेदी, रमेश गिरी र टेकराज सोम थापालाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ । सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएकोमा सचिवमा मोहन कार्की, सहसचिवमा यमलाल कंडेल र मनिष… पुरा पढौ

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानदारिता, पारदर्शितासहितको रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान’ भन्ने नारासहित एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यसपटक एनआरएनए जापानको अध्यक्षमा आफूले उम्मेदवारी दिन लागेको निउरेले जानकारी दिए । निउरेले कोरोना… पुरा पढौ

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न, संयोजकमा सन्तोष घिमिरे सर्वसम्मत रूपमा चयन

एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी २०२३-२०२५ कार्यकालको लागि सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत रूपमा नया नेतृत्व चयन गरेको छ। शनिबार सम्पन्न अधिवेशनले उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र शम्भु थापा सचिबमा अनिल कुमार बोहोरा, सहसचिबमा विष्णु राज पाठक र यमयस ठकुरी, कोषाध्यक्ष सुमन दुलाल र सह-कोषाध्यक्षमा रोहित मदन भण्डारीलाई चयन गरिएको निर्बाचन समितिका संयोजक विकाश बस्नेत जानकारी दिए ।संयोजक बस्नेतका अनुसार नवनिर्वाचित युवा संयोजकमा मान पुन मगर र सदस्यहरुमा लाक्पा शर्पा, सन्जय लम्साल… पुरा पढौ

मध्यपूर्वका श्रमिकको एजेण्डा बोकेर आरके शर्मा एनआरएनए नेतृत्वको दौडमा

शर्मा भन्छन्– अधिकार तलमाथि नहोस्, नेतृत्व मध्यपूर्वले पाउनुपर्छ आगामी अक्टोबरमा हुने ११ औँ महाधिवेशनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी रस्साकस्सी सुरु भइसकेको छ । एनआरएनएको २० वर्षे इतिहासमा हालसम्म नेतृत्व पाउन नसकेको सन्दर्भमा यस पटक भने आफूहरुले नेतृत्व पाउनुपर्ने मध्यपूर्वको तर्फबाट तीव्र लबिङ भइरहेको छ । जसमा मध्यपूर्वबाट वर्तमान उपाध्यक्ष आरके शर्माको नाम अगाडि आएको छ । पदका लागि मारामार हुने विश्वभरका नेपालीहरुको साझा संस्था एनआरएनएको नेतृत्व मध्यपूर्वलाई नै किन चाहियो त ? यी लगायतका समग्र विषयमा उपाध्यक्ष… पुरा पढौ

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न संयोजकमा सागर कार्की निर्वाचित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की निर्विरोध निर्वाचित भएका छन ।आइतबार टोकियोको शिन ओकूबोमा सम्पन्न समितिको आठौ अधिवेशनबाट आगामी कार्यकाल २०२३ -२०२५ को लागि संयोजकमा कार्की र उप संयोजकमा दिपक सुवेदी विप्लव, केशबहादुर खत्री सुरज र अर्जुन तिवारी र महिला संयोजकमा ईश्वरी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विजेश थकालीले जानकारी दिए ।संयोजक थकालीका अनुसार सहमतिका लागि अधिकतम प्रयासका बाबुजुद निर्विरोध निर्वाचित हुने समितिको सचिवमा वासुदेव पन्त, सह सचिबमा गोम बुढाथोकी… पुरा पढौ

एनआरएनए जापानका क्षेत्रीय अधिवेशन, निर्वाचन र हामीले दिन खोजेको सन्देश के यहि हो त ? 

सामाजिक सद्भाव र सहयोग लेनदेनमा सहजताका लागि नेपाली समुदायलाई संगठित गरि नेपाली भावनालाई जगाई राख्न र भाईचारको सम्बन्धलाई प्रगाढ़ बनाउने पवित्र उद्देश्यसहित स्थापना भएका एनआरएनए र नेपाली समुदायको नजिकको साथीका रूपमा एनआरएनएको अभियानलाई प्रतिनिधित्व गर्नका लागि क्षेत्रीय समितिको स्थापना र क्रियाशीलता हुनुपर्ने हो ।तर जापान लगायत विश्वका जुनसुकै मूलुकमा स्थापना भएका एनआरएनए क्षेत्रीय समितिले उक्त भावनालाई प्रतिनिधित्व गर्न सकेका छैनन भन्ने कुराको सामान्य उदाहरण हाल जापानमा भैरहेका क्षेत्रीय समितिका अधिवेशन र त्यसबाट आउने आगामी नेतृत्वका लागि भएको छिनाझपटीले पुष्टि गरेको… पुरा पढौ

एनआरएनएका एक्ला ‘राम’, जो सबलाई छोड्दा छोड्दै आफै छुटिरहे

काठमाडाैं। करिब ४७ वर्षअघि जर्मनीको भूमी टेक्दा त्यहाँका सडकमा नेपाली अनुहार बिरलै देखिन्थे। जर्मन युवतीसँग प्रेममा परेका तन्नेरी रामप्रताप थापा पनि प्रेमिकाको हात समाउँदै केही समय जर्मन सहरहरू घुमे। त्यहीँ पढे। बिहे गरे। अनि घरजम भएपछि त्यही मायाले तान्यो। गोरखाको मध्यम वर्गीय परिवारमा उनी सन् १९५० मा जन्मिएका थिए। १९७४ मा पहिलोपटक घुम्न भनेर जर्मनी पुगेका थापा त्यो बेला लगभग २ महिनाजति घुमेर फर्किए। त्यो बेलै जर्मन परियोजनामा काम गर्न आएकी एकजना जर्मन युवतीसँग नेपालमै उनको प्रेम बसिसकेको थियो। यता… पुरा पढौ