तस्विर समाचार

साउदीमा पनि २४ नेपाली अलपत्र

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न साउदी पुगेका थिए। ‘हामीलाई सुरुमा काम गर्न लगाइयो र १२ महिनासम्म काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसार तलब पनि पाइयो। तर, अचानक… पुरा पढौ

जापानमा भारी हिमपात, यातायात अवरुद्ध कम्तिमा ३ जनाको मृत्यु

भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् ।  जापानका केही भागमा कीर्तिमानी चिसो तापक्रम देखिएको छ, देशको उत्तरदेखि पश्चिमसम्म फैलिएको सी अफ जापानको तटमा हिउँ परेको छ ।प्रशान्त महासागरको तटीय क्षेत्रलगायत तल्लो क्षेत्रमा थप हिमपात हुने मौसम विभागले जनाएको छ ।  बाक्लो तुसारोले गर्दा द्रुत रेल… पुरा पढौ

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो, तरपनि सधैं सफा रहनेको राज यस्तो पो रहेछ जापानमा

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्।  शिक्षकले अन्तिममा भने: "आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।" पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए।  यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा… पुरा पढौ

गल्कोट स्पोर्ट्स क्लव टोकियोद्वारा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता अप्रिलमा गर्ने

गल्कोट स्पोर्ट्स क्लव टोकियोको आयोजनामा आठौ खुल्ला पुरुष सिल्भर रनिङ प्रतियोगिता हुने भएको छ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुख्य मान्यताका साथ नेपाली नयाँ वर्षको अवसरमा क्लबले नियमित रूपमा गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिदै आठौ संस्करण यहि आउदो अप्रिल १० तारिकमा कामाताको स्पोटर्स हलमा हुन गरिन लागेको अध्यक्ष डिलाराम निउरेले जानकारी दिए ।“जापानमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण सम्वर्द्दन, विकास र प्रवासमा रहेका खेलाड़ीहरूलाई क्रियाशील बनाईराख्नको लागि क्लबले आफ्नो स्थापनाकालदेखि भलिबल प्रतियोगितालाई निरन्तरता दिइरहेको र त्यसैको निरन्तरतामा… पुरा पढौ

जापानको जनसङ्ख्या ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चियो

टोकियो । जापानको कुल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब ५ लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कुल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ। यो सङ्ख्या एक वर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो। सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो। पछिल्लो… पुरा पढौ

उच्च रक्षा खर्चका लागि करवृद्धि कार्यान्वयन गराउन जापानका प्रधानमन्त्रीले संसद विघटन गर्दै

जापानीका प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बर २०२४ मा सत्तारूढ दलको नेताको रूपमा आफ्नो कार्यकाल समाप्त हुनु अघि प्रतिनिधि सभा विघटन गरि आम निर्वाचन हुन सक्ने बताएका छन्। आइतबार प्रसारण भएको टेलिभिजन कार्यक्रममा बोल्दै किशिदाले उच्च रक्षा खर्चका लागि करवृद्धि कार्यान्वयन गर्ने लगायत आफ्ना नीतिहरूका लागि तल्लो सदनको निर्वाचनमा जनताको विश्वास प्राप्त गरेपछि मात्र दोस्रो कार्यकाल सुरु गर्नुपर्ने धारणालाई समर्थन गर्दै त्यसका लागि प्रतिनिधि सभाको विघटन गरि ताजा जनादेशमा जान लागेको तर्फ इंगित गरेका छन ।किशिदा २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको तर्फबाट… पुरा पढौ

एक सय वर्ष पुरानो जापानी पत्रिका बन्द हुने

जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको बजार खुम्चिँदै गएको र विज्ञापनबाट हुने आम्दानीमा कमी आएको भन्दै डिजिटल सञ्चार सामग्री र पुस्तक प्रकाशनमा आफ्नो स्रोत बढी केन्द्रित गर्ने भएकोले यस्तो निर्णय गरेको जनाएको छ । सन् १९२२ मा सुरु भएको शुकान असाही राजनीति, अर्थशास्त्र र संस्कृतिलगायत विविध विषयमा योगदान गर्दै आएको जापानको सबैभन्दा पुरानो साप्ताहिक पत्रिका हो । प्रकाशकका अनुसार सन्… पुरा पढौ

जापान सरकारले खोल्यो चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा

चीनमा अवस्थित जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । जापान सरकारले शनिबार उक्त कुराको जानकारी दिएको समाचारमा जनाइएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो । कोभिड–१९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो । आइतबारदेखि सो सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको समाचारमा जनाइएको छ । चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड… पुरा पढौ

बागलुङ समाज जापानको अध्यक्षमा यमकान्त कंडेल र महासचिवमा सचिन आचार्य निर्वाचित

बागलुङ समाज जापानको चौथो अधिवेशनले यामकान्त कंडेलको अध्यक्षतामा २१ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।आइतबार टोकियोमा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि निर्वाचित उपाध्यक्षमा गुरुप्रसाद सापकोटा, राजु केसी, शोभा केसी गीता, बिष्णुप्रसाद सापकोटा र प्रकाश केसी, महासचिवमा सचिन आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिपक सुबेदी सुबेदीले जानकारी गराए ।संयोजक सुवेदीका अनुसार निर्वाचित हुने अन्यहरूमा सचिबमा भूपेन्द्र सापकोटा र वसन्त आचार्य, कोषाध्यक्षमा केशब सुवेदी सह कोषाध्यक्षमा बिना खड्का र युवा तथा खेलकूद संयोजकमा वसन्त थापा निर्वाचित भएका छन ।जापानमा रहेका… पुरा पढौ

जापानको कोबेमा अपार्टमेन्ट भवनमा आगलागी हुँदा चारको मृत्यु, तीन जनाको अवस्था गम्भिर

पश्चिमी जापानको कोबेमा रहेको एउटा अपार्टमेन्ट भवनमा आइतबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पातलमा उपचार भै रहेको अधिकारीहरूले बताएका छन्। शहरको ह्योगो वार्डमा रहेको तीनतले आवासीय कम्प्लेक्सको छिमेकीहरूले बिहान १:३५ बजे पहिलो तल्लाको झ्यालबाट कालो धुवाँ निस्किरहेको जानकारी गराएपछि अग्निनियन्त्रकहरूले आवश्यक उद्धार गरेका थिए। कम्प्लेक्सको पहिलो तल्लामा बस्ने ७७ देखि ८६ वर्षका चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्। अस्पतालमा लगिएका अन्य चार पुरुषहरू मध्ये, ६० देखि ७०… पुरा पढौ