“लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”

-


     जनहित न्युज    
     जेठ २० गते २०७८


जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेको खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्न कै लागि जापान छिरायो र पटक पटकको असफलतापछि जापान मै स्थापित हुने गरायो ।
आज भन्दा ३१ वर्ष पहिला ददिवल खड्कालाई विदेशिने भन्ने मनको कुनै कुनामा पनि थिएन तर आफैले नसोचेको कुरा भयो । स्नातक तह पोखराको पृथ्वीनारायण कयम्पसमा सकाएर केही समय आफ्नै जिल्ला म्याग्दीका विभिन्न गाउँमा जागिर समेत गरेका खड्काले परिवारले स्नाकोत्तर आफैले आर्थिक व्यवस्थापन गरेर पढ्न आग्रह गरेपछि उहाँलाई विदेशिने सोच आयो ।
सन् १९८८ का पहिलोपटक पर्यटकीय भिषामा जापान प्रवेश गरेका खड्कालाई जापान सरकारले छोटो अवधिका भिषा प्रदान गरेकै कारण तेस्रो पटकमा उहाँले विद्यार्थी भिषामा रहेर जापान मै भाषा अध्ययन गर्ने योजना बनाएर सो पश्चात् रेष्टुुराण्ट तथा होटल सम्बन्धी व्यावसायिक शिक्षा पनि अध्ययन गरेको बताउनुहुन्छ ।
जापान बसाइका सुरुवाती दिन सम्झदा अनुहारमा उदास भाव व्यक्त गर्दै खड्काले आफ्नो क्यारिएर निर्माणका लागि निम्नस्तरको काम समेत गरेको अनुभव छ । जीवनको कुनै अवधिमा निकै दुख गरियो भनेमात्र पछिल्ला दिनहरुमा सुख मिल्ने बुझाई राख्ने खड्काले जापानमा १८ वर्षसम्म विभिन्न कम्पनीहरुमा जागिर गर्नुभएको थियो । कामलाइ देवता र कार्यस्थललाई मन्दिर ठान्ने खड्का हक्की स्वभाव भएकै कारण आफूले काम गरिरहेको होटलमा आफूभन्दा जुनियरलाई व्यवस्थापकीय जिम्मा दिई आफूलाई मिनिमाइज गरेको महशुस भएपछि लोभ लाग्दो तलब प्राप्त गर्ने जागिर चटक्कै छाडेर व्यावसाय गर्ने सोच बनाएको बताउनुहुन्छ ।
आजभन्दा १० वर्ष अगाडी आफूसँग भएको सिपको उपयभोग गर्ने उदेश्य राखी जापानीज स्वादको खाना दिने रेष्टुरान्ट त संचालन गर्नुभयो तर रेष्टुराण्टले सोचेजस्तो सफलता दिएन । यसबाट कत्तिपनि विचलित नभई नेपाली इण्डीयन स्वादको खाना दिने गरी व्यवसाय संचालन गर्नुभयो ।
लोभ लाग्दो जागिर छोडेको, व्यवसायले पनि सोचेजस्तो सफलता नदिएको भएपनि हार नमानिकन जागिरको शिलशिलामा र जापान बसाईका क्रममा प्राप्त अनुभवहरुलाई अंगाल्दै उहाँले रेष्टुरेण्ट व्यावसायलाई निरन्तरता दिइरहनुभयो ।



जीवनमा उच्च शिक्षा हासिल गरेर नेपालमा नै सेवा गर्ने इच्छा रहेको खड्कालाई त्यहि उच्च शिक्षा हासिल गर्ने आर्थिक व्यवस्थापन गर्न कै लागि जापान छिरायो र पटक पटकको असफलतापछि जापान मै स्थापित हुने गरायो ।

व्यवस्थापकीय क्षमता बढाउदै र ग्राहकहरुको चाहना बमोजिमको स्वाद र सेवा प्रदान गर्न थालिेपछि व्यवसाय उकालो लाग्न थाल्यो । विगतका अनुभवलाई समेट्दै परिवारजनको समेत सहयोगमा २९ वटासम्म रेष्टुरेण्ट संचालनमा ल्याउन सफल भएको खड्काको भनाई छ ।
व्यवसाय फस्टाउदै जानु र व्यवस्थापकीय क्षमतामा कमी आएकोले उकालो लागि रहेको सफलतालाई बचाइ राख्न नसकेको स्वीकार्दै उहाँले आफूलाई विफल व्यापारीको रुपमा पहिचान दिन रुचाउनुहुन्छ ।
“म अलि उदार स्वभावको छु , मैले हिजो भागेका समस्याहरु अरुहरुले भोग्नु नपरोस् भनि मेरो होटलमा काम गर्ने कामदार (जो अधिकांश आफन्त नै रहने गरेका छन् ) हरुलाई पनि होटल व्यवसाय संचालनका विधि प्रक्रिया आदिका बारेमा नियमित जानकारी दिन्छु अनि होटल संचालनमा ल्याउनका लागि पनि आवश्यक सहयोग गर्छु , त्यसैले मलाई गर्व लाग्छ मेरो कम्पनी एउटा पाठशाला जस्तै हो । मेरो कम्पनीमा काम गर्ने अधिकांशले अहिले होटल व्यवसाय संचालन गरेकाछन् । यसका लागि मैले आवश्यक सबै सहयोग गरी सहकार्य पनि गरिरहेको हुन्छु” उहाँले भन्नुभयो ।

