अर्थतन्त्र

एयरलाइन्सको गल्तीले सवा ३ करोड पर्ने २५ टिकट एक जनाले २ लाख २३ हजारमै हात पारे

जापानिज एयरलाइन्स कम्पनीको गल्तीले १० हजार डलर मूल्यका २५ टिकट औसत ३०० अमेरिकी डलरमा बेचिन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमवर्गका अनुसार जापानी एयरलाइन्स कम्पनी अल निप्पन एयरवेजले आफ्नो बिजनेस क्लासको टिकटको गलत मूल्य राख्दा यस्तो घटना भएको हो ।  एयरवेज कम्पनीले इन्डोनेसियाको राजधानी जकार्ताबाट जापान, न्यूयोर्क र त्यहाँबाट सिंगापुरका साथै दक्षिणपूर्वी एसियाका विभिन्न स्थानको टिकटको मूल्य गलत राखेको उल्लेख छ । कम्पनीले भने भियतनामी वेबसाइटमा मुद्रा रूपान्तरण गर्ने क्रममा त्रुटी भएकाले उक्त घटना भएको बताएको छ । यो गल्तीको… पुरा पढौ

जापानमा अत्याधुनिक बैंक नोटहरू आर्थिक वर्ष २०२४ को सुरुमा जारी गर्ने

बैंक अफ जापानले नयाँ उच्च-सुरक्षा बैंक नोटहरूको नमूना अनावरण गर्दै आर्थिक वर्ष २०२४ को पहिलो छ महिना भित्रमा नयाँ नोट जारी गर्ने भएको छ । नयाँ नोटहरू अप्रिल १४ तारिकका दिन टोकियोको चुओ वार्डमा रहेको मुद्रा सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका र अप्रिल २८ देखि जापानको उत्तरी प्रान्त होक्काइडोमा रहेको बैंक अफ जापान ओटारु सङ्ग्रहालयमा पनि प्रदर्शन राखिने भएको छ। सन् २००२४ पछि पहिलो पटक जापानले आफ्नो बैंक नोटलाई पुन: डिजाइन गरिएको हो। नयाँ १०,००० येनको नोटमा उद्योगपति शिबुसावा इइची (1840-1931), "जापानमा… पुरा पढौ

जापानमा नयाँ अपार्टमेन्टहरूको मूल्य आकाशियो, पहिलो पटक २० करोड येन भन्दा बढिमा विक्री

रियल इस्टेट इकोनोमिक इन्स्टिच्युट कम्पनीका अनुसार जापानको टोकियोको केन्द्रीय क्षेत्रमा नयाँ अपार्टमेन्टहरूको उच्च माग हुनुका साथै मूल्य पनि उच्च हुन पुगेको छ।जापानमै पहिलो पटक मार्च महिनामा अपार्टमेन्टहरूको सबैभन्दा उच्च मूल्यहरू कायम भै औसतमा २०० मिलियन येन ($ 1.4 मिलियन) भन्दा माथि पुगेको छ ।राजधानीको २३ वटा वार्डमा मार्च महिनामा बिक्रीमा राखिएका अपार्टमेन्टहरूको औसत मूल्य २१७.५ मिलियन येन पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ गुणा बढी हो।कानागावा, चिबा र साइतामा प्रिफेक्चरहरू सहित टोकियो महानगरीय क्षेत्रमा औसत मूल्य पनि… पुरा पढौ

बचत रकम नदिइ कारोबार बन्द गरेसँगै इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय बचतकर्ताले घेरे

बागलुङ सदरमुकामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरे सँगै बचतकर्ताले घेराबन्दी गरेका छन ।सहकारीमा बचत गरेको रकम फिर्ता गर्न जाँदा बचत रकम फिर्ता दिन नसक्ने सहितको सूचना टाँस गरेर कार्यालय बन्द गरेपछि बचतकर्ताहरू विचल्लीमा परेका हुन ।सहकारीले कुनै नाम नरहेको कार्यबहाक अध्यक्षको हस्ताक्षर रहेको एक सूचना प्रकाशन गर्दै अर्को सूचना नआए सम्मका लागि सम्पुर्ण कारोबार बन्द गरिएको जानकारी गराए सँगै सहकारीमा बचत कर्ताले घेरेका थिए । सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण… पुरा पढौ

होटल व्यवसायी महासङ्घ गण्डकीको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत निर्वाचित

