स्वास्थ्य

महिला र किशोरी होशियार !परिवार नियोजनका साधन र समस्या

परिवार नियोजनका साधनहरूको प्रयोग गर्दा यदि जानकारीको अभाव भयो भने प्रजनन स्वास्थ्यमा प्रभाव पर्ने सम्भावना पनि हुन्छ ।आजभन्दा ३२ वर्षअघि म वीर अस्पतालको ‘परिवार नियोजन शाखामा’ अस्थायी कर्मचारी थिएँ । त्यहाँ हामीलाई सात वर्षसम्म प्रयोग गर्न सकिने नरप्लान्टको सुई राख्ने तालिम दिइयो । ६ महिनामा मैले झन्डै ४०० महिलाको पाखुरामा नरप्लान्ट राखेको थिएँ ।तर ६० जना महिलालाई नरप्लान्ट राखेको दुई महिनामै निकाल्नुपरेको थियो । तीमध्ये कसैको धेरै तौल बढेको थियो, कसैलाई लगातार योनीबाट रगत बग्ने समस्या देखिएको थियो । कसैलाई… पुरा पढौ

डेंगुका बिरामीले भरियो टेकु अस्पताल

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।  डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि… पुरा पढौ

२० हजार येनसम्मको माईनम्बर पोइन्ट(マイナポイント) के हो र यो कसरी पाइन्छ ?

जापान सरकारले आफ़्ना नागरिकहरुको ब्यक्तिगत जानकारीहरुलाई एउटै कार्डमा एकिकृत गरी प्रशासनिक कार्यहरुको सहज ब्यवस्थापन गर्ने उदेश्यका साथ सन् २०१६ जनवरीदेखि लागु गरेको माईनम्बर कार्ड प्रणाली सरकारले सोंचे अनुसारको गतिमा नागरिकले प्रयोग नगरे पछि (२०२२ मे १ को तथ्यांक अनुसार करिब ४४ प्रतिशत नागरिकले मात्र यो कार्ड लिएका छन्) सरकारले बिभिन्न समयमा बिभिन्न क्याम्पेन/योजना लागू गरी यसको प्रयोगकर्ता बढाउन खोजेको देखिन्छ ।यसै शिलशिलामा अहिले चलिरहेको माईनम्बर पोइन्टको बारेमा सायद तपाईंहरुले सुन्नु भएकै होला । साधारण रुपमा बुझ्दा नया माईनम्बर कार्ड लिंदा… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदा भए कोरोना संक्रमित, ट्युनिसियाको भ्रमण रद्द

जापान सरकारले प्रधानमन्त्री किशिदा फुमियोलाई कोभिड-१९ पोजेटिभ देखिएको सरकारी संचारमाध्यमले आइतबार जनाएका छन। प्रधानमन्त्रीलाई शनिबार साँझदेखि नै हल्का ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिएको थियो । आइतबार बिहान उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । किशिदा अगस्ट १५ को साँझबाट गर्मीको बिदामा थिए, यस अवधिमा उनले इबाराकी प्रिफेक्चरमा गल्फ खेले र शिजुओका प्रिफेक्चरको एक होटलमा अन्य आउटिङहरूमा बसे। उनी शुक्रबार दिउँसो टोकियो फर्किएका थिए ।किशिदाको निकट भविष्यमा हुने तय भएको ट्युनिसियाको आफ्नो यात्रा सम्भवतः रद्द गर्नेछन… पुरा पढौ

कोभिड-१९ परीक्षण गर्ने किट अनलाइन बिक्रीको लागि मन्त्रालयद्वारा स्वीकृत

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले बुधबार नोवेल कोरोनाभाइरस संक्रमणको बारेमा परीक्षण गर्न एन्टिजेन परीक्षण किटहरू अनलाइनबाट बिक्रीको लागि अनुमति दिने संकेत गरेको छ।किटहरूको अनलाइन बिक्रीलाई मन्त्रालयको विज्ञ समितिले केहि दिन अघि नै अनुमोदन गरेको थियो। संक्रमणको वर्तमान लहरको बीचमा अस्पताल र बाहिरका बिरामीलाई क्लिनिकहरूमा दबाबमा परेकाले जुनसुकै बेला घरबाट परीक्षण गर्न किटहरू प्राप्त गर्न मद्दत गर्ने उद्देश्यले यो कदम चालिएको हो।एन्टिजेन परीक्षण किटहरू अगस्टको अन्त्य अघि नै अनलाइनमार्फत बेच्ने अपेक्षा गरिएको छ। पुरा पढौ

एउटा मुस्कान !

