तस्विर समाचार

‘टाइगर कप’मा चम्केका रवि केसी

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र आफू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका थिए ।  पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले रु २५ हजार र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् । “खुसी छु,… पुरा पढौ

जापानको नागानो हिमपहिरोमा फसेका २ जना स्कीयर मृत फेला

जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा २ जना बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले सोमबार जनाएको छ। प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको पुष्टि भएको छ । २१ सय मिटर अग्लो हिमाली भेगमा आइतबार हिमपहिरो हुँदा जम्मा १३ जना विदेशी नागरिक तीन समूहमा स्कीइङ गर्दै थिए, जसमा दुई जना बेपत्ता भएका थिए।ती बेपत्ता भएका दुईजना स्कीयरको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको हो । हिमपहिरोमा परी हराएकामध्ये ३ जनालाई स्की रिसोर्टको गस्ती क्षेत्रबाहिरबाट उद्धार गरिउको… पुरा पढौ

पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको… पुरा पढौ

बलात्कार मुद्दामा जेल परेका कैदीले जेलभित्रै गरे अर्को बलात्कार

दाङ  । तुलसीपुर कारागारका एक महिला कैदीमाथि  कारागारभित्रै बलात्कार भएको छ। गत  कात्तिक १७ गते भएको बलात्कार तीन महिना पछि सार्वजानीक भएको हो । गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  महीला कैदीमाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कात्तिक १७ गते दिउँसो  करिब सवा २ बजेतिर घटना भएको हो। घटना घटेको दिन नै… पुरा पढौ

वृद्धा बिरामीलाई कुटेको भन्दै नेपाली नर्स पक्राउ, जेल सजाय हुनसक्ने

अष्ट्रेलियामा बसोबास गर्ने एक नेपाली नर्स पक्राउ परेकी छन्। एक वृद्धा बिरामीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्मिता पाण्डेलाई पक्राउ गरेको हो।  'वर्किङ भिसा'मा अष्ट्रेलिया पुगेका अस्मिताले इपिङस्थित एस्टिया हेल्थमा भर्ना भएकी एक वृद्धालाई थप्पड हानेको अष्ट्रेलियन मिडियाहरूले जनाएका छन्।  अस्मिताले ९५ वर्षीया जोन मुर्रेमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटपछि उनका सहकर्मीहरूले नै प्रहरीलाई खबर गरेको नाइनन्युजको समाचारमा उल्लेख छ।  अस्मितलाई जेलसम्मको सजाय हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्। एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले माफी माग्दै कुनै पनि प्रकारको दुर्व्यवहार… पुरा पढौ

अनलाइन राहदानी आवेदनमा यस्तो छ नयाँ व्यवस्था दैनिक १५०० अग्रिम आवेदन लिने

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणलाई सहज बनाउन नयाँ व्यवस्था गरेको छ । विभागले अब प्रत्येक दिन एक हजार ५०० अग्रिम आवेदन लिने भएको छ ।  अहिले विभागले दैनिक एक हजार ८०० आवेदन लिइरहेको छ । यसमा अब थप दैनिक एक हजार ५०० आवेदन लिने भएको हो । अहिले विभागले दैनिक ६ हजार राहदानी छपाइ गरिरहेको छ ।  विभागले अहिले नियमित सेवाअन्तर्गत ७७ वटै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगहरूबाट… पुरा पढौ

रेमिटान्सको आम्दानीले जीवनस्तरमा सुधार त भयो कमाईको दुई तिहाइ घरखर्च मै सकिएको तथ्य सार्वजनिक

चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ ।  कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्नुहुन्छ । उहाँका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनुहुन्छ । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको… पुरा पढौ

धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न,श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

धादिङ समाज जापानको ५ औँ अधिवेशन सम्पन्न भएको छ । आईतबार टोकियोमा सम्पन्न भएको ५ औँ अधिवेशले श्यामहरि तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ। अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।निर्वाचित हुने कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा राम सिम्खडा,उपाध्यक्षहरुमा सुजता दुवाडी,दिनेश अधिकारी,बिष्णु कुमार श्रेष्ठ,बिमल श्रेष्ठ,महासचिवमा बिजय सडौला,सचिवमा सुशान्त बानियाँ र ओम कुमार श्रेष्ठ,कोषाध्यक्षमा राम बाबु दनाई,सह-कोषाध्यक्षमा दिपक बिस्ट चयन भएका छन् । त्यस्तैगरि सदस्यहरुमा,प्रलाद अधिकारी,दिनेश पण्डित,कृष्ण बहादुर मगर,राम बहादुर बिसुन्के,ईश्वरी अर्याल,ठाकुर खनाल,गणेश बहादुर अधिकारी,पशुपति थपलिया,प्रविण नेपाल र माधव… पुरा पढौ

आफ्ना नीति सचिवले मदिरा पिएर सवारी साधन चलाउदा पक्राउ परेपछि जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले राजिनामा दिने

जापानका मन्त्रिपरिषद्का मुख्य सचिव मात्सुनोले आफ्नो नीति सचिवलाई मदिरा सेवन गरी सवारी चलाएको आशंकामा २७ गते राति प्रहरीले पक्राउ गरेको खुलासा गर्दै आफ्नो पदबाट राजीनामा दिने बताए ।४९ वर्षीय नीति सचिवले रक्सी सेवन गरेर सवारी चलाएको र चेकजाँचका क्रममा ‘रातो टिकट’ भनिने ट्राफिक टिकट दिएपछि गत २७ गते राति पक्राउ गरिएपछि नैतिकताको आधारमा आफूले मन्त्रिपरिषद्का मुख्य सचिव पद बाट राजिनामा दिन लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन । जापानमा तोकिए भन्दा बढि मादक पदार्थ सेवन गरेर सवारी साधन… पुरा पढौ

यति, प्रेमप्रसाद र रवि, अनि मेरो देश र विद्यमान् कानूनका खेलाडी

समाजमा घटेका हरेक कुरामा चिन्ता र चासो राख्दै गर्दा पनि कहिले -काहि केहि नबोली,केहि नलेखि बसौ जस्तो लाग्ने रहेछ। जति लेखे पनि ,जति बोलेपनि केहि नहुने रहेछ भन्ने लागेर धेरै भयो सामाजिक संजालमा सबैका कुराहरू पढ्दै गर्दा पनि आफ्ना भावनाहरू व्यक्त गर्न उपयुक्त ठानिरहेको थिईन।यति एअरलाईन्सको जहाज दुर्घटना,प्रेम प्रसाद आचार्यको आत्मदाह अनि गृहमन्त्री रबि लामिछानेको नागरिकता प्रकरण। यि तिनवटै घटनाहरूमा निष्कर्ष निकाल्दा हाम्रो राष्ट्र नेपाल आफ्ना नागरिकहरूप्रति कति असंवेदनशिल छ,कति अनुत्तरदायी छ,कति लापरवाह छ भन्ने प्रष्ट हुन्छ। हाम्रो राष्ट्र सिस्टममा… पुरा पढौ