प्रमुख समाचार

NYSC JAPAN ‘प्रथम भलिबल प्रतियोगिता’ को विजेता र उप विजेताको दुवै उपाधि घुम्टे युवा परिवार जापानले हात पार्यों

NYSC JAPAN द्वारा आयोजित ‘प्रथम भलिबल प्रतियोगिता’ को उजेता तथा उप विजेताको उपाधि घुम्टे युवा परिवार जापानले हात पारेको छ । सिन्जुकु स्पोर्ट्स सेण्टरमा शुक्रवार सम्पन्न भएको उक्त भलिबल प्रतियोगितामा जापानमा भलिबल इतिहासमै पहिलो पटक सहभागी आठ टिमलाई पछि पार्दै घुम्टे युवा परिवार जापानले प्रथम र द्वितीयका दुबै उपाधिले हात पार्न सफल भएको हो ।NYSC JAPAN ले आयोजना गरेको सो प्रतियोगिताको उपाधि जित्न सफल घुम्टे युवा परिवार जापानको एक टिमले नगद २ लाख ५५ हज़ार ५५५ येन, कप, मेडल र… पुरा पढौ

घुम्टे युवा परिवारको अधिवेशन अध्यक्षमा साहानी चयन

वि. सं २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन भएका छन । समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन भएका छन । समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का… पुरा पढौ

एनआरएनए जापान नागोया क्षेत्रीय समितिले मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्दै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ।एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा अनलाइन निःशुल्क जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत आवेदन गरेका ३ सय ५२ जनालाई मार्च ९ तारिखदेखि विभिन्न समूहमा विभाजन गरि हप्ताको दुईदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए।"सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाई भोगिरहेका जापानबासी नेपालीलाई सहयोग… पुरा पढौ

जिल्ला भलिबल संघ बागलुङले चुम्यो सन्तोष थापा स्मृति कपको उपाधि

जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । चापाकोट नगरपालिका वडा नम्वर ९ सुन्तली टारमा रहेको गंगालाल माविको खेल मैदानमा भएको खेलको प्रतिस्पर्धात्मक पहिलो सेट २५–२७ ले गुमाएको बागलुङले त्यसपछिको तीन सेट क्रमश २५–२०, २५–२१ र २५–२१ ले आफ्नो… पुरा पढौ

दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो 'एनआरएनए फुटसल रनिङ कप २०२४' प्रतियोगितामा ३० टिमको सहभागिता हुने भएको छ।युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरू मध्य टिम दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बिच टाई सिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । फुटसल प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टिमको सहभागिता हुने निश्चित भै सोहि आधारमा टाई सिट सार्वजनिक गरिएको 'दोस्रो… पुरा पढौ

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

घर अगाडिको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ । यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो । यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ । करिब डेढ दशक अघिसम्म म्याग्दीका यी गाउँहरु रमाइला दखिन्थ्ये । गाउँघरमा वरपर, तल–माथि बस्ती बाक्लो थियो । सबै घरमा मानिस भरिभराउ हुन्थे… पुरा पढौ

गरिबीले विदेश पठायो, युद्धले ज्यान लियो

बागलुङको ताराखोला गाउँपालिका–२ सिले गाउँका ३६ वर्षीय जीतबहादुर विक असोज ११ गते रोजगारीका लागि रुस पुग्नु भयो । रुस पुगेको पाँच महिनामै घरमा मृत्युको खबर आयो । जीतबहादुरको मृत्युको खबरले सिंगो गाउँनै यति बेला दुःखमा छ । सामान्य परिवारका जीतबहादुरले लामो समय गाउँमा गाडी चलाउनु भयो । गाडी चलाउनेबाहेक उहाँसँग अन्य सीप थिएन । व्यवसाय गर्नलाई परिवारको आर्थिक अवस्था नाजुक थियो । गाडी चलाएर परिवार पाल्न नसकेपछि धन कमाउने आश बोकेर जीतबहादुर रुस पुग्नु भएको थियो । रुस पुगेर रुसी… पुरा पढौ

“राष्ट्रिय ध्वजाबहाक जहाजको भाडादर समायोजन गरिने छ ।“ कार्यकारी अध्यक्ष अधिकारी

प्रतिष्पर्धी वायु सेवा कम्पनीको तुलनामा राष्ट्रिय ध्वजाबहाक नेपाल एयरलाइन्सको सेवामा कुनै कमी आउन नदिने गरि व्यावसायिक सुधार गर्न लागिएको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बताएका छन्।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा भएको अन्तरक्रिया सहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा भाडादर महँगो नहुने गरि समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताएका हुन्।"राष्ट्रिय ध्वजाबहाक जहाजमा जापानी भाषाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक… पुरा पढौ

शैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ति गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागलुङ ६ फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवश्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ… पुरा पढौ

अब जापानमा लामो कपाल हुनेहरुलाई पनि सेनामा भर्ना लिइने

टोकियो । जापानमा सेनाका जवानहरुको हेयर स्टाइलसम्बन्धी नियम केही खुकुलो पारिएको छ । अब लामो कपाल भएका युवाहरुलाई समेत सेनामा भर्ती लिइने भएको छ । थप युवाहरुलाई सैन्य क्षेत्रतर्फ आकर्षित गर्न यस्तो कदम चालिएको रक्षा मन्त्रालयले बताएको छ । चीन र उत्तर कोरियाबाट खतरा बढिरहेकै समयमा जापानले सेनामा भर्तीका लागि चाहिने जति युवाहरु पाइरहेको छैन । तर अप्रिलदेखि भने लामा कपाल भएका पुरुष र छोटो कपाल भएकी महिलालाई समेत भर्ना लिइनेछ । नयाँ नियम अन्तर्गत पुरुष जवानले शीर अगाडी लामो र… पुरा पढौ