अर्थतन्त्र

टोकियोमा ट्राभल अनुदान अभियान सेप्टेम्बर १ बाट पुन: सुरु

टोकियो महानगर सरकारले सेप्टेम्बर १ तारिखबाट आफ्ना बासिन्दाहरूको लागि ट्राभल अनुदान अभियान पुन: सुरु गर्ने भएको छ ।नयाँ कोरोनाभाइरसको संख्यामा व्यापक वृद्धि हुन थालेपछि गत जुलाईको अन्त्यसंगै यसलाई अभियानलाई रोक लगाएको सरकारले सेप्टेम्बर १ देखि अक्टोबर १ सम्म जारी रहने गरि पुन संचालन गर्न लागेको बताएको छ ।अभियान संचालनको अवधिमा टोकियो भित्रको यात्रा गर्नेहरूलाई मात्र यसले समेट्ने छ ।यात्रालाई बढ़ावा दिइ आर्थिक कारोबारमा वृद्धि ल्याउन प्रोत्साहन गर्ने उद्देश्यसहित संचालन गर्न लागिएको यस अभियानमा प्रति व्यक्ति पाँच रातको यात्रा ट्रिप अन्तरगत… पुरा पढौ

जापान सरकारले रोजगारदाता वा बिचौलिया समूहले गर्भवती विदेशी कामदारहरूलाई गर्ने गरेको दुर्व्यवहारको अनुसन्धान गर्दै

जापान सरकारले विदेशी प्राविधिक प्रशिक्षार्थीहरूलाई गर्भवती भएको वा बच्चा जन्माएको कारण रोजगारदाता वा बिचौलिया समूहले देश छाड्न बाध्य पारेको छ कि छैन भनेर पत्ता लगाउन सर्वेक्षण गरिरहेको छ।जापानको अध्यागमन सेवा एजेन्सी र स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले प्रशिक्षार्थीहरूलाई सँगै काम गरिरहेकाहरूले उत्पीडन र दुर्व्यवहारको बारेमा धेरै ऊजुरी बढ्न थालेपछि सरोकारवाला निकायको ध्यानाकर्षण भै यस प्रकारको सर्वेक्षण गरिरहेको बताईएको छ ।कार्यरत कम्पनीमा महिलाहरू गर्भवती भएमा छोड्न सहमत भएका कागजातहरूमा हस्ताक्षर गर्न बाध्य पारिएको घटनाहरू भेटिएका छन । जापानमा बर्खास्त हुने र… पुरा पढौ

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले ज्यान गुमाएका छन् ।  आव २०७८/७९ मा वैदेशिक रोजगारीबाट १० खर्ब सात अर्ब ३१ करोड रुपियाँ विप्रेषण भित्रिँदा एक हजार ४७९ जनाले रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् ।   विदेशी मुद्रा आर्जनमा महत्त्वपूर्ण स्रोत रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण आव २०७८/७९ मा आठ अर्ब ३३ करोड अमेरिकी डलर हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो विप्रेषण आर्जन नेपाली मुद्रामा ९.८ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले वृद्धि… पुरा पढौ

जापानी युवाहरूलाई मदिरा जन्य पदार्थ पिउन उत्प्रेरित गर्न अभियान नै सुरु

जापानी युवाहरूले अल्कोहल जन्य पदार्थ निकै कम सेवन गर्ने गरेकाे भन्दै सरकारले मदिरा अभियान सुरु गरेको छ। युवा पुस्ताहरूले मदिरा जन्य पदार्थको प्रयोग कम गरेपछि मदिरा अभियान सुरु गरेको हो । युवा पुस्ताले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा पिउने गरेको यो कदमले पेय पदार्थहरूबाट कर संकलन घटेको भन्दै सरकारले नयाँ मदिरा पिउन प्रेरित गर्ने अभियान सुरु गरेको जनाएको छ। सेक भाइवा!’ अभियानले यस्ता मदिराजन्य पेय पदार्थलाई खपत बढाउने र उद्योगलाई बढावा दिने योजना ल्याउने आशा लिइएको छ। जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन… पुरा पढौ

जापानमा मूल्य वृद्धिदर ३ प्रतिशत पुग्ने अनुमान, सूचकांकमा राखेको लक्ष्य नाघेकोले पारिश्रमिक बढाइनुपर्ने

