भूकम्पमा नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु 

-


     जनहित न्युज    
     कार्तिक १८ गते २०८०


जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सदरमुकामस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा भूकम्प जाँदा भत्किएको संरचनाले लागेर उनको मृत्यु भएको हो ।०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?