प्रमुख समाचार

हाकोनेको फेदीमा भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख ११ हजार पाउने

टोकियो नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। ताल, तातोपानीका मुहान र प्रसिद्ध ‘कालो अण्डा’ का लागि विश्वभर चिनिने हाकोनेको मनमोहक वातावरणमा खेलाडीहरूले प्रतिस्पर्धासँगै प्रकृतिलाई समेत नजिकबाट नियाल्न पाउनेछन्। ज्वालामुखी ग्यासको प्रभावले कालो देखिने र आयु बढाउने विश्वास गरिएको… पुरा पढौ

जापानमा स्याकाई होक्केन अनिवार्य: भिसा नवीकरणमा कडाइ, नियम नमाने जोखिम

अप्रिल ७ , जापान सरकारले सामाजिक सुरक्षा प्रणाली अन्तर्गत पर्ने “स्याकाई होक्केन” लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण र कानुनी अवस्थासँग सम्बन्धित विषयहरू थप कडाइका साथ लागू हुन थालेका छन् । यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले विज्ञहरूसँग अनलाइन सेमिनार आयोजना गरी आवश्यक जानकारी प्रदान गरेको छ। आईतबार सम्पन्न उक्त सेमिनारमा सामाजिक बिमा तथा श्रम विज्ञ केइको ओनोले स्याकाई होक्केनमा आवद्ध हुनु व्यक्ती र परिवार दुवैका लागि सुरक्षित रहेको बताए । उनले काम गर्ने क्रममा बिरामी भएर… पुरा पढौ

दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १५ हजार दर्शकको सहभागिता रहने अपेक्षा

टोकियो, जापान – टोकियोमा आयोजना हुन लागेको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा आगामी अप्रिल ११ र १२ तारिख हुने यस महोत्सवको सम्पूर्ण व्यवस्थापकीय कार्यहरू पूरा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। महोत्सवका संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार यस पटकको फेस्टिवलमा नेपाली र जापानी संस्कृतिलाई जोड्ने विशेष प्रयास गरिएको छ। कार्यक्रममा दाइतो विश्वविद्यालयको ईताबासी क्याम्पसले विशेष प्रस्तुति दिनेछ भने नेपाली राजदूतावास जापान र स्थानीय ताकाशिमादाइरा प्रहरीका… पुरा पढौ

जापानबाट गायिका बाला दुराको ‘लमजुङे सोल्टिनी’ सार्वजनिक: प्रवासमा बसेर नेपाली लोक संगीतको जगेर्ना

टोकियो, जापान – जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले नयाँ लोक दोहोरी गीत ‘लमजुङे सोल्टिनी’ को म्युजिक भिडियो बजारमा ल्याएकी छिन्। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली लोक कला र संस्कृतिको उत्थानमा सक्रिय दुराले आफ्नो पछिल्लो सिर्जना आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्। वरिष्ठ सर्जक शिव हमालको उत्कृष्ट शब्द र मौसम गुरुङको संगीतमा तयार पारिएको यस गीतमा गायिका दुरालाई गायक मौसम गुरुङले नै स्वरमा साथ दिएका छन्। ‘लमजुङे सोल्टिनी’ मा युवा जोडीबीचको निस्वार्थ प्रेम, सामिप्यता र भावनात्मक… पुरा पढौ

जापानमा नेपाली आत्महत्या बढ्दो चिन्ता, सेवा प्रभावकारिता बारे दूतावास र पत्रकार महासंघ बीच छलफल

टोकियो l नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा टोकियोस्थित नेपाली राजदूतावास पुगेर सेवा प्रवाह, समस्या तथा आगामी योजना बारे जानकारी लिइएको छ। शुक्रबार मेगुरोस्थित राजदूतावासमा भएको भेटमा महासंघले जापानमा रहेका नेपालीहरू माझ सही र प्रभावकारी सूचना प्रवाह गर्ने उद्देश्यसहित संस्थागत रूपमा जानकारी आदान प्रदान गरिएको हो। कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासबाट प्रदान गरिँदै आएका सेवा, भोग्नु परेका चुनौती तथा आगामी कार्य योजनाबारे विस्तृत जानकारी गराए। आफू कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पहल गरिएको… पुरा पढौ

