तस्विर समाचार

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पाए पल शाहले सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” अभिनेता… पुरा पढौ

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ…

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका नीरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य! प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा नीराले जवाफ फर्काएकी थिइन्– ‘हे...सब मरिन्छ, त्यही अन्तिम वर्षमाबाँचुञ्जेली बाँचम् न हर्षमा...’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै नीरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। २२ वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो।  पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै नीराको मखमली आवाज पनि… पुरा पढौ

जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका

मध्य जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका गरिएको छ ।माकिनोहारा सहरको एक घरमा ४० वर्षकी महिलालाई सोमबार राति ती १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरेको अवस्थामा मृत फेला परेपछि आफ्नी आमाको मृत्युमा संलग्न भएको आशंका गरिएको एक अनुसन्धान स्रोतले जनाएको छ ।सोमवार राति ११ः५० बजे उनको घरमा बस्ने परिवारका सदस्यबाट आक्रमण गरिएको बारेमा प्रहरीलाई आपतकालीन फोन आएको बताइएको छ । प्रहरीका अनुसार घरमा बस्दै आएकी ४० वर्षकी उक्त महिलालाई चक्कु जस्ता धारिलो हतियार प्रहार… पुरा पढौ

राहादानीको लागि आवेदन दिन अनलाइनमा पनि लाइन बस्नु पर्ने

राहादानी विभागले अनलाइन पनि पालो पर्खिनुपर्ने सिस्टम लागु गरेको छ। धेरै जनाले आवेदन दिदा सिस्टम स्लो हुने र सर्भर डाउन हुने समस्या आएपछि अनलाइनमा पनि पालो पर्खिनुपर्ने सिस्टम लागु गरेको हो। राहदानी बनाउन आवेदन दिनको लागि साइट खोल्दा “Online Waiting Room” लेखेको देख्न सकिन्छ जसको मतलब अनलाइन प्रतीक्षा कोठा वा प्रतीक्षालय भन्ने हुन्छ अनलाइन प्रतीक्षालय भनेको भर्चुअल स्पेस वा वेबपेज हो जसले प्रयोगकर्ताहरूलाई कुनै विशेष वेबसाइट, सेवा वा घटनामा पहुँच दिनु अघि लाइनमा पर्खन अनुमति दिन्छ। अनलाइन प्रतीक्षालयको उद्देश्य भनेको… पुरा पढौ

बागलुङ गलकोटकी बन्दना ३-४ दिनअघि मात्र अमेरिकाबाट आएकी थिइन्… 

‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्। पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए। काठमाडौंबाट पोखराका लागि उडेको एटिआर ७२ जहाज विहान १०:५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग अन्तिम सम्पर्क गर्‍यो। विमानस्थलका अनुसार जहाज ल्यान्ड गर्न चालक दलले अनुमति पाइसकेको थियो। एकाध मिनेटभित्र जहाज ल्यान्ड भइसक्नुपर्ने थियो। नयाँ विमानस्थलको धावनमार्गको पूर्व र पश्चिम दुबैतर्फबाट जहाज… पुरा पढौ

‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी निराको लागि भोलि नआउदै आकाशमै अस्ताइन

एकदिन अघि मात्रै ‘भोली पोरामा रमाईलो गर्नुपर्छ’ भन्दै फेसवुकमा स्ट्याटस लेखेकी दोहोरी गायिका निरा छन्त्यालसमेत आईतवारको विमान दुर्घटनामा परेको खुलेको छ। पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ। माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन । ‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भन्नुभएको रैछ । तर उसको कहिल्यै फोन… पुरा पढौ

विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । पुरा पढौ

उच्चस्तरीय जाँचबुझ आयोग गठन, सोमबार सार्वजनिक विदा

काठमाडौं, १ माघ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्यलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्रहरूलाई निर्देशित गरेको छ। बैठकले माघ २ गते सोमबारलाई राष्ट्रिय शोकका रूपमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र… पुरा पढौ

पोखरा विमान दुर्घटना : ३२ जनाको शव निकालियो, विमानमा को- को थिए सवार (नामावलीसहित)

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसारअहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । पुरा पढौ