यो स्पेनको गृहयुद्ध कालको सन् १९३६ को सत्य घटना हो । एण्टोइन नामको फ्रान्सेली लेखक तथा पत्रकार स्पेनको गृहयुद्धको रिपोर्टिङ्गका लागि स्पेनमा थियो । उ अचानक इटली र जर्मनी समर्थित फासिष्ट सैनिक द्वारा पक्राउ पर्‍यो । सैनिकहरुले उसका सबै माल समान खानतलासी गरेर लगे र उसलाई सैनिक क्याम्पमा नजरबन्द गरिदिए । बाँच्ने आशा कत्ति पनि थिएन । उसको आँखा अगाडि मृत्यु नाच्न थाल्यो । मनमा चरम निराशा छायो । खल्ती छाम्दा कसो कसो एउटा चुरोट बाँकी रहेछ । तर सलाई… पुरा पढौ

तीन घण्टा लाममा उभिए, बिना उपचार घर फर्किए

चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे ।  दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी जनरल सर्जन कहाँ पुगे । स्वास्थ्य जाँच र परामर्शपछि चिकित्सकले नेपालीलाई भिडियो एक्सरेका लागि सिफारिस गरिदिए । भिडियो एक्सरेका लागि बिल बनाउन नेपाली फेरि टिकट कक्षमै गएर लाममा उभिए । ठेलमठेल भीडमा घण्टौँ उभिएपछि उनले पालो त… पुरा पढौ

जापानी कम्पनीहरूले कामदारहरूलाई ‘मुद्रास्फीति भत्ता’ दिन थाले

जापानका कम्पनीहरूले खाद्यान्न, बिजुली र पेट्रोलको बढ्दो मूल्यको बारेमा कामदारहरूको चिन्तालाई कम गर्न र उनीहरूलाई काममा ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्नका लागि कर्मचारीहरूलाई "मुद्रास्फीति भत्ता" प्रदान गर्न थालेका छन्।कम्प्युटर सफ्टवेयर विकासकर्ता साइबोजुले जुलाई र अगस्टमा जापान र विदेशमा कार्यरत रहेका कर्मचारीहरूलाई विशेष भत्ता स्वरूप एकमुष्ट रकम भुक्तानी गर्ने निर्णय गरेको छ।यो रकम जापानमा काम गर्ने कामदारहरूको लागि ६० हजार देखि १ लाख ५० हजारसम्म भुक्तानी गरिने छ अर्थात् काम गरेको घण्टाको संख्यामा रकम निर्भर हुनेछ। इलेक्ट्रोनिक्स रिटेलर नोजिमा कम्तिमा चालु… पुरा पढौ

अ ग्रेट सनः जसले बुबालाई कलेजो उपहार दिए 

‘कलेजो दान दिएर छोराले बुवाको जीवन बचाए, उनी यति धेरै भाग्यमानी रहेछन्, निलेश भगवानको अर्को रुप बन्न सके । जीवनमा यस्तो मौका कम मान्छेले मात्र पाउँछ र उपयोग गर्छ । अब उनले आफ्नो बाबालाई सम्झेर जीवनभर मुस्कुराइ रहन पाउनेछन् ।’ आजको दुनियाँमा सन्तानले केवल पैसा कमाएर दिए सन्तोष मान्ने अभिभावक अधिक छन् । र छन् आफ्ना आमा बुबालाई पैसा पठाइदिए सम्पूर्ण दायित्व, अभिभारा पुरा भएको ठान्ने सन्तानहरु । र त विभाजित मन सहित भौतिक दुरीमा बाँचिरहेका छन् सगोलका परिवार पनि… पुरा पढौ

जापानको टोकियोमा पहिलो मन्कीपक्सको बिरामी फेला परे

विश्वव्यापी रुपमा मंकीपक्स भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा जापानको टोकियोमा पहिलो केस पुष्टि भएको छ ।विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेलगत्तै सोमबार टोकियोमा ३० वर्ष उमेरको एक जना पुरुषमा मन्कीपक्सको पहिलो केस पोजेटिभ देखिएको पुष्टि भएसंगै टोकियोमा पहिलो केस पुष्टि भएको टोकियोका गभर्नर कोइके युरिकोले सोमबार पत्रकार सम्मेलनमा उक्त घटनाको पुष्टि गरेका हुन्।अधिकारीहरूका अनुसार ती व्यक्ति जुनको अन्त्यमा युरोप भ्रमण गरेका थिए र जुलाईको मध्यमा जापान फर्केका थिए।उनी युरोपमा हुँदा भाइरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको… पुरा पढौ