एनआरएनए समाचार

एनआरएनएको विवाद समाधान, दुई पक्षबीच ४ बुँदे सहमति,यो कार्यकाल ४ अध्यक्ष रहने

काठमाडौं ३ असार । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद करिब एक वर्षपछि समाधान भएको छ । विवाद समाधान भएसँगै १०औं महाधिवेशनदेखि दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध हुने भएको छ । एनआरएनएका दुई पक्षबीच संस्थालाई एउटै बनाउन चार बुँदे सहमति भएको छ । दुई समूहका अध्यक्ष बद्री केसी र विनोद कुँवरले आइतबार काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमासहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार दुई पक्षबीच ११औं महाधिवेशन आगामी अक्टोबरमा सम्पन्न गर्ने र दुवै पक्षका प्रतिनिधिहरू रहने गरी एक उच्चस्तरीय… पुरा पढौ

एनआरएनए कान्तो क्षेत्रीय समितिको अधिवेशन जुन २५ मा हुने

गैर आवासीय नेपाली संघ जापान (NRNA ) कान्तो क्षेत्रीय कार्यसमितिको आठौँ अधिवेशन जुन २५ तारिक आइतबारका दिन हुने भएको छ ।एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद् जापानमा रहेका १२ क्षेत्रीय समिति मध्य जापानको राजधानीमा रहेको कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालको लागि समिति चयन हुने गरि आठौ अधिवेशन हुन लागेको समितिका संयोजक दिपेश केसीले जानकारी दिए ।राष्ट्रिय समन्वय समितिसंगको समन्वयमा काम काम गर्दै आएको समितिले विभिन्न सामाजिक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा… पुरा पढौ

एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको अधिवेशन जुन १८ मा हुँदै

एनआरएन जापानले आफ्ना क्षेत्रीय समितिहरूको अधिवेशनहरू तोकिएसंगै एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन तय भएको छ ।  आगामी दुई वर्षे कार्यकालको लागि क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन यहि जुन महिनाको १८ तारिक आइतबारका दिन हुन लागेको क्षेत्रीय संयोजक मनोजबम मल्लले जानकारी दिए ।  “अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्वाचन समिति गठन व्यवस्थापकीय कार्यका लागि विभिन्न उप समितिहरू गठन भै तयारी थालिसकेका छौ “ संयोजक मल्लले भने- यस पटकको अधिवेशन उदाहरणीय र भव्य बनाउन आवश्यक तयारी थालेका छौ । … पुरा पढौ

गिफु केन एनआरएनए जापानको कान्छो क्षेत्रीय समिति बन्दैं , अधिवेशनको तयारी पुरा

गिफु केन एनआरएनए जापानको क्षेत्रीय समितिको कान्छो समिति बन्ने भएको छ। यसअघि नागोया क्षेत्रीय समितिमा पर्ने सो क्षेत्रले आफ्नै अलगै समिति बनाउने निर्णय गरेको हो।गिफु केनका सरोज लामिछानेले एनआरएनए जापान क्षेत्रीय समिति गिफु केनको प्रथम अधिवेशनको तयारी पुरा भएको बताए। समिति चयनका लागि आगामी जुन १० तारिक सनिवार दिउसो १ बजे बाट Gifu Bunka Center 3rd Floor मा अधिवेशन आयोजना गरिएको गिफुमा व्यवशाय गरि लामो समयदेखि रहेका कुशलराज धितालले जानकारी दिए। सर्वसहमतिमा समिति चयन गर्न छलफल भई रहेको उनको भनाई… पुरा पढौ

