जापानले विदेशी दक्ष जनशक्तिलाई सहज रूपमा भिसा उपलब्ध गराउने, तोकिएका सर्त पालना गरेमा स्थायी बसोबास अनुमतिमा समेत सरलिकृत बनाइने

-


     जनहित न्युज    
     फागुन ५ गते २०७९


जापानी सरकारले विदेशी विशेष क्षमता भएका दक्ष जनशक्ति आकर्षित गर्ने उदेश्यले नयाँ भिसा प्रकियामा सरलीकृत गर्दै फास्ट ट्र्याकबाट भिसा प्रदान गर्ने भएको छ ।

उन्नत व्यापार र व्यवस्थापन गतिविधिहरूको लागि आवेदन गर्नेहरूका लागि पाँच वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा पाँच वर्षको भिसा दिइनेछ। मन्त्रीस्तरीय बैठकले युवा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज बनाउन यस्तो निर्णय गरिएको हो ।
जापानको अध्यागमन सेवा एजेन्सी द्वारा तोकिएको विश्व वरीयता सूचीमा शीर्ष १०० मा परेको विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई “निर्दिष्ट गतिविधिहरू” भिसा दिइनेछ । जसले उनीहरूलाई जागिर खोज्दै दुई वर्षसम्म बस्न सक्षम बनाउने छ ।
शुक्रबार निर्णय गरेको नयाँ अनुसार सरकारले विदेशी दक्ष जनशक्ति आवेदकहरूलाई २० मिलियन येन ($ 148,000) सम्म वार्षिक आम्दानी र स्नातकोत्तर डिग्रीसम्मको अध्ययन गरेका जस्ता केही सर्तहरू पूरा गरेमा लामो बसाईको भिसा प्रक्रियालाई सहज र छिटो माध्यमबाट प्रदान गर्नेछ। सरकारले जनताको राय लिएर अप्रिलमा नयाँ पद्धति सुरु गर्ने लक्ष्य राखेको छ ।
सरकारले यस खालको आवेदकलाई हाल पाँच वर्षको उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्ने भएको हो । भिसा प्रदान गर्नको लागि शैक्षिक, रोजगारी पृष्ठभूमि र वार्षिक आम्दानी सहितका योग्यतालाई बिन्दु (पोइन्ट) मा आधारित प्रणालीलाई अबलम्वन गर्ने बताइएको छ । तर दक्ष कामदारहरू प्राप्त गर्ने विश्वव्यापी दौडले तातेको यस समयमा दक्ष ज़नशक्ति पाउन जटिल देखिएको विश्लेषकहरूको भनाई छ ।
सरलीकृत आवश्यकताहरू अन्तर्गत पाँच वर्षको भिसा प्राप्त गर्नेहरूले पनि हालको धारकहरूको लागि तीन वर्षको तुलनामा एक वर्षको बसोबास पछि स्थायी भिसाको लागि योग्य हुनेछन्।
लागु गर्न लागिएको नयाँ प्रणालीले “उच्च-स्तरीय क्षमता भएकाहरूलाई विस्तारित प्राथमिकता उपचारलाई मान्यता दिनेछ,” मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले मन्त्रिस्तरीय बैठकमा बताएका थिए ।
२०१२ मा सुरु गरिएको वर्तमान प्रणाली अन्तर्गत, गत वर्ष जुन सम्म कुल ३४,७२६ व्यक्तिले पाँच वर्षे भिसा प्राप्त गरेका थिए ।
जापानमा उन्नत शैक्षिक अनुसन्धान, उन्नत विशेष/प्राविधिक गतिविधिहरू र उन्नत व्यापार र व्यवस्थापन गतिविधि गरि तीन प्रकारका उच्च दक्ष व्यावसायिक भिसाहरू प्रदान गरिन्छ ।

बिन्दुमा आधारित प्रणालीलाई कायम राख्दै नयाँ उपायले सरकारले स्नातकोत्तर वा सोभन्दा माथिल्लो डिग्री र वार्षिक २० मिलियन येन वा सोभन्दा बढी आम्दानी भएका आवेदकहरूलाई उन्नत शैक्षिक अनुसन्धान वा उन्नत विशिष्टीकृत/प्राविधिक गतिविधिहरूमा भिसा प्रदान गर्न सक्षम बनाउनेछ। वा १० वर्ष वा सोभन्दा बढीको रोजगारी रेकर्ड र २० मिलियन येन वा सोभन्दा बढीको वार्षिक आय भएकोलाई पनि यस नियमले समेट्ने जापानी संचारमाध्यममा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

दक्ष विदेशी प्रतिभा प्राप्त गर्नका लागि विभिन्न चरणहरूको श्रृंखला सुरुवात गर्न प्रधानमन्त्री फुमियो किशिदाले गत वर्ष सेप्टेम्बरमा सम्बन्धित मन्त्रालयहरूलाई उच्च दक्ष जनशक्ति स्वीकार गर्नका लागि सुधारहरू विचार गर्न निर्देशन दिएपछि यो निर्णय आएको हो । जसमा “विश्वको उत्कृष्ट मध्येमा पर्ने” नयाँ प्रणालीको स्थापना पनि समावेश छ।

सोही महिना प्रधानमन्त्रीले बेलायत, फ्रान्स र सिङ्गापुरले विदेशी पेशालाई स्वीकार गर्न प्राथमिकता दिने व्यवहारको उदाहरण उद्धृत गर्दै भने, ‘जापानमा अझै पनि उच्च दक्ष विदेशी जनशक्तिको अभाव रहेको बताएका थिए । “जापानले त्यस्ता जनशक्ति र उच्च गुणस्तरको जीवनयापनको वातावरणलाई स्वीकार गर्ने प्रणालीमार्फत जनशक्ति प्राप्त गर्न पहल गर्नुपर्ने आवश्यकता छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?