तस्विर समाचार

जापानी आमाबुवाले यसरी हुर्काउँछन् बच्चा, तपाईं पनि थाहा पाउनुहोस् तरिका

बच्चा हुर्काउनु सजिलो काम होइन । पालनपोषणले बच्चाको जीवन सुधार्न पनि सक्छ र  बिगार्न पनि सक्छ । हरेक आमाबाबुले आफ्नो बच्चालाई राम्रो मान्छे बनाउन चाहन्छन्, उनीहरुको भविष्य राम्रो होस् भन्ने चाहना राख्छन् । राम्रो पेरेन्टिङको कुरा गर्ने हो भने यसमा बच्चालाई राम्रो संस्कार दिनु, उनीहरुको पोषणको ख्याल राख्नु हो । यसमा बच्चाको शारीरिक र मानसिक समस्या बुझ्नु पनि समावेश छ । बच्चाको राम्रो लालनपालनका लागि तपाईं जापानी आमा–बुवाबाट केही टिप्स लिन सक्नुहुन्छ । बच्चाको लालनपालनबारे जापानी तरिका विश्वभर चर्चित छ… पुरा पढौ

फुकुओका प्रहरीले ‘याकुजा’ गिरोहको कारबाहीका लागि जापानमा पहिलो विशेष मुख्यालय स्थापना गर्‍यो

जापानमा पहिलो फुकुओका प्रिफेक्चरल प्रहरीले बारम्बार कानून उल्लंघन र हिंसाका लागि जिम्मेवार "अर्ध अपराध सिन्डिकेटहरू" लाई कारबाही गर्न मुख्यालय स्थापना गरेको छ।जनवरी १८ मा फुकुओकाको हाकाता वार्ड सहरको फुकुओका प्रिफेक्चरल प्रहरी मुख्यालयमा मुख्यालयका प्रमुख मासाकात्सु ओकाबेको नेतृत्वमा सुरु गरिएको प्रत्येक विभाग र खण्डले "याकुजा"को वास्तविकताको खोजी गर्न मिलेर काम गर्नका लागि सो मुख्यालय स्थापना गरिएको हो।मुख्यालयको स्थापना समारोहमा आपराधिक सिन्डिकेट अनुसन्धान विभाग र विशेष ठगीको अनुसन्धानका लागि जिम्मेवार दोस्रो अनुसन्धान इकाईका वरिष्ठ अधिकारीसहित करिब ६० सदस्य सहभागी थिए।प्रमुख ओकाबेले भने,… पुरा पढौ

जापानमा आपराधिक घटनामा सेल्फ-डिफेन्स फोर्सका अफिसरको संलग्नता रहेको प्रहरीको भनाई

जापानको कान्तो क्षेत्रका विभिन्न स्थानमा एकपछि अर्को गरी घटेका लुटपाटका घटनामा आपराधिक समूहको संलग्नता रहेको आशंकामा अनुसन्धान अधिकारीहरुद्वारा अनुसन्धान भइरहेको खुलेको छ ।टोकियोको कोमाई सिटीमा बिहिबार अर्थात् १९ गते दिउँसो वृद्धमाथि लुटपाटपछि भएको हत्याको अनुसन्धानका क्रममा यस क्षेत्रमा यस वर्षको सुरुदेखि नै आपराधिक समूहका नेतृत्वमा रहेका तीनजनाको संलग्नताका बारेमा खुलेको हो । जसमा इबाराकी, तोचिगी, साइतामा र कानागावाका पाँचवटा घर र चिबामा दुई पसलमा क्षति पुर्याइ लुटपाट गरिएको थियो । आपराधिक क्रियाकलापमा संलग्नहरूले घटनामा पीडितलाई टाँसिने टेपले बाँध्ने जस्ता केही… पुरा पढौ

जापानमा बेरोजगार भै आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले बढ्यो

अर्थव्यवस्थामा विश्वकै तेस्रो शक्तिशाली मुलुक जापानमा सन् २०२२ मा आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा बढेकोको सरकारी स्रोतहरूले बताएका छन ।१३ वर्षपछि कै सबैभन्दा धेरै आत्महत्या भएको सन् २०२२ मा पुरुषको संख्या पहिलो पटक वृद्धि भएको प्रारम्भिक सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ।जापानमा गतवर्ष आत्महत्या गर्नेको कुल संख्या २१ हजार ५८४ रहेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ५७७ ले बढेको हो।आत्महत्या गरेर मृत्यु हुने पुरुषको संख्या सन् २०२१ मा भन्दा २०२२ मा ६०४ ले बढेर १४,५४३ पुगेको छ ।… पुरा पढौ

जापान पठाउने भन्दै ४१ युवामाथि ठगी गरि ठग ३ करोड लिएर फरार

जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगिनेमा मोरङका ४० र झापा एक जना छन् । ठगीमा पर्ने मोरङका ४० जना नै राजवंशी समुदायका छन् । उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरु बताउँछन् । पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै… पुरा पढौ

हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको मृत्यु

राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।  दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।  बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनि दुई… पुरा पढौ

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले लिनुभएको छ । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित… पुरा पढौ

तनहुँ जिल्ला अदालतबाट पाए पल शाहले सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । “तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।” अभिनेता… पुरा पढौ

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ…

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा? गायिका नीरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै। ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो। कस्तो दुर्भाग्य! प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा नीराले जवाफ फर्काएकी थिइन्– ‘हे...सब मरिन्छ, त्यही अन्तिम वर्षमाबाँचुञ्जेली बाँचम् न हर्षमा...’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै नीरा आज आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफू भने भौतिक संसारबाट अलप भएकी छन्। २२ वर्षको अल्पायुमै उनको इहलीला सकिएको हो।  पोखराको सेतीखोँचमा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँगै नीराको मखमली आवाज पनि… पुरा पढौ

जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका

मध्य जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका गरिएको छ ।माकिनोहारा सहरको एक घरमा ४० वर्षकी महिलालाई सोमबार राति ती १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरेको अवस्थामा मृत फेला परेपछि आफ्नी आमाको मृत्युमा संलग्न भएको आशंका गरिएको एक अनुसन्धान स्रोतले जनाएको छ ।सोमवार राति ११ः५० बजे उनको घरमा बस्ने परिवारका सदस्यबाट आक्रमण गरिएको बारेमा प्रहरीलाई आपतकालीन फोन आएको बताइएको छ । प्रहरीका अनुसार घरमा बस्दै आएकी ४० वर्षकी उक्त महिलालाई चक्कु जस्ता धारिलो हतियार प्रहार… पुरा पढौ