अर्थतन्त्र

निषेधाज्ञा जारी भएपछि तरकारीको व्यापार घट्यो

बागलुङ- काेराेना भाइरसकाे दाेस्राे लहर फैलिएको भन्दै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेपछि ठूलो स्केलमा ब्यबसायीक तरकारी खेती गर्दै आएका कृषक मर्कामा परेका छन् ।जिल्ला निषेधाज्ञा लागू भए संगै सदरमुकाममा बसाेवास गर्ने धेरै ब्यक्तिहरू घर घर फर्किएपछि बजारमा तरकारीको व्यापार घटेकाे छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि देशभर लगाइएको निषेधाज्ञाका कारण तरकारीको व्यापारमा भारी गिरावट आएको छ । निषेधाज्ञाका कारण मानिसहरुको हिंड्डुल खुम्चिएपछि तरकारीको बजार पनि खुम्चिएको हो । बागलुङ सदरमुकाममा दुई दशक देखि ब्यबसायीक रूपमा तरकारी खेती गर्दै आएका… पुरा पढौ

बजेट ऐन, कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्य मान्यता विपरीत ‘बजेट तथा कार्यक्रम’

हरेक वर्ष असार १ गते प्रदेश सरकारले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएअनुसार गण्डकी प्रदेशमा पनि नेपाली काङ्ग्रेसको नेतृत्वको गठबन्धन सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९को बजेट तथा कार्यक्रम पेश गर्ने नाममा बजेट तर्जुमा सम्बन्धी कुनै पनि ऐन कानुन, नीति, निर्देशन, मापदण्ड, विधि-विधान र प्रचलित मूल्यमान्यता विपरीत 'बजेट तथा कार्यक्रम' नै नभएको 'बजेट वक्तव्य'को लिखित भाषण पेश गर्नुभयो । संघ-संस्थाको वार्षिक साधारणसभामा पेश हुने वार्षिक आय र खर्च तथा प्रगति विवरण जस्तो पनि नलाग्ने प्रदेश… पुरा पढौ

संघीयताको कसीमा प्रदेशको वजेट : प्रदेश वजेटको नालीवेली

सवै प्रदेश सरकारले आज आ.व. ०७८/७९ का लागि वजेट ल्याए । बजेटको आकार हेर्दा सवभन्दा ठूलो वजेट बागमती प्रदेशले रु ५७.७२ अर्वको ल्याएको छ भने सवभन्दा सानो गण्डकी प्रदेशको रु.३०.०३ अर्वको छ । सबै सातवटै प्रदेशको कुल बजेट रु २६१.८ अर्वको छ । यो आ.व. ०७७/७८ मा २६४.२ अर्वको थियो । आ.व. ०७७/७८ सँग तुलना गर्दा आ.व. ०७८/७९ को बजेट रु २ अर्व ३८ करोडले कमी हो हो । प्रदेशगत रुपमा हेर्दा प्रदेश नं १ र २ को बजेट क्रमश… पुरा पढौ

स्मार्ट वाच पाउनका लागि फोरेक्स जापानबाट पैसा पठाऔ

टोकियो जापानबाट विश्वभर रेमिट्यान्स सेवा प्रदान गर्दै आएको फोरेक्स रेमिटले नयाँ क्याम्पेन सार्वजनिक गरेको छ । फोरेक्स जापानले यही जुन १५ देखी जुलाई १५ सम्मको लागी बिभिन्न उपहार योजनाहरू सार्वजानिक गरेको हो । पहिलो योजना अन्तर्गत यो अबधीमा फोरेक्स जापानको ओकुबो र कामाता शाखा बाट पैसा पठाऊनेहरूको लागी लक्की ड्र मार्फत २/२ जनाको लागी स्मार्ट वार्च को ब्यबस्था गरेको छ । त्येसै गरी यो अबधीमा “नँया साथी ल्याउनुहोस फ्री मा पैसा पठाउनुहोस ” अन्तरगत नया साथी लीएर आऊने ग्राहवर्गले पैसा… पुरा पढौ

कोरोनाले रोजगारी परिवर्तन गरेपछि कृषि कर्म रोजें-भविन्द्र बिश्वकर्मा

बागलुङ- कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि देशभर लकडाउन भएपछि यसले समाजका रहेक वर्गका मानिसहरूलाई प्रभाव पारेको छ। १४ बर्ष सम्म मलेसियामा रोजगारी गरेका बागलुङका युवा कोरोना भाइरसकाे कारण उता जान नपाएपछि बागलुङमै कृषि कर्ममा लागेर काम गरिरहेका छन् । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस फैलिएको भन्दै सरकारले देशमा लकडाउन गरेपछि धेरैजना ब्यक्तिहरूले आफ्नो पेशा ब्यबसाय परिवर्तन गर्न बाध्य बन्न पुगेका छन्।  बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११का  भविन्द्र बिश्वकर्मा  वैदेशिक राेजगार छोडेर बागलुङ सदरमुकाममा  कुखुरा पालन व्यावसाय शुरूवात गरेर अगाडि… पुरा पढौ

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन्। दुगडलाई कालीमाटी क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ। खातामा रकम नभएको चेक दिएपछि कमलपोखरी वृत्तमा उनीविरूद्ध जाहेरी परेको थियो। उनीमाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भईरहेको जनाईएको छ । पुरा पढौ

गण्डकी प्रदेश सरकारले ल्यायो नीति तथा कार्यक्रम, विगतकै कार्यक्रमको निरन्तरता (पूर्ण पाठसहित)

पोखरा- गण्डकी प्रदेश सरकारले कोभिडका कारण जीवन गुमाएकाहरुलाई नगद राहतको घोषणा गरेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट सोमबार प्रस्तुत नीति तथा कार्यक्रममा नगद राहतको घोषणा गरिएको हो ।कोभिडविरुद्धको खोप व्यवस्थापन र स्वास्थ्य पूर्वाधार एवं व्यवस्थापनमा विशेष जोडसहित ल्याइएको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा अधिकांश कार्यक्रम चाहिँ पुरानै रहेका छन् ।‘कोभिड १९ का कारण बाबुआमा गुमाएका बालबालिकालाई नगद राहतको व्यवस्था गरिने छ, साथै कोभिडका कारण ज्यान गुमाएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी साथै आम नागरिकलाई नगद राहत उपलब्ध गराइने छ’, नीति… पुरा पढौ

कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित लाभान्वित

नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको स्थापना गरेको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा गत वैशाख… पुरा पढौ

बागलुङमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङ जिल्लामा निषेधाज्ञा थप भएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ जिल्लाभित्रका सबै वडामा लागू हुने गरी जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय गरेको छ । आईतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् । निषेधाज्ञामा अतिआवश्यक सेवा खाद्यन्न,… पुरा पढौ

“लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”

जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेको खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्न कै लागि जापान छिरायो र पटक पटकको असफलतापछि जापान मै स्थापित हुने गरायो ।आज भन्दा ३१ वर्ष पहिला ददिवल खड्कालाई विदेशिने भन्ने मनको कुनै कुनामा पनि थिएन तर आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण कयम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरेका खड्काले परिवारले स्नाकोत्तर आफैले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उहाँलाई… पुरा पढौ