जुलाई महिनामा उपभोक्ता मूल्य सूचकाङ्कले लगातार चौथो महिनामा पनि बैंक अफ जापानले राखेको २ प्रतिशतको लक्ष्य नाघेको भन्दै सरकारले उच्च पारिश्रमिक योजना ल्याउन आधारभूत कदम चाल्नुपर्ने बताईएको छ। यो वृद्धि मुख्यतया उच्च ऊर्जा र खाद्य मूल्यहरुको कारण भएकोले सकारात्मक मूल्य वृद्धि भन्दा फरक छ जसले गर्दा बढ्दो मागले उच्च मूल्य र उच्च ज्याला आवश्यक रहेको देखाउछ । उच्च स्रोतले जनाए अनुसार मूल्य वृद्धिको असर कमजोर येनको प्रभाव पछि अझै देखिने अपेक्षा गरिएको छ।शरद ऋतुमा सुरु हुने धेरै खाद्यान्न उत्पादनहरूमा मूल्य… पुरा पढौ

१८ वर्षे जापान बसाइ सकेर नेपाल फर्केकी उषा गिरीले सीएनबीएम प्रविधिमार्फत कम्पोस्ट मल उत्पादन सुरु

काठमाडौंको नयाँ बानेश्वरकी उषा गिरी उच्च शिक्षा अध्ययनका लागि जापान गइन् । बाल मनोविज्ञानमा उच्च शिक्षा हासिल गरेपछि उनले जापानमै काउन्सिलरको रूपमा काम सुरु गरिन् । पढाइ र जागिरसँगै उनको १८ वर्ष जापानमा नै बित्यो । त्यसबीचमा उनले नेपाली उत्पादनहरू जापान लगेर बेच्ने काम पनि सुरु गरिन् । तर, नेपाली सामाग्रीको गुणस्तरले गर्दा उनले धेरै समस्या झेल्नुपर्‍यो । कफी र चियाजस्ता नेपाली कृषि उत्पादनहरू जापानको गुणस्तर मापन गर्ने निकायबाट नेपाल नै फर्काइए । यसबाट उनलाई यदि नेपाली सामाग्रीहरू निर्यात गर्ने हो भने… पुरा पढौ

मेरो भ्रमणले जापान र नेपालको आर्थिक सहयोग विस्तार गर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्।  शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए।  ‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’ ‘यहाँ पढ्ने वा व्यवसायमा भएकाहरुकाहरुलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले… पुरा पढौ

जनार्दनमाथि छानबिन प्रकरण: ‘बाहिरबाट अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन’- प्रतिवेदन

तत्कालीन अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । पूर्व अर्थमन्त्री… पुरा पढौ

जापानी कम्पनीहरूले कामदारहरूलाई ‘मुद्रास्फीति भत्ता’ दिन थाले

जापानका कम्पनीहरूले खाद्यान्न, बिजुली र पेट्रोलको बढ्दो मूल्यको बारेमा कामदारहरूको चिन्तालाई कम गर्न र उनीहरूलाई काममा ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्नका लागि कर्मचारीहरूलाई "मुद्रास्फीति भत्ता" प्रदान गर्न थालेका छन्।कम्प्युटर सफ्टवेयर विकासकर्ता साइबोजुले जुलाई र अगस्टमा जापान र विदेशमा कार्यरत रहेका कर्मचारीहरूलाई विशेष भत्ता स्वरूप एकमुष्ट रकम भुक्तानी गर्ने निर्णय गरेको छ।यो रकम जापानमा काम गर्ने कामदारहरूको लागि ६० हजार देखि १ लाख ५० हजारसम्म भुक्तानी गरिने छ अर्थात् काम गरेको घण्टाको संख्यामा रकम निर्भर हुनेछ। इलेक्ट्रोनिक्स रिटेलर नोजिमा कम्तिमा चालु… पुरा पढौ

चौरदेखि आफनै भवनसम्म कसरी पुग्यो गौमुखी सहकारी

बागलुङ / कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट आफनो यात्रा तय गरेको उक्त वित्तिय संस्था अहिले २ करोड १० लाख पूँजीमा कारोबार गरिरहेको छ । कृषि सहकारी मार्फत सेयर सदस्यहरुलाई विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीले प्रत्येक वर्ष सेयर सदस्यहरुलाई निशुल्क… पुरा पढौ