तस्विर समाचार

शनिबार र आइतबार जेआर यामानोते लाइनका ओसाकी स्टेशनदेखि इकेबुकुरो स्टेशनसम्म नियमित रेल सेवा सञ्चालन नहुने

यस सप्ताहन्त अर्थात आगामी शनिबार र आइतबार जेआर यामानोते लाइनका केही खण्डहरू निर्माणका कारण निलम्बित हुँदा नियमित रेल सेवा सञ्चालन नहुने भएको छ।जेआर यामानोते लाइन अन्तर्गत शिबुया स्टेशनमा भइरहेको निर्माण कार्यका कारण नियमित रेल सेवा सञ्चालन नहुँदा लगभग ६ लाख ४० हजार मानिसहरूलाई असर गर्ने अपेक्षा गरिएको छ।जेआर पूर्वी सेवाका अनुसार १८ तारिख अर्थात शनिबार ओसाकी स्टेशनदेखि इकेबुकुरो स्टेशनको लागि सिन्जुकु स्टेशनको बाहिरी भागमा मात्र यामानोते लाइनको सेवा सञ्चालन हुनेछ भने १९ तारिख अर्थात आइतबार विपरित दिशामा दक्षिणतर्फ जाने भित्री… पुरा पढौ

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो सातवटा बुँदे स्मरणपत्र, के छ पत्रमा, पत्रसहित? 

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता एउटा पत्र पठाएको प्राधिकरणका अध्यक्षले पुष्टि गरेका छन्। प्राप्त उक्त प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ।  सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमवार उसले उक्त पत्र प्राधिकरणलाई पठाइएको बुझिएको छ।  सरकारले गत सोमवार "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक… पुरा पढौ

जापानमा प्रतिभाको कमी हुँदाहुँदै पनि सोनीले महिला इन्जिनियरहरूलाई उल्लेख्य नयाँ भर्ना गर्ने योजना सार्वजनिक

जापानको चर्चित कम्पनी सोनीले आफ्नो कम्पनीमा महिला इन्जिनियरहरूको संख्या आक्रामक रुपमा बढाउँदै लैजाने भएको छ।सोनी कम्पनीले स्मार्टफोन र मिररलेस क्यामेरा उत्पादन गर्ने महिलाका लागि मैत्रीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्ने प्रयासलाई तीव्र बनाएको बेला यो कदम चालिएको स्रोतले बताएको छ।आगामी आर्थिक वर्षको लागि आफ्नो नयाँ कामदारहरूको नियुक्ती रेकर्ड-उच्च प्रतिशत हासिल गर्ने लक्ष्य राखेको कम्पनीले जापानमा स्थापित स्टेरियोटाइपलाई चुनौती दिँदै प्रमुख टेक्नोलोजी फर्ममा इन्जिनियर र अनुसन्धानकर्ताहरूका लागि नयाँ कामदार नियुक्ती हुनेहरूमा महिलाको अनुपात हालसम्मकै उच्च ३० प्रतिशत पुर्याउने अपेक्षा राखेको छ… पुरा पढौ

चर्चित कलाकारको साथमा गल्कोट समाज जापानले साँगीतिक धमाका-२०२४ गर्ने

गलकोट समाज जापानले आफ्नो नियमित वार्षिक कार्यक्रमका रुपमा गर्दै आएको नयाँ वर्ष साँगीतिक धमाका-२०२४ आगामी नयाँ वर्षमा पनि गर्ने भएको छ।“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ" भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष २०२४ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा गरिन लागेको समाजका महासचिव लक्ष्मण कार्कीले जानकारी दिए ।"सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गरि आर्थिक संकलन होस् भन्ने मनसायका साथ “शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ अक्षयकोष वृद्धि” का लागि जापानका… पुरा पढौ

