राजनीति

यस्तो छ देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र (पत्रसहित)

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पाेरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएको खुलेको हो । दुबै नेताले सेप्टेम्बर २९ अर्थात् असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ । एमसीसी बोर्ड अध्यक्षलाई सम्बोधन गरेर पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने दुबै नेताले प्रतिवद्धता जनाउँदै चार÷पाँच महिनाको समय मागेका… पुरा पढौ

‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’

अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसद्बाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी छन् ।एमसीसीकै सन्दर्भमा उनले भदौ २४ देखि २७ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।  एमसीसी मुख्यालय वासिङ्टन डीसीबाट शुक्रबार बेलुकी कान्तिपुरसँग भर्चुअल संवाद गर्दै सुमारले भनिन्, ‘म स्मरण गराउन चाहन्छु कि एमसीसीलाई अन्तर्राष्ट्रिय सम्झौताका रूपमा मान्यता दिलाउन संसद्बाट पारित गराउनुपर्छ… पुरा पढौ

एमसिसीमा भएको असमान प्रावधान हटाउन व्यापार संगठनको माग

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बारे एक प्रेस विज्ञप्ती मार्फत आफनो धारणा सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष श्याम बहादुर पाठकले एमसिसी परियोजना नेपालको हित विपरित भएकोले उक्त परियोजनालाई जस्ताको तस्तै संसदबाट पास गर्न नहुने विचार विज्ञप्तीमा उल्लेख गरेका छन् । एमसिसीको धेरै प्रावधान नेपालको सार्वभौमिकता र स्वाधिनता विरुद्ध भएकोले संसदमा भएको सबै राजनैतिक दलहरुले नेपालको हित विरुद्ध भएको असमान प्रावधानहरुलाई सहमतिमा हताएर मात्र पास गर्नु पर्ने संगठनले माग गरेको छ… पुरा पढौ

लोकगायक विष्णु खत्री सक्रिय राजनीतिमा

लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन्। बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए। ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानेँ’, उनले भने। राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ। आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा… पुरा पढौ

राष्ट्रियसभा निर्वाचन : पाँच दलीय गठबन्धनका १८ उम्मेदवार विजयी, कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट 

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विजयी भएका छन्। निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)का उर्मिला अर्याल, भुवन सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की … पुरा पढौ

प्रधानमन्त्रीको सम्बोधन: अर्को वर्ष तीनै तहको निर्वाचन (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले एकवर्षभित्र तीन तहका निर्वाचन गर्नुपर्ने बाध्यता रहेकाले निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने भएकाले सम्बन्धित पक्षलाई निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका कामहरू सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु।’ प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको आपसी सहमतिमा संसदको गतिरोध अन्त्य गरिने बताए… पुरा पढौ

टुंगो लाग्यो २ नम्बर प्रदेशको नाम र राजधानी, को कसले कता हाले मत

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मधेश प्रदेश’ नामसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतबाट पारित गरेको हो । प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभाको बैठकमा मतदान भएको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रस्ताव गरेको मधेश प्रदेशको पक्षमा दुई तिहाइ मत परेपछि सोही नाम पारित भएको हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । जसमध्ये… पुरा पढौ

नेकपा एमाले बागलुङको अध्यक्षमा हिराबहादुर केसी निर्वाचित

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा केसीले ३ सय २९ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका थिए भने अर्का प्रतिस्पधि मेहरसिंह पाईजाले ३४ प्राप्त गरे । उपसचिवमा गणेश बहादुर थापा र डम्मर श्रीस बिजयी भए । थापाले गणेश २ सय ९९ र श्रीसले २ सय २८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो । उपसचिवमा उमेद्वारी दिएकी चित्रकला… पुरा पढौ

माओवादी केन्द्रले पारित गरेको ४५ बुँदे प्रस्ताव : कालापानी, लिपुलेकदेखि एमसीसीबारे के छ भनिएको?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न ८ औं महाधिवेशनले कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत  नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने प्रस्ताव पारित गरेको छ। महाधिवेशनले पारित गरेको  ४५ बुँदे समसामयिक प्रस्तावको दोस्रो बुँदामा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय उल्लेख गर्दै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, महाधिवेशनले सन् १९५० को सन्धि लगायतका सबै असमान सन्धि-सम्झौताहरू खारेजी र सार्वभौमिक समानता र आपसी हितका… पुरा पढौ

२०५३ साल पौष १९ भन्दा अघिका केहि दृश्य स्मरण

उमेरले म सानो थिए, देशमा चलेको व्याप्त अन्तर्विरोध,असमानता,विभेदको निर्मुल अन्त्यका लागि ग्रामिण वस्तिहरुबाट विद्रोहको तयारी भैरहेको थियो।घरगांउ वरपर नियमित रुपमा रातको समयमा तत्कालिन विद्रोही नेता कार्यकर्ताको बाक्लो उपस्थिति र गतिविधिहरु हुन्थ्यो भने दिउसोको समय लमा तत्कालिन शाही सेना, प्रहरीको निगरानीको केन्द्रविन्दु थियो हाम्रो गाउ घर।विद्रोही पक्ष र सरकारी दमनकारी पक्षको एउटै भुगोलमा राती र दिउंसोको यस्ता गतिविधिले अनौंठो संकेत गरिरहेको थियो।यस्ता अनौठा र त्रासदीपूर्ण गतिविधि भै राखे पनि रातीको समयमा हाम्रो घरगांउमा तत्कालिन शाहिसेना प्रहरीले छिर्ने आंट गर्दैनथ्यो। किनकी हाम्रो… पुरा पढौ