राष्ट्रिय समाचार

जापानको कोबेमा मृत्यु भएका बागलुङका खड्काको परिवारलाई एनआरएनए कान्साइ क्षेत्रीय समितिले १२ लाख बढि सहयोग रकम हस्तान्तरण

गत बुधवार बिहान आफनै कोठामा मृत फेला परेका जापानको कोबे शहरमा अध्ययन गर्ने २२ वर्षीय किरण खड्काको परिवारलाई एनआरएनए कान्साइ क्षेत्रीय समितिको नेतृत्वमा संकलित १२ लाख भन्दाबढि रकम हस्तान्तरण गरिएको छ ।बागलुङ नगरपालिका खहरेखोला घर भई कोबे कोकुसाई दाईगाग्कोमा अध्ययन गर्ने मृतक खड्काको शनिवार जापानमा नै अन्त्येष्टि गरि परिवारको पिडालाई थोरै भएपनि कम गरौ भन्ने उद्देश्यका साथ एनआरएनए जापान, क्षेत्रीय समिती कान्साईले संचालन गरेको सहयोग अभियानबाट संकलित १२ लाख ११ हजार ५ सय ७८ येन रकम निजका आफन्त सुमित खत्री… पुरा पढौ

जापानले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि क्वारेन्टाइन अवधि घटाएर १० दिनको बनाउने

जापानले शनिबारदेखि लागु हुनेगरि विदेशबाट आउने यात्रुहरूका लागि १४ दिनको क्वारेनटीन अवधि घटाएर १० दिन बनाउने भएको छ ।कोरोना कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट गम्भीर रूपमा प्रभावित देशहरू र त्यस वरिपरीका प्रभावित विश्वभरका सबै देशहरूबाट जापान आउनेहरूमा यो नियम लागु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।कोरोना संक्रमणको दर घटदै गएपछिको अवस्थामा क्वारेनटीनको अवधिलाई कम्तिमा तीन दिनको थियो, तर ओमिक्रोन भेरियन्टको उदयसंगै सरकारले सीमा नियन्त्रणलाई कडाइ गरेपछि नोभेम्बरको अन्त्यबाट यसलाई १४ दिनमा बढाइएको थियो।सरकारले कोभिड–१९ का बिरामीको सम्पर्कमा आएका व्यक्तिको क्वारेन्टाइन अवधि १४ दिनबाट… पुरा पढौ

एनआरएनए जापान विवाद: निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेकोले भ्रममा नपर्न आग्रह

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी जापानको गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनमा असन्तुष्ट पक्षले निर्वाचन निष्पक्ष नभइ धाँधलीपूर्ण रहेको भन्दै निर्वाचनको परिणामलाई स्वीकार नगरि निवर्तमान कार्यसमितिकी कार्यवाहक अध्यक्ष अनिता गुरुङलाई पूर्ण अध्यक्षको ज़िम्मेवारी तोकेको बताएको छ भने संस्थापन पक्षले जापान तथा नेपालको क़ानून अनुसार एकै नामबाट दुई संस्था दर्ता प्रक्रिया हुन नसक्ने स्पष्ट पारेको छ ।२०१९-२०२१ कार्यकालकी बरिष्ठ उपाध्यक्ष समेत रहेकी गुरुङले कार्यबाहक (काबा) चलाउँदै आएकोमा अब पूर्ण अध्यक्षको ज़िम्मेवारी प्रदान गरिएको बिहिबार बसेको बैठकका निर्णय भनि… पुरा पढौ

ओमिक्रोन समुदायस्तरमा फैलिएसंगै कंट्रयाक ट्रेसिंङमा पारेकाहरूको आइसोलेसनको अवधि घटाउदै

सरकारले कोभिड-१९ को पोज़ेटिभ देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेको पहिचान भएकाहरूका लागि हालको १४ दिनको आइसोलेसन अवधि घटाउने र अस्पताल भर्ना गराइ आराम गर्ने तथा क्वारेनटीनका नियमहरू पलाना गराउने विचार गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन ।ओमिक्रोन भेरियन्टको संक्रमण द्रुत रूपमा फैलिरहेको र चिकित्साकर्मीहरूले काम गर्न समेत असहजता आएको, उनीहरू नजिकको सम्पर्कमा रहेकाले सामाजिक अवस्थालाई समेत असर गरिरहेको बेला यस्तो कदम चाल्न लागिएको बताईएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले सरकारले कोभिड-१९ का बिरामीहरूको लागि अस्पतालमा भर्ना मापदण्डहरू परिमार्जन गर्नका लागि सुझाव दिएअनुसार… पुरा पढौ