गुगल म्याप्स चलाउनु हुन्छ अब थपिए यी उपयोगी ५ एआई फिचर

गुगलले आफ्नो नेभिगेसन एप गुगल म्याप्समा पछिल्लो अपडेट गरेको छ । फक्स न्यूजका अनुसार गुगल म्याप्समा एआई अपग्रेड सहित पाँच नयाँ फिचर थपिएको हो । इमर्सिभ भ्यू, एआर फिचर, ईभी चार्जिङ स्टेसन इन्फो लगायतका नयाँ फिचर गुगल म्याप्समा थपिएका छन् । गुगलले यी फिचर ल्याउनेबारे आफ्नो वार्षिक कार्यक्रम गुगल आई/ओमा घोषणा गरेको थियो । त्यस्तै गत महिना एक ब्लग पोस्ट लेख्दै यी फिचरबारे थप जानकारी दिएको थियो । यद्यपि नयाँ भएकाले यी सबै फिचर नेपालमा भने उपलब्ध नहुन सक्छन् । आज हामी तिनै… पुरा पढौ

जापानमा पहिलो पटक ‘वेब स्किमिङ’ क्रेडिट कार्डको जानकारी चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सम्भवतः जापानमा पहिलो पटक क्योतो प्रिफेक्चरल प्रहरीले भर्खरै २० वर्षका एक व्यक्तिलाई "वेब स्किमिङ" अर्थात्आ फ्ना ग्राहकहरूबाट क्रेडिट कार्ड जानकारी चोर्न सपिङ वेबसाइटहरूमा मालिसियस कोड स्थापना गरेको आशंकामा पक्राउ गरेको छ ।अनाधिकृत आदेशहरू भएको इलेक्ट्रोनिक रेकर्ड प्रयोग गरी किस्ता बिक्री ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।अनुसन्धानमा सहभागी प्रहरी अधिकारीका अनुसार व्यक्तिले कन्सर्ट टिकटहरू बेच्ने साइटमा ह्याक गरी २०२२ मा व्यापारिक सामानहरू राखेका थिए र धेरै ग्राहकहरूको क्रेडिट कार्डको जानकारी निकाल्ने प्रोग्राम स्थापना गरेका थिए। प्रिफेक्चरल प्रहरीले… पुरा पढौ

टोकियोमा इजरायली दूतावासको बारमा कार ठोक्कियो, प्रहरी अधिकारी घाइते

बिहीबार टोकियोमा इजरायली दूतावास नजिकै ब्यारिकेडहरूमा कार ठोक्किएर गराइएको दुर्घटनामा इजरायल-हमास द्वन्द्वका कारण ग्यास सुरक्षाको लागि सुरक्षामा खटिएका एक प्रहरी अधिकारी घाइते भएका छन्।गाजा पट्टीमा इजरायलको आक्रमणको विरोधमा विभिन्न व्यक्ति र समूहहरूले दुतावासको अगाडि प्रदर्शन गरिरहेका बेला दूतावासको उत्तरपश्चिममा करिब ६० मिटरको दूरीमा कडा सुरक्षाको बीचमा यो घटना भएको हो।इजराइली दूतावासलाई निशाना बनाएको हुनसक्ने आशंकामा ५० वर्षको उमेर रहेका चालकलाई प्रहरीले नियमित कार्य गर्न अवरोध गरेको आरोपमा घटनास्थलमा नै दक्षिणपन्थी समूहको सदस्यलाई पक्राउ गरेको जापान प्रहरीले जनाएको छ।घटनामा जापानी प्रहरी… पुरा पढौ

तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोडको मदिरा

कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा मदिराको पैठरी उच्च भएको हो । गत वर्षको तीन महिनाको तुलनामा १८८ प्रतिशतले बढी मदिरा आयात गरेको छ । सरकारले गत वर्ष मदिरा आयातमा प्रतिबन्ध गरेका कारण आयात ठप्प भएको थियो । सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव देखिएको भन्दै मदिरासहित अन्य ९ वटा वस्तुको… पुरा पढौ

सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने जापानी युवती प्रहरीको फन्दामा

टोकियो । माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् ।  २५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् । नागोया सहरको नाका प्रहरी थानाका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’ उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने… पुरा पढौ