राष्ट्रिय समाचार

सानदार जित हात पार्दै नेपाल टी-२० विश्वकपमा छनोट

नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो ।  आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा  छनोट भएको हो । शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले… पुरा पढौ

जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसेजापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्। साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको… पुरा पढौ

सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ

सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले रिगललाई पक्राउ गर्न आदेश दिएको थियो । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाए लगत्तै रिगललाई पक्राउ गरिएको हो ।  राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको थियो… पुरा पढौ

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता-२०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लब टोकियोले जित्यो

बागलुङ समाज जापानको तेस्रो खुल्ला रनिङ कप भलिबल प्रतियोगिता २०२३ को उपाधि गल्कोट स्पोर्टस् क्लव टोकियोले जितेको छ।बुधबार साईतामाको टोडा स्पोर्टस् सेन्टरमा सम्पन्न प्रतियोगितामा आयोजक बागलुङ समाज जापानलाई १ का विरुद्ध २ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिता उपाधि जितेको स्पोर्ट्स क्लबले ३० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेता भएको आयोजक टिमले २० मान येन, ट्रफी, मेडल र प्रमाण पत्र पाएर चित्त बुझाएको छ । घुम्टे… पुरा पढौ

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने

नेपाली जनप्रगिशील मञ्च जापान क्षेत्रीय समिति कान्तोको सातौं अधिवेशन आगामी आइतबार हुने भएको छ।प्रवासी नेपाली सबैमा सत्भाव र एकता आजको अपरिहार्यता , राज्यको अर्थतन्त्र सुधारमा रेमिटान्समा जोड हालको अनिवार्यता भन्ने नाराका साथ सातौं अधिवेशन नोभेम्वर ५ तारिख अर्थात आगामी आइतबार हुन लागेको क्षेत्रीय समितिले जानकारी दिएको छ ।टोकियोको शिन ओकुबो स्थित मुरा हलमा हुन लागेको उक्त अधिवेशनको आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्षेत्रीय समितिका अध्यक्ष गोकर्ण बर्तौलाले जानकारी दिए। उनका अनुसार अधिवेशनको लागि हल व्यवस्थापन, सूचना तथा पत्राचार लगायत आन्तरिक… पुरा पढौ

डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ । पुरा पढौ

नेपालले तय गरेको यात्रा हेर्नलायक छ: महासचिव गुटेरेस [पूर्णपाठ]

नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा मंगलवार सम्बोधन गर्दै गुटेरेसले स्वाधीनताको रक्षाका लागि नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका छन् । 'दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैंले बनाउनुभएको छ,' गुटेरेसले भने, 'विगत २० वर्षको… पुरा पढौ

एनआरएनएको कार्यालयमा झडप, युवासंघको संलग्नतामा पत्रकारमाथि आक्रमण

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा समानान्तर एनआरएनएका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गर्दा तनाव भएको छ। संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए । त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको उनी निकट स्रोतले जानकारी दिएको छ । “उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले… पुरा पढौ

चर्चामा आउँदै ओझेलका गन्तव्य, बढ्न थाले पर्यटक

पछिल्लो समय बागलुङमा नयाँ-नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् ।नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