
गिफु केन एनआरएनए जापानको क्षेत्रीय समितिको कान्छो समिति बन्ने भएको छ। यसअघि नागोया क्षेत्रीय समितिमा पर्ने सो क्षेत्रले आफ्नै अलगै समिति बनाउने निर्णय गरेको हो।
गिफु केनका सरोज लामिछानेले एनआरएनए जापान क्षेत्रीय समिति गिफु केनको प्रथम अधिवेशनको तयारी पुरा भएको बताए। समिति चयनका लागि आगामी जुन १० तारिक सनिवार दिउसो १ बजे बाट Gifu Bunka Center 3rd Floor मा अधिवेशन आयोजना गरिएको गिफुमा व्यवशाय गरि लामो समयदेखि रहेका कुशलराज धितालले जानकारी दिए। सर्वसहमतिमा समिति चयन गर्न छलफल भई रहेको उनको भनाई छ।
गिफु केनमा बसोबास गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढे सँगै सामाजिक कार्य गर्ने उदेश्यका साथ यस केनमा बसोबास गर्ने नेपालीहरुको माग अनुसार एनआरएनए जापान केन्द्रीय समितिले जापानको गिफुमा नयाँ क्षेत्रीय समिति बनाउन स्कृति दिने निर्णय भएको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले बताए।
उक्त निर्णय अप्रिल ९ तारिक तारिख बसेको एनआरएनए जापानको केन्द्रिय समितिको बैठकमा छलफल भई कार्यसमितीमा निणय भए अनुसार गैर आवसीय नेपाली संघ क्षेत्रीय समिति गिफु (NRNA-GIFU) स्थापना गर्न अनुमति प्राप्त भएको बताइएको छ। यो संगै जापानमा एनआरएनए क्षेत्रीय समिति १३ वटा भएका छन्।



