राष्ट्रिय समाचार

गलकोट समाज जापानले आगामी महिनाको पहिलो हप्ता जापानका विभिन्न शहरमा रक्तदान कार्यक्रम गर्ने

गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका विभिन्न शहरमा आगामी महिना रक्तदान कार्यक्रम गर्ने भएको छ ।आफ़नो जन्मभूमि नेपालमा शिक्षा स्वास्थ्य मानवीय सहयोगमा आर्थिक सहायता प्रदान गर्दै आएको गलकोट समाजले कर्मभूमि जापानका टोकियो, नागोया, ओसाका लगायतका शहरमा फेब्रुवरी १० तारिक भित्रमारक्तदान कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष यम खत्रीले जानकारी दिए ।जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान जीवन दान हो भन्ने मान्यतालाई आत्मसात गरेर समाजका क्षेत्रीय समितिहरूको स्थानीय ब्यवस्थापनमा सो रक्तदान कार्यक्रम गरिने महासचिव… पुरा पढौ

जनवरी २१ गतेदेखि अर्को महिनाको १३ तारिकसम्म १३ प्रान्तमा जापान सरकारले “रोकथामका उपायहरू”अर्थात् अर्ध आपतकाल लागू गर्ने

दैनिक कोरोना संक्रमणका बिरामी २५ हजार भन्दामाथि संक्रमित हुन थालेपछि जापान सरकारले नयाँ कोरोना भाइरसविरुद्ध लड्न र प्राथमिकताका साथ फैलावट रोकथामका उपायहरू लागू गर्न जनवरी २१ देखि फेब्रुवरी १३ सम्म कायम रहने गरि हाल १ महानगरीय क्षेत्रसहित १३ वटा प्रान्त र पछि १६ वटा प्रान्तमा विस्तार गर्ने गरि रोकथामका उपायहरू लागु गर्ने निर्णय गरेको छ ।यसलाई अर्ध आपतकालको रूपमा बुझिने छ । नयाँ कोरोना भाइरसबाट नयाँ संक्रमित हुनेको संख्या तिव्र गतिमा बढिरहेको र अस्पतालमा बेडको प्रयोग दर पनि बढ्दै गएपछि… पुरा पढौ

जापानमा नक्कली डाक्टर बनेर बिरामीहरूबाट करिब चार करोड येन ठगी गरेको आरोपमा एकजना पक्राउ

पूर्वी जापानमा एक नक्कली डाक्टरले चर्को शुल्क करिब २४ मिलियन येन (लगभग २१,००० डलर) लिएर बिरामीहरूलाई ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको छ।महानगरीय प्रहरी विभागको जीवन तथा वातावरण महाशाखाले जनवरी १७ मा योकोहामामा बस्ने ग्रोसरी बिक्री कम्पनीका कार्यकारी ५१ वर्षीय तोशिनोरी तानाकाले बिरामीहरूको गलत निदान गरि चिकित्सा व्यवसायी ऐनको उल्लङ्घन गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको बताईएको छ ।चिकित्सकको लाइसेन्स नभएका तानाकाले ​​२०१९ को में देखि हालसम्म १० जनाभन्दा बढी व्यक्तिसँग करिब ४ करोड येन (लगभग ३५०,००० डलर) ठगी… पुरा पढौ

खरूवा समाज जापानको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा गगन खत्री (झकास )

बागलुङ जिल्ला गल्कोटको नगरपालिका ४ खरुवाबाट जापानमा आइ विभिन्न पेशा व्यवसाय अध्ययनमा संलग्न हरूको तेस्रो अधिवेशनले गगन खत्री झकासलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । सुन्दर खरूवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान भन्ने मान्यताका २०१० गठन गरिएको खरूवा समाज जापानको वरिष्ठ उपाध्यक्षमा टेक बा खत्री उपाध्यक्षमा हर्क क्षेत्री र इश्वर खत्री सचिवमा गोबिन्द रेग्मी सह–सचिवमा तेजुन भण्डारी निर्वाचित भएका हुन । सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा याम खत्री सह–कोषाध्यक्षमा धन भण्डारी युवा संयोजकमा अंजुन न्यौपाने लेखा संयोजक… पुरा पढौ

