लण्डन । बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकम, को शुभारम्भ भएको छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष कुमार पन्तले वेबसाइट लग इन गरेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । आइतबार डायस्पोरानेपालको औपचारिक उद्घाटनपछि राजदूत रेग्मीले डायस्पोरानेपालले नेपाली समुदायमा उत्साहको संचार गर्न सकोस् भन्ने शुभकामना दिए । 'सकारात्मक पत्रकारिता मार्फत प्रेरणा हुने खालको समाचार विश्वभरका नेपालीले पाउन सकुन्, उनले भने । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले डायस्पोरानेपालले…
पुरा पढौ