जापानमा पशुप्रेमीका लागि बन्यो बिरालोको भाषा अनुवाद गर्ने याप

बिरालो पाल्ने मानिसहरूका लागि एक नयाँ याप सार्वजनिक भएको छ । म्याउटक नामक उक्त यापले बिरालोले निकालेको आवाजलाई मानवीय भाषामा अनुवाद गरिदिन सक्ने बताइएको छ । बिरालोले के भन्न खोजेको हो यस यापमार्फत मालिकले थाहा पाउँछन् ।  जापानमा यो याप सार्वजनिक भएपछि भाइरल बनेको छ । यसको एक करोड ७० लाख डाउनलोड भइसकेको छ । अनि २५ करोड म्याउहरू यापमा रेकर्ड गरिसकिएको छ । अझ एलेक्सा याप जस्तो यस यापले बिरालोको आवाज स्वतः रेकर्ड गरी मालिकहरूलाई अनुवाद पनि पठाउन सक्छ… पुरा पढौ

१९ लाख खर्चेर कुकुर बने जापानका एक व्यक्ति

एजेन्सी - संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । तोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका तोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ । वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक… पुरा पढौ

पेरिसमा नेपालका सेक्सी देवता

“यौनका मामिलामा नेपाली संस्कृति साँघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त’ !” फ्रान्सको राजधानी पेरिसमा रहेको पिगालस्थित नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज र संस्कृति प्रेम र यौनका मामिलामा सांघुरो छ भन्ने पश्चिमीहरुको बिश्वासलाई यहाँका नाङ्गा कलाकृतिहरुले क्षणभरमै चकनाचुर पार्छन। यो सङ्राहलयमा नेपालको शिवालिङ्गलाई ठाउँ ठाउँमै रखिएका छन जसप्रति खासगरी महिलाहरु ज्यादै आकर्षित हुनेगरेको… पुरा पढौ

हाचीकाेः जसले मालिककाे पर्खाइमा बितायाे १० वर्ष

यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई छोड्न र लिन स्टेशनसम्म पुग्ने गर्थ्याे । यतिमात्रै होइन, जब उसको मालिकको मृत्यु भयो कुकुरले आफ्नो पूरा उमेर मालिकको पर्खाइमा बिताइदियो । यो इमानदारीता चलिरहँदा शिबुआ ट्रेन स्टेशनमा कुकुरको शालिक बनाइएको छ । यो जापानको कुनै राष्ट्रिय हिरोभन्दा कम छैन । टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनो लामो समयदेखि… पुरा पढौ

जापानको ओकिनावा जहाँका बासिन्दाहरु सबैभन्दा बढी निरोगी र दीर्घायु छन्  

पूर्वी चीन सागरसम्म फैलिएको जापानको ओकिनावा ३ सय ६३ वटा स–सना टापु मिलेर बनेको छ । यहाँ सबैभन्दा बढी पाको व्यक्तिहरु बस्छन् । भनाईको अर्थ के भने, यहाँको कुल जनसंख्यामा पाको व्यक्तिहरुको अनुपात बाँकी विश्वको भन्दा बढी छ । साथसाथै सय बर्षभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरुको गणनाले पनि ओकिनाव विश्वमा सबैभन्दा अगाडि देखाउँछ । काइदाको कुरा त के छ भने, यहाँबा बुढापाकाहरु पट्यारलाग्दो बुढ्यौली कटाइरहेका हुँदैनन् । बरु, बुढ्यौली उमेरमा पनि उत्तिकै सक्रिय र उर्जाशिल जीवन विताइरहेका हुन्छन् । सक्रिय… पुरा पढौ

संसारको सबैभन्दा बुढो मानिएको पाण्डा एनएनको ३५ वर्ष मा मृत्यु

विश्वकै बुढो पाण्डा एनएनको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो मानिएको पाण्डा एनएनको ३५ वर्षको उमेरमा आज मृत्यु भएको हो । पाण्डाको आयु मानिस सरह १०५ वर्ष मानिन्छ । तर विगत केही सातादेखि एनएनको स्वास्थ्यमा समस्या देखिएको थियो । जसका कारण एनएनको खान्की घटेको ओसियन पार्कले बताएको थियो । एनएन सन् १९९९ देखि हङकङको उक्त पार्कमा बस्दै आएको थियो । पाण्डा बितेकोमा पार्क कार्यालयले दुःख व्यक्त गरेको छ । पार्कले एनएन आफ्नो परिवारको एक महत्वपूर्ण सदस्य… पुरा पढौ