प्रमुख समाचार

स्थानीय निर्वाचनमा विदेश बसेका नेपालीले बन्न पाउछन त उम्मेदवार ?

स्थानीय निर्वाचनको परिणामले आफ्नो गाउँ ठाँउको विकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा यति बेला जापान मात्र होईन, विश्वभर बसेका नेपालीहरुको चासो स्थानीय निर्वाचनमा छ। कोही नेपाल गएर निर्वाचनमा उम्मेदवार रहेको अवस्थामा विदेश बसेका नेपालीहरुले चुनावमा उम्मेदवार बन्न पाउँछन त भन्ने प्रश्न समेत उठेको छ। सो विषयमा जापानमा रहेका अन्तराष्ट्रिय अधिवक्ता एवं जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष डा बलराम श्रेष्ठसंग प्रतिक्रिया लिदाँ नेपालको संविधान को धारा २९१ मा यसबारेमा व्याख्या गरेको बताउँछन । नेपालको संविधान २०७२ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए… पुरा पढौ

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । पुरा पढौ

ऊर्जामन्त्री भुसालसँग बेलायतका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो । उहाँले कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख… पुरा पढौ

२१ वर्षे निसु विश्वकर्मा तमानखोला गाउपालिकाको नेतृत्व गर्न उपाध्यक्षमा भिड्दै, भन्छिन-“विजयी निश्चित छ”

उमेर भर्खर २० काटेर २१ मा टेक्दै गरेकी सामान्य गरिब र दलित परिवारकी युवती निसु विश्वकर्मा । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।सम्भवत उनी नै देश भरिमा रहेका पालिका मध्यकी कान्छी उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ ।तमानखोला-२ बोंगखानीकी निसुलाई यति सानै उमेरमा गाउंपालिकाको उपाध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।६० प्रतिशत भन्दा बढि दलित समुदायको जनसंख्या रहेको यो पालिकामा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएन ।“अहिलेसम्म राजनीतिक चेतना,शिक्षा र अन्य विभिन्न कारण राजनीतिको… पुरा पढौ

शरीरमा ‘बुलेट’ बोकेर ब्यालेटको लडाईमा हिमाल

बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमी हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिती जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालिन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना वेपत्ता छन । कुटाई पीटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालिन अवस्थामा होस या शान्ति प्रक्रिया पछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी… पुरा पढौ

यस्ता छन् स्वतन्त्र उम्मेदवार चालिसेका प्रतिवद्धता ( पूर्ण पाठ)

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गलकोट नगरपालिकाको नगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका मञ्जु शर्मा चालिसेले एक कार्यक्रमका बिच आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।  शर्माले गलकोट नगरपालिकामा आँफु नगर प्रमुख पदमा बिजयी भएपछि नगरपालिकाको विकासका लागि मुख्यतया भौतिक तथा सामाजिक विकासमा विशेष ध्यान दिने बताउनुभएको छ । उहाँले नगर प्रमुखको जिम्मेवारी कमाउनका लागि नभई जनताको सेवा गर्नको लागि भएको बताउँदै आँफुले नगरप्रमुखले पाउने कुनै पनि सेवा सुविधा नलिई सामाजिक कार्यमा लगाउने समेत प्रतिवद्धता ब्यक्त गर्नुभएको… पुरा पढौ

अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ: ऊर्जा मन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन।सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाइन । उनले भनिन-“विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन… पुरा पढौ

स्कुले नानीहरूलाई खुट्टामा जुत्ता !

समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा बालमन्दिर आधारभूत बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका अध्यक्ष विजया राजभण्डारीले बताइन । समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमायस वर्ष… पुरा पढौ

‘३५३ भाग्यमानी’ जो मतदान नहुदै भए निर्वाचित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र… पुरा पढौ

१६ मे मा किन आउदै छन भारतीय प्रधानमन्त्री मोदी नेपालमा ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा नेपाल भ्रमणमा आउने भएका छन् । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।  १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर मोदी नेपाल आउने तयारीमा रहेको भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।  मोदी नेपाल आउँदा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको भेट लुम्बिनीमा हुने द हिन्दूको दाबी छ । स्रोतको हवाला दिँदै द हिन्दूले मोदी लुम्बिनीमा आए पनि काठमाडौंमा नआउने उल्लेख गरेको छ । यो मोदीको केही… पुरा पढौ