प्रमुख समाचार

अविरल वर्षाले गलकोटमा वितन्डा

गलकोट नगरपालिका वडा नं १ काफलठुटामा रहेको अम्मर बहादुर खड्काको घर अगाडि २ वटा मेवाको रुख र दायाँतर्फ गोठ थियो । गोठमा ३ भैसी ३ बाख्रा थिए । गोठदेखि तल देवालय प्राथमिक विद्यालय छ । साँझ करिब ६ बजेबाट वर्षा भएपछि घरमै बस्नुभएका खड्काले करिब ८ बजे खाना खानुभयो । प्राकृतिक प्रकोपको जोखिमबारे चनाखो बन्नुभएका खड्का परिवारसँग घरको पिढिमा रहेको खाटमा बसेर ठूलो पानीले पहिरो जाने विपद् निम्तिने कुरा गर्दै गर्दा एक्कासी चट्याङ पर्यो । पहिलो चट्याङले घर अगाडिको मेवाको… पुरा पढौ

“संघर्ष गरौ, आत्महत्या होइन”

थकित ज्यान त्यहि माथि तनाबहरुले हृदयमा आक्रमण गर्यो भने परदेश मा धेरै साथिको ज्युदो ज्यानलाई हाम्रा आखॉंले लासमा देख्नु पर्छ । साथि तिमिलाई थाहा छ ? "जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ।" हामी हाम्रो समुदाय , देश र हामी बाचेको भूगोलको कुरा गरौ । तिमी यो पढिरहदा तिमी आफैपनि विज्ञ हुनुपर्छ यो विषयमा । तिमीलाई अबगत छ कसरी गरिन्छ धेरैजसो आत्महत्या ? नेपालमा आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ ।… पुरा पढौ

जापान सरकारद्वारा प्रदान गरिएको कोभिड-१९ को आर्थिक अनुदानको ठूलो रकम ठगेर फरार रहेका तानिगुचीलाई इन्डोनेसियाबाट पक्राउ

कोभिड-१९ को महामारीका कारण संकटमा परेका साना व्यवसायहरूका लागि जापान सरकारद्वारा प्रदान गरिएको ठूलो मात्राको आर्थिक अनुदान सहायता रकम ठगी गरेर फरार रहेका एक जापानी अभियुक्त पक्राउ परेका छन । अनुदान सहायता रकम प्राप्तिका लागि गलत कागजात(रसिद) बनाउने मध्यका मुख्य नाइके ४७ वर्षीय मित्सुहिरो तानिगुचीलाई मङ्गलबार राति मध्य इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणी छेउमा रहेको लाम्पुङ जिल्लाको कालिरेजो गाउँबाट अध्यागमन अधिकारी र स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरिएको राष्ट्रिय प्रहरीका प्रवक्ता देदी प्रसेत्योले जानकारी दिए । उनको पहिचान पुष्टि हुने बित्तिकै टोकियो… पुरा पढौ

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य छैन-यातायात व्यवस्था विभाग

काठमाडौँ । यातायात व्यवस्था विभागले साउन एक गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै… पुरा पढौ

जापानमा नव आगन्तुक विद्यार्थीको सहजताका लागि आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) कार्यक्रम गरिदै

कोरोनाको महामारी पछि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू जापानमा भाषा अध्ययनको लागि आएको सन्दर्भलाई ध्यानमा राखेर गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज (नेसाज)को संयुक्त आयोजनामा आईतबार पार्ट टाइम जब (आरुबाइतो सेचुमेइकाइ ) सम्बन्धी जानकारीमूलक कार्यक्रम गर्न लागेका छन नया विद्यार्थीहरूमा देखिएको पार्ट टाइम जब (बाइतो) सम्बन्धी समस्यालाइ मध्यनजर गर्दै विभिन्न हाकेन खाइस्याका आधिकारीक व्यक्तिहरुको सहभागितामा आरुबाइतो सेचुमेइकाइ ( アルバイト説明会) तथा जापान बसाईमा गर्नुपर्ने आधारभुत प्रकृयाहरुको बारेमा जानकारीमूलक कार्यक्रम गर्न लागिएको एनआरएनए नागोयाका संयोजक मनोज बम मल्लले… पुरा पढौ

ढोरपाटनमा नाउर र झारल गणना : बढे झारल, घटे नाउर

पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो । गणनाको नतिजालाई आधार… पुरा पढौ

दुईदिन बिदा दिने निर्णयबाट सरकार’ब्याक’ भयो, असार १ देखि बिदा शनिबार मात्र

सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुने उनले बताए ।  वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट… पुरा पढौ

विद्यार्थी भिषामा २ हप्ता अघि मात्र जापान आएका एक युवक कोठामा मृत फेला

विद्यार्थी भिषामा दुई हप्ता अघि मात्र जापानको नागोयामा आएका एक नेपालीको निधन भएको छ ।नागोयाको नागोया सि स्थितमा ईएसएल जापानी भाषा स्कुल पढ़ने  ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको स्रोतले जानकारी दिएको छ । हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट गत में २३ तारिख जापान आएका सुदूरपश्चिम प्रदेशमा घर भएका विक थरका उनी कोभिड महामारिपछि हालैमात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए ।… पुरा पढौ

युवराज खतिवडाको तीन वटा बजेट माथि जनार्दन शर्माको एउटै बजेट भारी

काठमाडौं, १७ जेठ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९-८० को बजेट प्रस्तुत गरिसक्नुभएको छ । करिब एक बर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालिरहनु भएको अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताबाहेक सबैले प्रशंसा गरेका छन् । ताजा जनादेशमा जानुअघि सार्वजनिक भएको बजेटलाई सबैले महत्वका साथ हेरेका थिए । अर्थमन्त्री शर्माले बित्तीय अनुशाशन कायम गर्ने, दबाबमा रहेको अर्थतन्त्रलाई उकास्ने, आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने र नेपाली जनताले अपेक्षा गरेको समृद्ध मुलुक… पुरा पढौ

यार्सा खोज्‍न जाँदा ‘चिसा मान्छे’ भेटेपछि… 

जेठ १५ गतेको बिहान। मुस्ताङको थासाङ लेकलाई कुहिरोले छपक्कै छोपेको थियो। र, अग्ला पहाडका ढाडधुरीसँग लुकामारी गर्ने हुस्सुले थप चिसो थपेको थियो।  भुइँ कुहिरो र धौलागिरी हिमालको काखमा चल्ने सिरेटोलाई पर्वाह नगरी १५ गते बिहान नौ बजेतिर सानुसुरे क्षेत्रको ‘कथेँ खर्क’मा एउटा बडेमानको आवाज आयो– धड्याङ्ग। डरलाग्दो आवाजको प्रतिध्वनिले सायद धौलागिरी हिमाल आसपासका चराहरू मात्रै उडेनन्। मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे खर्क आसपासमा यार्सा खोज्न पुगेका मजस्तै अन्यको पनि सातो गएको थियो। ‘अघि यतैबाट एउटा जहाज गएको थियो’… पुरा पढौ