प्रमुख समाचार

हराइरहेको ताराको ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।  हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सेनाका प्रवक्ता सहायक रथी सिल्वालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी समेत दिए।  https://twitter.com/naspokesperson/status/1531091044653142016?s=21&t=uGVSHITEDxiOovt_dGfqOg मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएका् बताए। विमान भेटिएको खबरपछि आफूहरु त्यतातर्फ जाँदै गरेको उनले… पुरा पढौ

हराइ रहेको तारा एअरको जहाजको खोजी जारी ,प्रतिकूल मौसमका कारण खोजीमा ढिलाइ 

पोखराबाट चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु बोकेर मुस्ताङको जोमसोम उडेको तारा एयरको ट्वीनअटर जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान ९:५५ बजे पोखराबाट उडेको कलसाइन अल्फा इको ट्यांगो जहाज १०:१५ मा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, रातिसम्म जहाजको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन ।  जहाज मुस्ताङको लेतेमाथिको आकाशमा पुगेपछि एक पटक जोमसोम टावरसँग सम्पर्क भएको थियो । जोमसोम विमानस्थल प्रमुख पुष्कलराज शर्माका अनुसार क्याप्टेन प्रभाकर घिमिरेले १०:१० बजे लेतेमाथिको आकाशबाट टावरमा सम्पर्क गरी जोमसोमको हावाको… पुरा पढौ

आर्थिक वर्ष २०७८/८० को बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड को समग्र चिरफार (पूर्ण पाठ सहित)

सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।  यसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत रहेको छ।  वित्तीय व्यवस्थातर्फ २ खर्ब… पुरा पढौ

इच्छुकको आदर्श र आजका मिडिया 

प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ । यस वर्ष पनि भयो । प्रेस सेण्टर, नेपालले कृष्ण सेनको नाममा वर्षेनी दिइने गरिएको पत्रकारिता पुरस्कार यस वर्ष मलाई दियो । गत साल कोभिड महामारीका कारण रोकिएका यो पुरस्कार पनि यस वर्ष नै अर्का सहकर्मीलाई दिइयो । वरिष्ठ पत्रकारद्वय शक्ति… पुरा पढौ

बजेट भाषण २०७९: कर्मचारीको तलब १५ प्रतिशतले बढाइयो, वृद्ध भत्ता ६८ वर्षमै, साउनदेखि सिंहदरवारमा ग्यास चुलो प्रयोगमा रोक

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाउने पनि बताए । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । कर्मचारीहरूले अहिले पाउँदो आएको तलबमानमा १५ प्रतिशत तलब बढाइएको अर्थमन्त्री जनार्दन शर्माले बताए । आइतबार संसद्मा… पुरा पढौ

सम्पर्कविहीन विमान मानापाथी हिमालको फेदीमा रहेको सेनाको भनाइ, अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’ भएको छैन-जोमसोम विमानस्थल

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारीको उज्यालो अनलाइनले लेखेको छ ।   यता सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको पोखराबाट कान्तिपुरकर्मी लालप्रसाद शर्माले समाचार लेखेका छन ।  जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले… पुरा पढौ

हराई रहेको जहाज खोज्न मुस्ताङमा ८२ जना नेपाली सेनाको फौज परिचालित, ‘लोकेसन’ पत्ता लाग्यो 

हराइरहेको तारा एयरलाइन्सको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका ८२ जनाको फौज परिचालन भएको छ ।  नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार मुस्ताङको घाँसाबाट पैदलमार्ग भएर ६२ जना र काठमाडौं एवं पोखरा विमानस्थलबाट २० सेना रेस्कूयू टोली परिचालन भएका छन् ।  ‘हेलिकप्टरबाट २० जनाको रेस्क्यू टीम र स्थलमार्गबाट ६२ जनाको फौज डिप्लोइड भइसकेको छ,’ प्रवक्ता सिलवालले लोकान्तरसँग भने । उनका अनुसार स्थलमार्गबाट गएको टोलीले जहाज भएको क्षेत्रलाई 'लोकेट' गरिसकेको छ । त्यसलाई यकीन गरेर हेलिकप्टरले उद्धार गर्नेछ । अहिले रेस्कूयूसहितको टोली मुस्ताङको कोवाङ्गमा… पुरा पढौ

सम्पर्कविहीन तारा एयरको पाइलटको फोन लागिरहेकोलाई आधार मानी सम्भावित दुई ठाउँको पहिचान

सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।  अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन । अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले… पुरा पढौ

मौसममा खराबी आएपछि प्रहरीले पैदलबाटै सुरु गर्‍यो सम्पर्कविहीन विमानको खोजी

नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्क विहिन रहेको तार एयरको टुविन्अटर ‘नाइन एनएइटी’ जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकप्टर पुनः जोमसोम फर्किएको बताएको छ । तारा एयरको टुविन्अटर ‘नाइन एनएइटी’जहाज आज बिहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाजमा चालक दलका तीन सदस्य सहित २२ जना यात्रु रहेका छन् । जहाजमा रहेका यात्रुमा १६ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन… पुरा पढौ

पोखराबाट जोमसोमतर्फ उडेको तारा एअरको विमान दुर्घटना, यी हुन् सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना (सूचीसहित)

तारा एअरको विमान केहीबेर अघि दुर्घटना भएको छ । पोखराबाट जोमसोमतर्फ उडेको विमान दुर्घटनामा परेको नेपाल टेलिभिजनले जनाएको छ । विमानमा चालक दलका सदस्यसहित २२ जना यात्रु रहेको जनाइएको छ । विमानमा ६ जना विदेशी नागरिक छन र बाँकी सबै नेपाली यात्रु हुन । विमान आज विहान करिव १०ः३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन । जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन । पोखराबाट… पुरा पढौ