सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए। सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ। सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४…
पुरा पढौ