टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या कम्तिमा २४०० पुग्यो,हजारौं घाइते

-


     जनहित न्युज    
     माघ २३ गते २०७९


सोमबार बिहानै दक्षिणी टर्कीमा ७.८ परिमाण (म्याग्निच्युड)को शक्तिशाली भूकम्प गएपछि टर्की र सिरियामा कम्तिमा २४०० जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

सिरियामा कूल कम्तिमा ५९२ मानिसहरुको मृत्यु भएको छ । जसमा ३७१ धेरै जसो अलेप्पो, हामा, लाटाकिया र टार्टसका क्षेत्रहरूमा छन । सिरियाली राज्य समाचार एजेन्सी सानाका अनुसार १०,८९१ जना घाइते भएका छन्।

यसैबीच आधिकारिक रूपमा सिरिया सिभिल डिफेन्स (नागरिक रक्षा )”व्हाइट हेल्मेट” समूहले पनि उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रमा कम्तीमा २२१ जनाको मृत्यु र ४१९ जना घाइते भएको जनाएको छ ।

टर्कीमा कम्तिमा ९१२ जनाको मृत्यु भएको छ र ५ हजार ३८५ जना घाइते भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सोमबार राष्ट्रिय दूरदर्शनसम्बोधनमा भने।

सोमबार विहान सुतेकै अवस्थामा शक्तिशाली भूकम्पका आएको छ । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको क्षेत्रमा करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो । प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको सिएनएनले बताएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सीमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै स्थानीय समयानुसार बिहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको थियो । टर्कीको आपतकालीन सेवा केन्द्रले ७.४ परिमाण (म्याग्निच्यूड)को पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?