तस्विर समाचार

फेब्रुअरी १० मा जापानको राजधानीसहित कान्तो -कोशिन क्षेत्रमा भारी हिमपात हुने, यातायात सेवा अवरुद्ध हुन सक्ने

जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले फेब्रुअरी १० मा राजधानीसहित कान्तो -कोशिन क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेकाले सतर्क रहन मानिसहरूलाई आह्वान गरेको छ।जापानको होन्सु मुख्य टापुको दक्षिणी तटबाट गुज्रिएको विकासशील न्यून चापीय वायु प्रणालीका कारण फेब्रुअरी १० तारिख बिहानदेखि मुख्यतया कान्तो-कोशिन क्षेत्रका पहाड र त्यस वरपरका क्षेत्रमा भारी हिमपात हुने पूर्वानुमान गरिएको छ। “मध्य टोकियोसहित समतल क्षेत्रहरूमा पनि हिउँ जम्मा हुन सक्छ।” जापान मौसम विज्ञान एजेन्सी (जेएमए) भनेको छ- मानिसहरूलाई भारी हिउँ र हिउँका कारण सडक सतहहरूको ट्राफिक अवरोधहरूबाट… पुरा पढौ

एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

चोकचोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो। उनी नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउँछन्।  उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन्। विश्वका सबै देशको राष्ट्रगान गाउने तयारीमा रहेका उनी हाल ८२ देशका गान गाउने तयारीमा छन्।  जिल्लाको बागलुङ नगरपालिका - ६ का ४३ वर्षीय नेपालीले राष्ट्रगान गाउँदै विश्व यात्रामा हिँडेको आठ वर्षभयो जसले उनलाई विश्वयात्रीका रुपमा स्थापित बनाइसकेको छ।  सन् २०१५ देखि विभिन्न देशको राष्ट्रगान… पुरा पढौ

नातिनीलाई तेल लगाएको भिडियो टिकटकमा पोष्ट गरेपछि अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षीय नेपाली हजुरआमा पक्राउ

अष्ट्रेलियाको क्यानवेरामा ५० वर्षीय नेपाली हजुरआमा पक्राउ परेकी छिन् । अष्ट्रेलियन संघीय प्रहरीको विज्ञप्ती अनुसार आइतबार साझ उनलाई आफ्नै घरबाट पक्राउ गरि तीन वटा मुद्धा लगाइएको छ । उनीमाथी आफ्नै २ वर्षीय नातिनीमाथी अश्लिल प्रकारको व्यवहार गरि भिडियो बनाएर टिकटकमा पोष्ट गरेको अभियोग लागेको छ । प्रहरीले उनीमाथी १० वर्ष भन्दा कम उमेरका केटाकेटीविरुद्ध जबरजस्ती अश्लिल गतिविधी गरेको, बालबालिका विरुद्धको सामाग्री उत्पादन गरेको लगायत अभियोग लगाइएको छ । सजिलोका लागि ती अभियोगहरु अग्रेंजीमा समेत उल्लेख छ । She has been charged with… पुरा पढौ

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या कम्तिमा २४०० पुग्यो,हजारौं घाइते

सोमबार बिहानै दक्षिणी टर्कीमा ७.८ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा कम्तिमा २४०० जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । सिरियामा कूल कम्तिमा ५९२ मानिसहरुको मृत्यु भएको छ । जसमा ३७१ धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूमा छन । सिरियाली राज्य समाचार एजेन्सी सानाका अनुसार १०,८९१ जना घाइते भएका छन्। यसैबीच आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स (नागरिक रक्षा )”व्हाइट हेल्मेट” समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तीमा २२१ जनाको मृत्यु र ४१९… पुरा पढौ

जापानमा आफ्नै सहपाठी विद्यार्थीलाई सडकमा छुरा प्रहार, हत्या प्रयास गरिएको आशंकामा नाबालक पक्राउ