योकोहामामा अक्षयकोष सहयोगार्थ ‘नयाँ वर्ष शुभकामना साँझ २०८३’ आयोजना हुने

टोकियो, जापान दोलखा समाज जापानले अक्षयकोष सहयोगार्थ ५ अप्रिलमा चर्चित कलाकारहरूको साथमा नयाँ वर्ष शुभकामना साँझ २०८३ कार्यक्रम योकोहामाको कोसेली रेस्टुरेन्टमा भव्यताका साथ आयोजना गर्ने भएको छ। नेपाली नयाँ वर्षको पावन अवसरमा आयोजना हुन लागेको यस सांगीतिक समारोहमा नेपालका चर्चित लोकदोहोरी गायक सूर्य खड्का र गायिका ज्योति लोहोनीले विशेष प्रस्तुति दिने निश्चित भएको छ। आगामी ५ अप्रिल २०२६, आइतबारका दिन कानागावा वार्डस्थित कोसेली रेस्टुरेन्टमा आयोजना हुने यस कार्यक्रमको मुख्य उद्देश्य अक्षयकोषका लागि आर्थिक स्रोत जुटाउनु रहेको आयोजकले जनाएको छ। समाजका अध्यक्ष… पुरा पढौ

जापानमा विद्यार्थीको आत्महत्या दरमा ऐतिहासिक वृद्धि, कुल आत्महत्या भने हालसम्मकै न्यून

टोकियो, जापान जापानमा गत वर्ष ५३८ विद्यार्थीले आत्महत्या गरी रेकर्ड कायम गर्दा कुल आत्महत्याको संख्या भने घटेर हालसम्मकै न्यून बिन्दुमा झरेको तथ्य सरकारी तथ्याङ्कले सार्वजनिक गरेको छ। स्वास्थ्य तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको सन् २०२५ को अन्तिम प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा विद्यार्थीहरूको आत्महत्या संख्यामा उच्च वृद्धि देखिएको हो। गत वर्ष ३५६ उच्च माध्यमिक, १७२ माध्यमिक र १० प्राथमिक तहका बालबालिकाले आफ्नै ज्यान लिएका छन्, जुन सन् १९८० देखि तथ्याङ्क राख्न थालिए यताकै सबैभन्दा बढी हो। विशेष गरी सन् २०२० पछि… पुरा पढौ

जापानमा बागलुङका दुई नक्षत्र सम्मानित: गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न’ र खेलाडी भविन थापालाई विशेष सम्मान

टोकियो  नेपाली लोक संस्कृति र खेलकुद क्षेत्रका दुई प्रखर व्यक्तित्वहरू जापानको माटोमा सम्मानित भएका छन्। बागलुङ जिल्लामा जन्मिएर आफ्नो कर्मक्षेत्र जापान बनाउँदै आएका चर्चित लोक दोहोरी गायक सूर्य खड्का र कुशल भलिबल खेलाडी भविन थापालाई बागलुङ समाज जापानले एक भव्य समारोहका बीच सम्मान गरेको हो। नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो। लोक दोहोरी गायक सूर्य खड्कालाई विशेष गरि नेपाली लोक संगीतको माध्यमबाट विश्वभरका नेपालीहरूलाई जोड्न र प्रवासमा पनि नेपाली… पुरा पढौ

जापानमा विदेशी चालक अनुमति पत्र परिवर्तन प्रक्रियामा कडाइ: उत्तीर्ण दर ४० प्रतिशतमा खुम्चियो

जापानमा विदेशी चालक अनुमति पत्रलाई जापानी अनुमति पत्रमा परिवर्तन गर्न लिइने ट्राफिक नियम सम्बन्धी लिखित परीक्षाको उत्तीर्ण दरमा उल्लेख्य गिरावट आएको छ। नेशनल पुलिस एजेन्सीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत अक्टोबरदेखि परीक्षा प्रणालीमा गरिएको कडाइका कारण उत्तीर्ण दर करिब ९० प्रतिशतबाट घटेर ४२.८ प्रतिशतमा झरेको छ। नयाँ व्यवस्था लागू भएपछि लिखित परीक्षामा प्रश्नहरूको सङ्ख्या १० बाट बढाएर ५० पुर्‍याइएको छ भने उत्तीर्ण हुनका लागि ल्याउनुपर्ने न्यूनतम अङ्क ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत कायम गरिएको छ। लिखित परीक्षासँगै प्रयोगात्मक अर्थात्… पुरा पढौ

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि: इरानमा ४० दिने शोक घोषणा

तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अमेरिका र इसराइलले गरेको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको पुष्टि भएको छ। इरानी सरकारी टेलिभिजन र विभिन्न सञ्चारमाध्यमहरूले आइतबार बिहान खामेनी मारिएको औपचारिक पुष्टि गरेका हुन्। इरानी सुरक्षा बल 'इस्लामिक रिभोलुसनरी गार्ड्स कोर' (आईआरजीसी) ले पनि एक विशेष वक्तव्य जारी गर्दै सर्वोच्च नेताको मृत्यु भएको स्वीकार गरेको छ। खामेनीको मृत्युसँगै इरानमा ४० दिने सार्वजनिक शोक घोषणा गरिएको छ भने सात दिनका लागि सार्वजनिक बिदादिइएको छ। आक्रमण र क्षति शनिबार बिहान अमेरिका र इसराइलले राजधानी तेहरानलाई लक्षित… पुरा पढौ