
बागलुङ जिल्ला गल्कोटको नगरपालिका ४ खरुवाबाट जापानमा आइ विभिन्न पेशा व्यवसाय अध्ययनमा संलग्न हरूको तेस्रो अधिवेशनले गगन खत्री झकासलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
सुन्दर खरूवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान भन्ने मान्यताका २०१० गठन गरिएको खरूवा समाज जापानको वरिष्ठ उपाध्यक्षमा टेक बा खत्री उपाध्यक्षमा हर्क क्षेत्री र इश्वर खत्री सचिवमा गोबिन्द रेग्मी सह–सचिवमा तेजुन भण्डारी निर्वाचित भएका हुन ।
सम्पन्न अधिवेशनबाट कोषाध्यक्षमा याम खत्री सह–कोषाध्यक्षमा धन भण्डारी युवा संयोजकमा अंजुन न्यौपाने लेखा संयोजक कमल खत्री ,गगन खत्री र महिला संयोजक जमुना खत्री निर्वाचित भएका हुन ।
समाजको सदस्यमा माया भीम ,खिम खत्री ,टोप खत्री, तीलक खत्री ,रीम खत्री, याम खत्री, नारायण रेग्मी र बिकल खत्री निर्वाचित भएको अध्यक्ष खत्रीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक सल्लाहकार चित्र न्यौपानेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सस्थाले आगामी दिनमा सामाजिक कार्यमा अझ सशक्त रुपमा लाग्न आग्रह गरे ।
अर्का सल्लाहकार बालकृष्ण खत्रीले समाज आफ़नो जन्मस्थल र समग्र गलकोटका विपन्न दीनदुखी र पिडीतलाई सक्दो सहयोग गर्दै आएकोमा खुशी व्यक्त गरे ।
समाजले खरूवा हुदै किमाटाबाट नयाँ बाटो निर्माणका लागि खरूवा गाउँको सिरान बराथाना देउराली जोड्ने मोटर बाटो निर्माणका लागि समेत आर्थिक सहयोग गरेको खेलकुद शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष खत्रीले बताए ।
समाजका संस्थापक अध्यक्ष भिम क्षेत्रीको अध्यक्षता सचिब गोबिन्द रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