टोकियो नजिकैको कावासाकी सहरको आसाओ वार्डमा रहेको हाईस्कुलमा अध्ययनरत एक पुरुष विद्यार्थीको टाउकोमा चक्कु प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १६ वर्षीय पूर्व सहपाठी पक्राउ परेका छन् ।बिहान ८ः१५ बजे कावासाकी शहरको आसाओ वार्डस्थित सडकमा विद्यालय जाँदै गरेका १६ वर्षीय उच्च माध्यमिक विद्यालयका किशोर विद्यार्थीलाई अचानक टाउकोको पछाडिबाट छुरी प्रहार गरी हत्याको प्रयास गरिएको थियो ।संदिग्ध पनि पीडितका पूर्व सहपाठी हुन् तर अहिले फरक माविमा पढिरहेका छन् । हत्याको प्रयास गरेर छुरा प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले… पुरा पढौ

ग्रामीण क्षेत्रलाई लक्षित गरि नबिल बैंकको शाखा विस्तार 

बागलुङ माघ २३ नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजात पत्र पाएको नबिल बैंकले शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ । ग्रामीण क्षेत्रमा आफनो सेवा सुविधा उपलब्ध गराउने उद्येश्य शाखा विस्तार गरेको बैंकले जनाएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा बैंकले नयाँ शाखा विस्तार गरेको नबिल बैंकका गण्डकी प्रदेश प्रमुख सुर्य रोकाले जानकारी दिए । बैंकले देशैभर आफ्नो शाखा विस्तार गर्ने क्रममा गलकोटमा २ सय ४७ औं शाखा सञ्चालनमा ल्याएको उनले बताए । देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा… पुरा पढौ

जापानका मनोजको घर त गैरी गाँउ चर्चाको शिखरमा

मानिस बिभिन्न गतिविधीका कारण चर्चामा आउने गर्छन। कसै कसैमा त झन बहुआयामिक प्रतिभानै हुने गर्छ । त्यसै मध्येका एक हुन् मनोज केसी । अध्ययनको सिलसिलामा जापान आएका केसी उनको बहुआयामिक प्रतिभाका कारण चर्चामा छन्। जापानको नागोया शहरमा रहदैं आएका केसी विभिन्न सामाजिक गतिविधीमा कृयाशिल छन्। संगै उनि उत्कृष्ट भलिवल र फुटवल खेलाडी समेत हुन्। जापानमा भएका धेरै प्रतियोगिताहरुमा उनि बिजयी हुँदै पुरस्कृत भई सकेका छन्।स्वास्थ्यका लागी पनि खेल जरुरी छ , त्यसैले यस क्षेत्रमा पनि मेरो लगाव भयो केसी बताउँछन्… पुरा पढौ

रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डसामु राजीनामा बुझाएका छन् ।  आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।  बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला अनुसार सांसद पद गुमाएका आफ्ना सभापति… पुरा पढौ

अनेरास्ववियुका नेताहरुले अस्कल क्याम्पस प्रमुख बराललाई अपहरण गरेको अखिल क्रान्तिकारी आरोप

दियो संघर्षको चेतावनी काठमाडौँ । अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका प्रमुख लोकबहादुर बराललाई अपहरण गरी गाडीमा राखेर राजिनामा राजिनामा पत्र तयार गरी हस्ताक्षर गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष पञ्चा सिंहले शनिबार विज्ञप्ति जारी गरेर क्याम्पसका सहायक प्रमुख दिपक गुप्तासहित अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोशी, उज्जवल भण्डारीको समूहले राजिनामा गराउन त्रिवि लिदै गर्दा कालिकोटी प्रहरीले उद्धार गरेको बताउँदै घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको छ । “२०७९ माघ २० गते विज्ञान र प्रविधिको प्राज्ञिक केन्द्र लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)… पुरा पढौ

भिर छिचोलेर पदमार्ग

जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन्। राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि  कामदार वनमै बास बसे। बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन्।   कठिन भौगोलिक अवस्थालाई  छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए। ‘चट्टाने भिरमा मजदुरले काम गरे’, उनले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ।’ चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो। अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ। सबैभन्दा जटिल… पुरा पढौ