राष्ट्रिय समाचार

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तलेभन्दा बढी कति ?

नेपालमा बनाइएका घरहरूमध्ये सबैभन्दा बढी एकतले रहेका पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकानुसार नेपालभरका कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेका पाइएको हो । दोस्रो धेरैमा दुईतले २८.७८ प्रतिशत, तेस्रोमा तीनतले ९.१७ प्रतिशत, चौथोमा चारतले १.३ प्रतिशत, पाँचौँमा पाँचदेखि साततले ०.६४ प्रतिशत, छैटौँमा आठदेखि नौतले ०.०१ प्रतिशत र १० भन्दा बढी तले घरहरू ०.००३ प्रतिशत रहेका देखिएको छ । तथ्यांकानुसार मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा… पुरा पढौ

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।  ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो… पुरा पढौ

टी-२० विश्वकप एसियाली छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। १४६ रनको लक्ष्यमा नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको लागि कुशल भूर्तेलले ७४ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित कुमार पौडेल ३५ रनमा अविजित रहे। आसिफ शेखले २७ रन बनाए। कुशल मल्ल भने ६ रनमा अविजित रहे। सिंगापुरको लागि अनन्थ कृष्णा र अक्षय पुरीले… पुरा पढौ

भारतमा दुई रेल जुध्दा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी : भारतकाे आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै रेलका मुख्य जनसम्पर्क अधिकारी विश्वजित साहूले यसबारे जानकारी दिएका छन्।घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको साहुले बताए। आइतबार राति विशाखापट्टनम-पलासा प्यासेन्जर ट्रेन र विशाखापट्टनम रायगडा प्यासेन्जर ट्रेन एकआपसमा ठोक्किँदा यो रेल दुर्घटना भएको हो।घटनास्थलमा प्रभावित रेलमार्ग मर्मतको काम भइरहेको छ। पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएकोमा आन्तरिक तयारीका साथै विविध कारणले नोभेम्बर २० मा सारिएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।नेपालीहरुको महान पर्व दशै तथा दिपावली छठका कारण राष्ट्रिय समिति र क्षेत्रीय समितिका अधिकान्श पदाधिकारी नेपालमा रहेको र थप आन्तरिक तयारी गर्नुपर्ने भएकोले क्षेत्रीय समितिको बैठक… पुरा पढौ

देश चलाउनेलाई विकास, रोजगारी र समृद्धि कसरी भन्ने थाहा छ?

कुखुरा पाल्ने सामान्य व्यवसायीलाई यो व्यवसायबाट के, कति, कसरी नाफा गर्ने थाहा हुन्छ। कुखुरा पाल्ने खोर कस्तो र कसरी बनाउने? लागत कति पर्छ? कुखुराको चल्लाको भाउ कति छ? चल्ला हुर्काएर बेच्ने बेलासम्म दानाको खर्च कति हुन्छ? श्रम लगायत अन्य खर्च कति हुन्छ? बजारमा कुखुरा कति बक्रि हुन्छ? यि सबै सूचना आधारमा कुखुरा व्यवसायीले कसरी कुखुरा पाल्दा लगभग बर्षमा कति नाफा हुन्छ, हिसाब-किताब गर्न सक्छन्।नेपाल जस्तो विकासशील देशको राज्यको प्रमुख लक्ष्य विकास, रोजगारी र समृद्धि हो। राज्यको नेतृत्वदायी भूमिकामा रहेका हाम्रा… पुरा पढौ

जापानमा रहेका नेपालीमा बढ्दो छ मानसिक समस्या

जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ?   सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि?  विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर  कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ। साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र… पुरा पढौ

अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक ‘लन्ड्री’

केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे। अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्‍यो। त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो। त्यही समयमा उनले अत्याधुनिक लन्ड्री (कपडा धुने व्यवसाय) को योजना बनाएका थिए। यसको सल्लाह भने उनका बुबाले दिएका हुन्। 'बुबाको साथीले लामो समयदेखि धुलिखेलमा लन्ड्री चलाइरहनुभएको छ,' केशवले… पुरा पढौ

बाल्यकालको सम्झनामा नै बित्दो रहेछ प्रदेशीको दशैँ

यो धर्तीको सबै फोहोरलाई पखालेर आकाशले बादललाई बिदाइ गर्दै छ ! ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हान्दै छ! वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाले का छन्!शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गरेर होला! घर आँगनमा बिस्तारै फक्रँदो फूलको यौवन पोखिन थालेका छन् । बारीमा लपरम्मा धानका बाला झुलेका छन् ! वर्षायामको समाप्तिसँगै किसान हर्षित भयका छन् ।पर्खाइको एउटा सुखान्त संसार त्यहाँ साह्रै आशावादी भएका छन् ।वर्षौँसम्म फोन र भिडियोकलमा बोलेर… पुरा पढौ

आन्तरिक पर्यटकले ढोरपाटनका होटेल भरिभराउ

दशैंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन् । मोटरसाइकलमासमेत पुग्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ । दशैं तिहारको समयलाई अहिले आन्तरिक पर्यटकको हिसाबले महत्त्वपूर्ण मानिँदै आएको छ ।  दशैं तिहारको समयमा आन्तरिक पर्यटकले पर्यटकीयस्थल चलायमान हुने गरेको पाइन्छ । विदेशी सिकारी पर्यटकको रोजाइमापर्ने ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पनि पर्न थालेको हो । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै… पुरा पढौ