प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सरकार निर्वाचनबाट पन्छिन नमिल्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा बोल्दै उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रको खिलापमा हुने उल्लेख गर्नुभयो । उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । “संविधान, कानूनले तोके अनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहन सक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले…
पुरा पढौ