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल पौडेल र सहसचिवमा प्रल्हादजङ्ग मरासिनी चुनिएका छन् । सदस्यमा मीनाकुमारी श्रेष्ठ, गिरीबहादुर थापा, तालबहादुर कुँवर, कविता बस्नेत, गुनादेवी जुग्जाली क्षेत्री, निलेश राजभण्डारी, जीवनकुमार पुनमगर, बुद्धिसागर पौडेल, इन्दुदेवी श्रेष्ठ, कञ्चन शर्मा… पुरा पढौ

नयाँ जागिर सुरु हुने पहिलो दिनको समारोहहरूमा यस्तो आशा व्यक्त गर्छन् जापानीहरू

जापानमा नयाँ आर्थिक २०२३ को पहिलो व्यापारिक दिन अप्रिल ३ तारिक, जापानभर नयाँ कामदारहरूले कोरोना महामारीमा फसेको तीन वर्ष पछि सामान्य अवस्थामा फर्केको संसारमा यो वर्ष आफ्नो करियर सुरु गरे ।धेरै कम्पनीहरू र सार्वजनिक संस्थाहरूले अप्रिल ३ मा एक पटक फेरि नयाँ कर्मचारीहरूका लागि समारोहहरू आयोजना गरे, जसमा पूर्व ओलम्पिक स्वर्ण पदक विजेता पहलवान र नयाँ अन्तरिक्ष यात्री उम्मेदवारलाई लगायतलाई स्वागत गरेका छन।विगत तीन वर्षमा त्यस्ता समारोहहरू कडा COVID-19 प्रतिबन्धहरू अन्तर्गत आयोजित गरिएको थियो, जसमा तिनीहरूलाई टाढाबाटै अंकमालको आत्मियता साटासाट… पुरा पढौ

सात दशकका ‘तरकारी काका’

ढोरपाटन । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त  छन् । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसके ।  उमेरले सात दशक लाग्न थालेका उनीमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो । साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील… पुरा पढौ

फोरेक्स रेमिटले ल्यायो “Forex संग तपाई, तपाईसंग Cycle” उपहार योजना

जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आईरहेको छ । उक्त कम्पनीको बजार व्यवस्थापन बिभागले अप्रिल महिनालाई लक्षित गरी आकर्षक साईकल सार्वजानिक गरेको छ । बिभिन्न क्याम्पन चलाउदै आईरहेको उक्त कम्पनीले “Forex संग तपाई , तपाई संग Cycle" भन्ने नारा सहित साईकल उपहार योजना सार्वजनिक गरेको हो ।कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल… पुरा पढौ

जापानले अप्रिल १ देखि निजामती कर्मचारीको अवकाश उमेर बढाउने

जापानले अप्रिल १ देखि निजामती कर्मचारीको अवकाश उमेर बढाउने भएको छ । देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमिक अभावलाई सम्बोधन गर्ने उपायहरूको रूपमा जापानका राष्ट्रिय र स्थानीय निजामती कर्मचारीहरूको अवकाश उमेर अप्रिलको सुरुदेखि हालको ६० बाट ६१ वर्षमा पुर्याइने भएको छ ।जापानी सरकारी अधिकारीले जनाए अनुसार श्रमशक्तिको संचयलाई बढ़ावा दिनका लागि चालिन लागिएको यस कदमबाट आर्थिक वर्ष २०३१ मा ६५ वर्ष नपुगेसम्म सेवानिवृत्तिको उमेर प्रत्येक दुई वर्षमा एक वर्षले बढाइनेछ। निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्न चाल्नका… पुरा पढौ

चेक अनादर र बैंकिङ कसूर सम्बन्धी के छ कानूनी व्यवस्था ?

आजकाल आर्थिक कारोवार अर्थात रकमको लेनदेन, चेक र बैंक मार्फत हुनेगरेको पाइन्छ । जसले त्यस्तो कारोवारलाई बैध, पारदर्शी सुरक्षित बनाउनुका साथै छिटो छरितो र सहज समेत बनाएको छ । आधुनिक प्रविधिको प्रयोग र चेकको कारोवारले एकातर्फ लेनदेन र आर्थिक कारोवारलाई सहजता प्रदान गरेको छ भने अर्को तर्फ यसको दुरुपयोग पनि अत्यधिक मात्रामा बढेकोले समाजमा हुने रकमको लेनदेन कारोवारमा जटिलता थपिएको छ । खराव उद्देश्यकासाथ चेकको प्रयोगले गर्दा आर्थिक अपराधमा बृद्धि भएको छ । सामाजिक अविश्वास बढ्दै गएको छ । फलस्वरुप… पुरा पढौ