टुंगो लाग्यो २ नम्बर प्रदेशको नाम र राजधानी, को कसले कता हाले मत

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको आज बसेको बैठकले ‘मधेश प्रदेश’ नामसम्बन्धी प्रस्तावलाई दुई तिहाइ बहुमतबाट पारित गरेको हो । प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभाको बैठकमा मतदान भएको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रस्ताव गरेको मधेश प्रदेशको पक्षमा दुई तिहाइ मत परेपछि सोही नाम पारित भएको हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए । जसमध्ये… पुरा पढौ

नौ वर्षीय बालकले जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरे

बागलुङ, गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका नौ वर्षीय बालकले आफनो जन्मदिनको अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका सुपुत्र बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । कोभिड १९ ओमिक्रोन विश्व व्यापी रुपमा… पुरा पढौ

जापान सरकारले टोकियो र त्यस वरपरका क्षेत्रमा अर्ध-आपतकाल घोषणा गर्ने तयारीमा

कोरोना संक्रमणका नयाँ केसहरूको संख्या देशव्यापी रूपमा दैनिक तिव्र गतिमा बढिरहेकोले महानगरीय क्षेत्रहरूले कोरोना संक्रमण रोकथामका लागि अर्ध आपतकालको लागि अनुरोध पनि गरिरहेको र देशका अन्यत्र क्षेत्रमा पनि सरकारले तुरुन्तै स्वास्थ्य सतर्कता अन्तरगत अर्ध-आपतकाल घोषणा गर्ने बारे विचार गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले नियमित पत्रकार सम्मेलनमा बताएका छन ।राजधानी टोकियोमा पछिल्ला केहिदिन यता दैनिक ४ हजार भन्दा बढी क़ोरोना संक्रमणका नयाँ बिरामीहरू बढिरहेको र अस्पतालको बेड ओकपेन्सी दर २० प्रतिशत नजिक अर्थात्पु १९.३ प्रतिशत पुगेको महानगरीय सरकारले केन्द्र सरकारलाई… पुरा पढौ

अबको नेतृत्व कस्तो र कसको हुने ?

देशले आगामी निर्वाचनमा कस्तो र कस्को नेतृत्व पाउँछ भन्ने कुराको फैसला भर्खरै भएका बिभिन्न पार्टीका महाधिबेशन र त्यसबाट आएको नयाँ नेतृत्वले पुष्टी गर्दछ ।एमालेको सरकार भएमा के पी ओली,काँग्रेसको सरकार भएमा शेर बहादुर देउवा , माओबादी केन्द्रको सरकार भएमा पुष्पकमल दाहाल प्रचण्ड , राप्रपाको सरकार भएमा राजेन्द्र लिङ्देन हुनेछन् ।यसले के देखाउँछ भने नेपाली जनताले आशा गरेको सम्बृद्धि यी कुनैबाट पनि सम्भब छैन । किनकी यी सबै लिङ्देन बाहेक सबै “टेस्टेड” नेताहरू हुन् ।” टेस्टेड”नभए पनि लिङ्देन “ले पनि फेलियर… पुरा पढौ

जापानमा सुनामीको चेतावनी घोषणा, दक्षिण प्रशान्त टापुहरूमा सुनामी देखियो

जापानको मौसम विज्ञान एजेन्सीले तटीय क्षेत्रहरूमा प्रभावकारी रहने गरि सुनामीको चेतावनी जारी गरेको छ । जापानको मौसम विज्ञान एजेन्सीले दक्षिणी अमामी टापु र कागोशिमा प्रिफेक्चरको टोकारा टापु चेन वरपरका क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ र प्रशान्त महासागरको सामना गर्ने सबै तटीय क्षेत्रहरूमा सुनामीको सूचना जारी गरिएको छ । समुद्रमुनि ज्वालामुखी विष्फोटपछि तीन मिटर लामो सुनामी जापान पुग्ने अनुमान गरिएको छ।शनिवार दिउँसो दक्षिण प्रशान्त महासागरको टोंगाको ज्वालामुखी टापुमा भएको ठूलो विष्फोटमा कागोशिमा प्रान्तको अमामी टापुहरू र टोकारा टापुहरूमा जापानको समय… पुरा पढौ

फेब्रुअरी २८ सम्ममा एनआरएनएको दशौँ महाधिवेशन तथा चुनाव सम्पन्न गर्न प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं (जीएनएन) - महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संघका प्रमुख संरक्षक शेष घले समेतको समितिलाई दिइएको छ । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन… पुरा पढौ