टोकियोमा कोरोना संक्रमितको उपचारमा अस्पतालको बेड २० प्रतिशत प्रयोग हुदा उच्च रोकथामका उपाय लागु गर्ने र ५० प्रतिशत प्रयोग हुदा आपतकाल जारी गर्ने योजना सार्वजनिक

नयाँ कोरोनाभाइरस संक्रमणको तिव्र प्रसारका कारण अस्पतालमा भर्ना बिरामीहरूको संख्या बढ्दै गएकोले टोकियो महानगर सरकारले टोकियोमा बेड प्रयोग दर २० प्रतिशत पुग्दा फैलावट रोकथामका प्राथमिकताका उपायहरू लागू गर्ने र बेडको प्रयोग दर ५० प्रतिशत भन्दा बढि भएमा आपतकालिन अवस्था जारी गर्न केन्द्र सरकारलाई अनुरोध गरिने भएको छ ।टोकियो महानगर सरकारले टोकियोमा बेडको प्रयोग दर २० प्रतिशत पुग्दा संक्रमण फैलिने रोकथामका प्राथमिकताका उपायहरू लागू गर्न राष्ट्रिय सरकारलाई अनुरोध गर्ने सोच बनाएको गभर्नर कोइकेले बताएकी छन । अस्पतालको बेडको प्रयोग दर ५०… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न, आगामी कार्यकालको लागि दिनेश थापा अध्यक्षमा चयन

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित दिनेश थापा बागलुङ जिल्ला तत्कालिन मल्मको मल्म क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरूको उल्लेख्य उपस्थितिमा मंगलबार टोकियोको शिन ओकुवोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त… पुरा पढौ

जापानको कोबेमा अध्ययनरत बागलुङका एक विद्यार्थी कोठामा मृत फेला

जापानको कोबे शहरमा विद्यार्थीको रुपमा अध्ययन गर्दै आएका बागलुङ नगरपालिका खहरेखोलाका २२ वर्षीय किरण खड्का आफ्नै कोठामा मृत फेला परेका छन् । ४ वर्षअघि विद्यार्थी भिसामा आएका खड्का बुधवार बिहान आफनै कोठामा मृत फेला परेका थिए । खड्का मृत भेंटिएपछि घटनाको बारेमा प्रहरीले निजको नेपालस्थित घरमा जानकारी गराइदिएको थियो । कोबे शहरको सुमियोसीमा बस्दै आएका खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको बताईएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताईएको छ । पुरा पढौ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको समिक्षात्मक क्षेत्रीय भेला हुदै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी आगामी हालसम्मको समीक्षा र भावी योजना तर्जुमासहित राष्ट्रिय समिति र क्षेत्रीय समितिले समानवयात्मक रूपमा कार्य गर्ने खाका तयारीको लागि क्षेत्रीय भेला गर्ने भएको छ ।जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रीय कार्यसमितिहरुले २०२१-२०२३ कार्यकालमा गरेको कार्यको समीक्षा र बाँकी कामहरूको योजना गराउने उद्देश्यले क्षेत्रीय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका संयोजक समेत रहेका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी… पुरा पढौ

रेमिट्यान्स घट्नुको मुख्य कारण – हुन्डीको कारोबार !

बैंङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले… पुरा पढौ

गौतमबुद्ध क्रिकेट रंगशालाको प्रारम्भिक प्रतिवेदनः भौतिक प्रगति १४ प्रतिशत, ५१ करोड खर्च

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम संघीय सरकारले गर्ने भएको छ । रंगशालाको भौतिक तथा आर्थिक प्रारम्भिक प्रतिवेदन तयार गरेर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा पेस गरेको छ । रंगशाला निर्माणमा पर्याप्त आर्थिक सहयोग उपलब्ध हुन छाडेपछि रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनले रंगशालाको स्वामित्व ग्रहण गरिदिन २ पुसमा महानगरलाई पत्र पठाएको थियो । रंगशालाको भौतिक तथा आर्थिक मूल्यांकन गरेर महानगरले प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो । महानगरले रंगशालाको भौतिक प्रगति मूल्यांकन गर्न शघन शहरी विकास आयोजना… पुरा पढौ