समाजका हरेक क्रियाकलापमा सहभागिता जनाइ सक्रियतापूर्वक भूमिका निर्वाह गर्नका लागि आफुले पनि NRNA जापानमा कार्यकारी भूमिकामा रहेर कार्य गर्ने इच्छा रहेको बताउने उहाँले आफू यस संस्थालाई पारदर्शी र नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित र परिचालित गराउने दाबी छ ।

स्वदेशमा पनि भोलिका दिनमा व्यवसास संचालन गर्न सकिन्छ कि भनेर केही पूर्वाधारहरु निर्माणको तयारी गरिरहेको छु जीवन निर्वाहका लागि हालका दिनहरु सहज नै भएका छन् । आफुले गर्न सक्ने सहयोग सबै क्षेत्रमा गरिरहेको छु जस्तो लाग्छ खड्काले भन्नुभयो– मलाई लाग्छ जुनसुकै कामका लागि पनि आफुमा सिप जरुरी छ त्यसका लागि आफुले निरन्तर रुपमा सोचेको उपलब्धी हासिल नभएसम्म दत्तचित्त भएर कार्य गरिनुपर्छ । अप्ठ्यारो परिस्थितिमा पनि आत्तिनु हुदैन र लगनशिल मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ नै ।
व्यवसायका लागि औपचारिक शिक्षा जरुरी रहेपनि त्यो भन्दा महत्वपूर्ण व्यवहारिक शिक्षा नै रहेछ जस्तो लाग्ने बताउने उहाँले आफ्नो सम्पूर्ण जीवन विदेशमा नै सुम्पने इच्छा छैन, स्वदेशमा पनि आफ्नो सिप र दक्षतालाई उपयोग गर्ने मन छ तर हालको अवस्थामा स्वदेशमा विभिन्न कारणले गर्दा पूर्ण व्यवसायिक वातावरण छैन , वातावरण सहज बन्दै गएमा स्वदेशमा पनि केही गर्ने इच्छा र चाहना छ ।
हरेकका दुखसुख र सामाजिक सेवा हुने कार्य गरेमा आफू सदैव सहयोग गर्न इच्छुक रहने बताउदै उहाँले कसैको जीवनमा आँशु देख्न नसक्ने कारणले नै दीनदुखीहरुलाई सेवा र सहयोग प्रदान गर्दै आइरको बताउनुहुन्छ । देखावटी र बनावटी सामाजिक सेवामा रुचि नराख्ने खड्काले विदेशमा नेपाली समुदायहरुका विभिन्न संघ संस्था हुनुलाई सकारात्मक रुपमा लिने र आफूले सक्दो सहयोग पुर्याउने समेत गर्नुभएको छ ।
सन् २०१६ बाट गैर आवासीय नेपाली संघ ल्च्ल्ब् मा सक्रियतापूर्वक लाग्नु भएका उहाँ हाल अन्तरष्ट्रिय समन्वय समितिको सदस्यमा रहनुभएको छ । संघ संस्थालाई सेवा गर्ने माध्यमको रुपमा लिनुपर्ने र त्यस्ता संघ संस्थाहरु जहिले पनि विधि विधान र पारदर्शी रुपमा संचालन हुनुपर्ने उहाँको जोड छ ।
अरुलाई सहयोग गर्दा मनमा आनन्द आउने गर्दछ खड्काले भन्नुभयोे त्यसैले गर्दा जापानको नियम कानून र वस्तुस्थितिको बारेमा जानकार नहुने नेपालीलाई आफूले अध्यागमन सम्बन्धी हरेक कार्यमा सहयोग पुर्याउदै आइरहेको छु । भाषा सम्बन्धी ज्ञानको अभाव हुने नेपालीलाई स्वास्थ्य, आवास व्यवस्थापनमा पनि आफुले उल्लेखनीय सहयोग पुर्याएको उहाँको भनाइ छ ।
समाजका हरेक क्रियाकलापमा सहभागिता जनाइ सक्रियतापूर्वक भूमिका निर्वाह गर्नका लागि आफुले पनि ल्च्ल्ब् जापानमा कार्यकारी भूमिकामा रहेर कार्य गर्ने इच्छा रहेको बताउने उहाँले आफू यस संस्थालाई पारदर्शी र नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित र परिचालित गराउने दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?