जापानमा अत्याधुनिक बैंक नोटहरू आर्थिक वर्ष २०२४ को सुरुमा जारी गर्ने

-


     जनहित न्युज    
     वैशाख ११ गते २०८०


बैंक अफ जापानले नयाँ उच्च-सुरक्षा बैंक नोटहरूको नमूना अनावरण गर्दै आर्थिक वर्ष २०२४ को पहिलो छ महिना भित्रमा नयाँ नोट जारी गर्ने भएको छ ।

नयाँ नोटहरू अप्रिल १४ तारिकका दिन टोकियोको चुओ वार्डमा रहेको मुद्रा सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका र अप्रिल २८ देखि जापानको उत्तरी प्रान्त होक्काइडोमा रहेको बैंक अफ जापान ओटारु सङ्ग्रहालयमा पनि प्रदर्शन राखिने भएको छ।

सन् २००२४ पछि पहिलो पटक जापानले आफ्नो बैंक नोटलाई पुन: डिजाइन गरिएको हो। नयाँ १०,००० येनको नोटमा उद्योगपति शिबुसावा इइची (1840-1931), “जापानमा पूँजीवादका पिता” को तस्विर राखिएको छ। ५००० येनको नोटमा महिला शिक्षामा अग्रगामी सुधार ल्याउने सुदा उमेको (१८६४-१९२९) को तस्विर राखिएको छ भने १,००० येनको नोटमा जापानमा आधुनिक चिकित्साको जग बसाल्न मद्दत गर्ने कितासातो शिबासाबुरो (१८५३-१९३१) तस्विर अंकित गरिएको छ ।

१०००० येनको नोटको पछाडि टोकियो स्टेसन मारुनुची भवन, ५००० येनको नोट जापानी विस्टेरिया फूलहरू, र १००० येनको नोटमा “मोउन्ट फुजीको छत्तीस दृश्यहरू” को “अन्डर द वेभ अफ कानागावा” को कलाकृति चित्रण गरिएको छ। जापानी यी तस्विरहरूको डिजाइन यूकीयो ई कलाकार काचुशिका होकुसाई (1760-1849) ले गरेका हुन ।

नयाँ नोटहरूले थ्रीडी होलोग्रामहरू सहित नया एन्टी-काउन्टरफिटिंग टेक्नोलोजी समावेश गरेको छ जसको उपस्थिति माइक्रोप्रिन्टिङ, ल्युमिनेसेन्ट मसी र उच्च-परिभाषा वाटरमार्कहरूमा निर्भर गर्दछ। प्रत्येक नोटहरू बीच फरक गर्न यसले सजिलो पार्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?