तस्विर समाचार

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानको पाँचौँ अधिवेशन नोभेम्बर २१ मा हुने

जापानमा रहेका खेलाडीलाई क्रियाशील बनाई राख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले गठित गल्कोट स्पोर्ट्स क्लव टोकियोको पाचौ अधिवेशन हुने भएको छ। “राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउने उद्देश्यले स्थापना भएको क्लबको अधिवेशन नोभेम्बर २१ तारिख हुन लागेको महासचिव दिनेश थापाले जानकारी दिए । अधिवेशन टोकियोको शिन ओकुवो स्थित सोलमारीको मुरा हलमा हुने बताइएको छ। सन… पुरा पढौ

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका… पुरा पढौ

एनआरएनए जापानले जापानमा बढिरहेको आत्महत्याका घटनाको रोकथामका लागि विज्ञहरुद्वारा परामर्श दिने गरि सचेतनामुलक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए। "जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।" अध्यक्ष निउरेले भने-… पुरा पढौ

जीप दुर्घटना मृतक ४ जनाको परिचय खुल्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट… पुरा पढौ

टोकियोको मौषम १० डिग्री सेल्सियसभन्दा तल झर्यो, अचानक भारी वर्षाको सम्भावना

आइतबार बिहान मध्य टोकियोमा मौषम १० डिग्री सेल्सियसभन्दा तल झर्दा सप्ताहन्तमा जापानभर तापक्रम घटिरहेको छ।जापानी मौसम अधिकारीहरूले जापानको समुद्रमा रहेको होकुरिकु क्षेत्रका साथै पश्चिमी जापानमा वायुमण्डलीय अवस्था अत्यन्तै अस्थिर रहेको बताएका छन्।एजेन्सीले माइनस ३० डिग्री सेल्सियसको चिसो हावाको मापको साथ एक न्यून चापीय ट्रफले सोमबार साँझसम्म देशको उत्तरी र पश्चिमी भागहरूलाई असर गर्ने अपेक्षा गरेको छ, जसले होकुरिकु क्षेत्रलगायत अन्य क्षेत्रहरूमा अस्थिर अवस्था सिर्जना गर्नेछ।एजेन्सीले मानिसहरूलाई सावधानी अपनाउन आह्वान गरेको छ । अस्थिर मौषमका कारण अपेक्षित मेघगर्जन, तीव्र हावा र… पुरा पढौ

चिनमा जासुसी गरेको आरोपमा जापानी नागरिकलाई १२ वर्षको जेल सजाय

चिनको उच्च अदालतले यस महिनाको सुरुमा जासुसी आरोपको सामना गरिरहेका एक जापानी नागरिकको अपिल खारेज गरेपछि १२ वर्षको जेल सजायलाई अन्तिम रूप दिइएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी जिनपिङले अर्को हप्ता सान फ्रान्सिस्कोमा हुने एसिया-प्रशान्त क्षेत्रका नेताहरूको भेलामा सहभागी हुनु अघि जासुसी गतिविधिमा संलग्न भएको आरोपमा हिरासतमा रहेका जापानी नागरिकलाई चिनले यस्तो फैसला सुनाएको हो।जापानी औषधि निर्माता एस्टेलास फार्मा इंकका एक कर्मचारीलाई अक्टोबरमा जासुसी कार्यमा संलग्न रहेको आरोपमा जुलाई २०१९ मा पक्राउ गरि हिरासतमा परेपछि उनलाई… पुरा पढौ

जापानमा एक अभिनेत्रीले आत्महत्या गर्नुको कारण-अत्यधिक काम र धम्की

जापानको चर्चित अल फिमेल संगीत थिएटर कम्पनी ताकाराजुका रेभ्युकी नायिकाले अत्यधिक काम र धम्कीका कारण आत्महत्या गरेको खुलेको छ ।२५ वर्षीया मृतक अभिनेत्रीको परिवारको प्रतिनिधित्व गर्ने वकिल हिरोशी कावाहितोले टोकियोमा गरेको पत्रकार सम्मेलनमा अभिनेत्रीको आत्महत्याको कारण थिएटर कम्पनीका वरिष्ठ सदस्यहरूद्वारा अत्यधिक कामको चाप र धम्कीले उनको मानसिक र शारीरिक स्वास्थ्यमा सम्झौता गर्न नसकेको कारण आत्महत्या गरेको बताएका हुन ।वकिल कावाहितोले कम्पनीबाट माफी र क्षतिपूर्तिको माग गर्दै "एक आशाजनक युवतीको ज्यान गुमाउनु परेको गम्भीरता" लाई प्रकाश पारेको बताए। कावाहितोका अनुसार मृतक… पुरा पढौ

जापानमा देशव्यापी रूपमा क्रेडिट कार्डद्वारा लेनदेनमा अवरोध

शनिबार देशव्यापी रूपमा क्रेडिट कार्डबाट भुक्तानीमा अवरोध आएको छ।पूर्वी जापान रेलवे कम्पनीको टिकटिङ मेसिन र प्रमुख सुविधा स्टोरहरूले अस्थायी रूपमा क्रेडिट कार्ड भुक्तानीहरू स्वीकार गर्न असहजता आएको बताएसंगै क्रेडिट कार्ड भुक्तानीमा समस्या भएको जनाइएको थियो ।प्रमुख क्रेडिट कार्ड फर्म जेसीबी कम्पनीले कार्ड सेटलमेन्ट डाटा ह्यान्डल गर्ने सहायक कम्पनीले प्रणाली समस्याको अनुभव गरेको बताएको थियो । यो समस्या राति ९ बजेदेखि समाधान भएको बताईएको छ।JR East का अनुसार ग्राहकहरूले टिकटिङ मेसिन र स्टेशनहरूमा बिक्री काउन्टरहरूमा साँझ ६ बजेबाट क्रेडिट कार्ड भुक्तानी… पुरा पढौ

गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवादको खास अन्तर्य

गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु : १) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री… पुरा पढौ

दक्षिण कोरियामा रोबोटले गर्‍यो एक जनाको हत्या

दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ । एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको… पुरा पढौ